दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
५१ पटक हेरिएको
Shares
दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालियो

सारांश

  • खोटाङ, १८ साउन।
  • दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेकी छिन् ।
  • दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष यस्तो माग गरेको हो ।

खोटाङ, १८ साउन। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेकी छिन् । दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष यस्तो माग गरेको हो ।

विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक ललितकुमार बस्नेतले आफूलाई दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालेको उनले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । “रोशन सर र ललित सरले मैले पकाएको चिया र तातोपानीसमेत खान्थे ।” ज्ञापनपत्रमा भनिएको छ, “उनीहरू दुवैलाई जातीय विभेदसम्बन्धी कारबाही गरिदिनुप¥यो ।”

ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले दुवै पक्षलाई राखेर समस्या समाधान गर्ने बताए । “विश्वकर्मामाथि जातीय विभेद र जालसाजी दुवै भएको देखिन्छ ।” उनले भनिन्, “घटना गम्भीर भएकाले थप अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारीमा छौं ।”लामो समयदेखि सो विद्यालयमा कार्यालय सहयोगीको काम गर्दै आएकी विश्वकर्मालाई गत जेठ २७ गतेबाट हटाइएको ज्ञापनपत्रमा उल्लेख छ । विश्वकर्मालाई हटाएलगत्तै उनको ठाउँमा विद्यालयले अर्को व्यक्ति नियुक्त गरेको पाइएको छ ।

आफूलाई हटाएर अर्को व्यक्तिलाई राखेको थाहा पाएपछि विद्यालयमा बुझ्न जाँदा उल्टै हप्काएर पठाएको उनले बताए । घटनाबारे प्रधानाध्यापक ढकाल र सहायक प्रधानाध्यापक बस्नेत दुबैसँग बुझ्न संपर्क हुन सकेन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Yam Biswokarma

    dubailai dhad khuskine gari hannu arxa balla manxeko rup niskane x

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रबि लामिछानेले चितवन २ बाट मंसिरमा भन्दा बढी मत पाउने संकेत
रबि लामिछानेले चितवन २ बाट मंसिरमा भन्दा बढी मत पाउने संकेत
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
करेन्ट लागेर १४ बर्षीय बालकको मुत्यु
करेन्ट लागेर १४ बर्षीय बालकको मुत्यु
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक
नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक
देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने
देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने
प्रदेश–१ का बिभीन्न क्षेत्र हरुमा सुतली बम प्रहार
प्रदेश–१ का बिभीन्न क्षेत्र हरुमा सुतली बम प्रहार
The Untold Story of Sunny Leone trailer shows her journey from girl-next-door to a Bollywood star!
The Untold Story of Sunny Leone trailer shows her journey from girl-next-door to a Bollywood star!
विद्यालयका प्रिन्सिपलले  महिलालाई बलि दिने प्रयास गरे पछि …
विद्यालयका प्रिन्सिपलले महिलालाई बलि दिने प्रयास गरे पछि …
बाढीपछि तराईमा सर्पको त्रास
बाढीपछि तराईमा सर्पको त्रास