काभ्रे, धनुषा,र सुनसरी मा सवारी दुर्घटनामा मृत्यु तथा घाइत
सारांश
- काठमाडौं, २२ असोज काभ्रे ः रोशी गाँउपालिका–११ पिप्ले स्थित बि.
- पि.
- राजमार्गमा धुलिखेलबाट सिन्धुलीतर्फ जाँदै गरेको बा १६ च ४९२२ नम्बरको बलेरो जिपले शनिबार बा ६६ प ७३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक झापा घैलाडुब्बा–८ बस्ने मोहन प्रसाद लुईटेल र मोटरसाइकल पछाडी सवार उनको श्रीमती भावना कुमारी लुईटेल गम्भिर घाईते भएकोले उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा मोहन प्रसाद लुईटेलको मृत्यु भएको छ ।
काठमाडौं, २२ असोज
काभ्रे ः रोशी गाँउपालिका–११ पिप्ले स्थित बि.पि.राजमार्गमा धुलिखेलबाट सिन्धुलीतर्फ जाँदै गरेको बा १६ च ४९२२ नम्बरको बलेरो जिपले शनिबार बा ६६ प ७३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक झापा घैलाडुब्बा–८ बस्ने मोहन प्रसाद लुईटेल र मोटरसाइकल पछाडी सवार उनको श्रीमती भावना कुमारी लुईटेल गम्भिर घाईते भएकोले उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा मोहन प्रसाद लुईटेलको मृत्यु भएको छ । भावना कुमारी लुईटेललाई थप उपचारको लागी अन्नपूर्ण न्यूरो अस्पताल माईतीघर लगिएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी ः धरान उपमहानगरपालिका–८ तिनकुने स्थित धरानबाट भद्रपुर तर्फ गईरहेको को १ ख ३१८८ नम्बरको बसले मे ८ प ७४३२ नम्बरको मोटरसाइकललार्ई शनिबार ठक्कर दिंदा मोटरसाइकल चालक पाँचथर तुमेवा गाउँपालिका–१ मौवा बस्ने नबिन थापा र पछाडी सवार उनको भाई रुपक थापा घाईते भई उपचारको लागी धरान घोपा पठाइएकोमा रुपक थापाको उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा ः कमला नगरपालिका–९ नराह स्थित यदुकुवा–सिंग्याहिमडान भित्री कच्चि सडकखण्डमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ज ४ प ५७०१ नम्बरको मोटरसाइकल शनिबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका नराह बस्ने नागेन्द्र साहको घटनास्थलमै मृत्यु भएको छ । सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने नरेश मण्डल र चन्द्र मुखीया घाईते भएकाले उपचारको लागी जनकपुर अंचल अस्पताल लगिएको छ ।
सुनसरी ः ईटहरी उपमहानगरपालिका–९ बि.पि.चोक स्थित बसपार्क जाने बाटोमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ४ प ८७६५ नम्बरको मोटरसाइकल शनिबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक रामधुनिभासी नगरपालिका–८ बस्ने राज चौधरी घाईते भएकोले गोल्डेन अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया