खेलको पहिलो ओभरमै नेपालललाई अर्को सफलताः सोमपालले लिए अर्को विकेट

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
खेलको पहिलो ओभरमै नेपालललाई अर्को सफलताः सोमपालले लिए अर्को विकेट

सारांश

  • काठमाडौँ ।
  • जारी आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत सातौँ स्थानका लागि नेदरल्यान्ड्सविरुद्धको खेलको पहिलो ओभरमै नेपालले दोहोरो सफलता पाएको छ ।
  • नेपालका लागि सोमपाल कामीले २.

काठमाडौँ । जारी आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत सातौँ स्थानका लागि नेदरल्यान्ड्सविरुद्धको खेलको पहिलो ओभरमै नेपालले दोहोरो सफलता पाएको छ ।

नेपालका लागि सोमपाल कामीले २.२ ओभरमा नेदरल्यान्ड्सका बिएन कुपरलाई पेभेलियनको बाटो देखाएका हुन् । उनले कुपरलाई अरिफ शेखको हातबाट क्याच गराउँदै पेभेलियन पठाए । कुपरले ५ बलको सामना गरेका थिए ।

यसअघि सोमपालले नै तेस्रो बलमै विकेट लिँदै नेदरल्यान्ड्सका वेस्ली बर्रेसीलाईलाई पेभेलियन फर्काएका थिए । तीन बलको सामना गरेको अवस्थामा बर्रेसीलाई सोमपालले अरिफ शेख मार्फत क्याच आउट गराएका थिए । ताजा अवस्थामा नेदरल्यान्ड्सले २ ओभर खेल्दै २ विकेटको क्षतिमा ६ रन जोड्न सफल भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?