काठमाडौको चन्द्रगिरीमा ‘दहचोक म्याराथन’ हुने
सारांश
- काठमाडौ ।
- दहचोक म्यारथन दौड प्रतियोगिता हुने भएको छ ।
- चन्द्रागिरि ईनोभेटिभ ग्रुप समूहले २०७९ कार्तिक २६ गते शनिबार उक्त प्रतियोगिताको आयोजना गरेको हो ।
काठमाडौ । दहचोक म्यारथन दौड प्रतियोगिता हुने भएको छ । चन्द्रागिरि ईनोभेटिभ ग्रुप समूहले २०७९ कार्तिक २६ गते शनिबार उक्त प्रतियोगिताको आयोजना गरेको हो ।
परिवर्तनका लागि दौड भन्ने नारा सहित प्रतियोगिता चन्द्रगिरी नगरपालिका वडा १ दहचोकको इन्द्रस्थानमा हुने आयोजकले जनाएको छ । नगरपालिकाको पर्यटन क्षेत्रको विकास र संरक्षणमा युवाको वर्गको भूमिका लाई मध्यनजर गर्दै प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा मनोरञ्जनासँगै नगरपालिकाको पर्यटन क्षेत्रको प्रव्द्धनबारे पनि जानकारी गराइनेछ । प्रतियोगितमा महिला र पुरुष दुवै सहभागी हुन पाउनेछन । ५,५ किलोमिटर लम्बाई रहेको म्यारथन प्रत्योगिता बिहान ८ बजेदेखि सुरु हुनेछ। दौड प्रतियोगितमा महिला र पुरुष दुवैतर्फ प्रथम हुनेलाई रु १५०००, दोस्रो हुनेलाई रु १०००० र तेस्रो हुनेलाई रु ५००० पुरस्कारको पनि व्यवस्था गरिएको छ।
यस प्रतियोगितामा जो कोहिले पनि भाग लिन सकिने हुँदा अनलाइन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिने छ। प्रतियोगितमा भाग लिनका लागि रु २५० रुपियाँ शुल्क लाग्नेछ। ९८२३५८४९६८ नम्बरको ईसेवा खातामा भुक्तानी गरि तल दिएको लिंकमा क्लि गरेर नाम दर्ता गर्न सकिने छ। अनलाइनमार्फत दर्ता गर्न असहज लागेमा ९८२३५८४९६८ र ९८६१३८८१७६ मार्फत आफ्नो विवरण फोनबाट टिपाएर दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।
20bet
I am currently writing a paper and a bug appeared in the paper. I found what I wanted from your article. Thank you very much. Your article gave me a lot of inspiration. But hope you can explain your point in more detail because I have some questions, thank you. 20bet
Registrera dig
Your article helped me a lot, is there any more related content? Thanks!