काठमाडौं उपत्यकाका सवारी साधनमा आजबाट जोर–बिजोर प्रणाली लागु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
३० पटक हेरिएको
Shares
काठमाडौं उपत्यकाका सवारी साधनमा आजबाट जोर–बिजोर प्रणाली लागु

सारांश

  • काठमाडौं १३ मंसिर ।
  • सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिनका लागि जोर–बिजोर प्रणाली लागू गरेको छ ।
  • यही मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाडौं १३ मंसिर । सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिनका लागि जोर–बिजोर प्रणाली लागू गरेको छ ।

यही मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

एसिया प्यासिफिक समिटमा ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुँदैछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, आजदेखि १६ गतेसम्म चार दिन उपत्यकामा चल्ने सवारी साधनहरुमा जोर–बिजोर प्रणाली लागू हुनेछ ।

मंसिर १३ आज र १५ गते नम्बर प्लेटको अन्तिमको अंक बिजोर भएको र १४ र १६ गते जोर भएका सवारी साधन मात्र चल्न पाउनेछन् ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनको हकमा भने यो नियम लागू हुने छैन ।

परराष्ट्र मन्त्रालयका अनुसार आज म्यान्मारकी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आउँदै छन् ।

उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आउन लागेका हुन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?