एथ्लेटिको मड्रिडका धेरैजसो स्टार खेलाडी क्लव छाड्दै
सारांश
- काठमाडौँ ।
- स्पेनिस क्लब एथलेटिको मड्रिडको क्लवको ढाँचा पूरै बदलिने स्थितिमा पुगेका छ ।
- क्लवका धेरै स्टार खेलाडीहरुले क्लव छाड्ने निर्णय गरेपछि क्लव संकटमा समेत परेको छ ।
काठमाडौँ । स्पेनिस क्लब एथलेटिको मड्रिडको क्लवको ढाँचा पूरै बदलिने स्थितिमा पुगेका छ । क्लवका धेरै स्टार खेलाडीहरुले क्लव छाड्ने निर्णय गरेपछि क्लव संकटमा समेत परेको छ । अब क्लवले कस्ता खेलाडी ल्याएर नयाँ ढंगले अगाडि बढ्ला भन्ने सर्वत्र चासोको विषय बनेको छ । अहिले केही प्रमुख खेलाडीहरुले क्लव छाड्ने निर्णय गरिसकेका छन् । केही खेलाडीको निर्णय के हुन्छ भन्ने निश्चित छैन । ती खेलाडीहरुले क्लवमै रहने निर्णय पनि गरेका छैनन् ।क्लबका प्रमुख खेलाडीहरु एन्टोइन ग्रीजम्यान, जुआनफ्रान, लुकास हर्नान्डेज, नेहुएन पेरेज, डिएगो गोडीन, निकोला कालिनिकले क्लव छाड्ने निर्णय गरिसकेको मार्काको रिपोर्टमा उल्लेख छ । यीबाहेक एन्जेल कोरेरा, भिटोलो, रोड्रीगो, फिलिप लुइस जस्ता खेलाडीले क्लब छोड्ने निर्णय गरिसकेका त छैनन् तर उनीहरुले क्लवमै बस्ने निर्णय पनि गरेका छैनन् । क्लवका अधिकांश खेलाडीले क्लव छोड्दै गर्दा र यी खेलाडीले क्लवमा बस्ने निर्णय नगर्दा उनीहरु पनि बाहिरिन सक्ने संकेत देखिएको छ ।
प्रमुख खेलाडीले क्लब छोड्ने तयारी गरिरहँदा म्यानेजर डिएगो सिमेओनीमाथि टिमलाई पुनर्निर्माण गर्ने दबाब बढेको छ । यस सिजनमा कुनै उपाधि जित्न नसके पनि एथलेटिको ला लिगामा रियल मड्रिडलाई उछिन्दै दोस्रो भएको छ ।यसै बीच क्लबमा केहि चर्चित खेलाडी भित्रिने चर्चाले एथलेटिकोमा नयाँ उत्साह देखिएको मिडिया रिपोर्टमा उल्लेख छ । एथलेटिकोमा फेलिपे, निकोलस ओटामेन्डी, हेक्टर हेर्रेरा र युवा खेलाडी जावो फेलिक्सजस्ता खेलाडी भित्रिने चर्चा चलिरहेको छ । त्यस्तै पाउलो डिबाला, एडिसन कभानी जस्ता खेलाडी पनि एथलेटिको आउने सम्भावित सूचिमा रहेका छन् ।
एथलेटिकोका ग्रीजम्यान बार्सिलोना जाने तयारीमा छन् भने कप्तान समेत रहेका गोडीन इन्टर मिलान जाने भएका छन् । त्यस्तै जुआनफ्रानले पनि क्लब छोड्ने घोषणा गरिसकेका छन् । त्यस्तै रोड्रीगो म्यानचेस्टर सिटी जाने भएका छन् । एथलेटिकोले बाहिरबाट चर्चित खेलाडी किन्ने प्रयासका बीच आफनै एकेडेमीका केहि खेलाडीलाई समेत पहिलो टिममा मौका दिने तयारी गरिरहेको छ । १९ बर्षिय बोर्जा गारसेज, १८ बर्षिय भिक्टर मोल्लेजो र सर्जियो कामेल्लोले एथलेटिकोको पहिलो टिममा ठाउँ पाउने बताइएको छ । २१औ शताब्दीमा जन्मिएका सर्जियो कामेल्लोले अघिल्लो साता मात्र खेल्दै गोल समेत गरेका थिए ।
प्रतिक्रिया