भक्तपुरको बिकाशमा थप उर्जा प्याराग्लाईडिकको सफल परिक्षण

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
भक्तपुरको बिकाशमा थप उर्जा प्याराग्लाईडिकको सफल परिक्षण

सारांश

  • काठमाडौं १२,फागुन।
  • पूर्वउद्यागेमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाल सरकारको समृद्ध नेपाल र  पर्यद्धन प्रवद्र्धन गर्ने मूख्य लक्ष्य रहेको कुरा बताएका छन।
  • शनिवार पर्यटन पवद्र्धन गर्ने उदेश्यले भक्तपुरको बिकाशमा लागी भक्तपुरमा प्याराग्लाईडिङ उडानको सफल परिक्षण को कार्यक्रममा बस्नेतले सो कुरा बताएका हुन् ।

काठमाडौं १२,फागुन।पूर्वउद्यागेमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाल सरकारको समृद्ध नेपाल र  पर्यद्धन प्रवद्र्धन गर्ने मूख्य लक्ष्य रहेको कुरा बताएका छन।शनिवार पर्यटन पवद्र्धन गर्ने उदेश्यले भक्तपुरको बिकाशमा लागी भक्तपुरमा प्याराग्लाईडिङ उडानको सफल परिक्षण को कार्यक्रममा बस्नेतले सो कुरा बताएका हुन् ।

शनिवार सूर्यबिनायकको रानीकोटबाट परिक्षणका रुपमा उडाइएको प्याराग्लाईडिङ गुण्डुमा उतारिएको थियो । प्याराग्लाईडिङबाट काठमाडौँ उपत्यकाको मनोरम दृष्य देखिने छ भने काठमाडौँ उपत्यका वरपर रहेका मनोरम हिमालका दृष्यावलोकन समेत गर्न सकिने छ ।एक पछि अर्को गर्दै भक्तपुरले विकासमा ठूलै फड्को मार्ने क्रममा यो प्याराग्लाइडिङलाई पनि एक पर्यटकियमात्र नभई आर्थिक वृद्धिको मेरुदण्डका रुपमा समेत हेरिएको छ ।सांसद बस्नेतकै पहलमा भक्तपुरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गौरवका आयोजनाहरु निर्माणका प्रकृयामा तिव्र गतिमा अघि बढिरहेका छन् ।उनकै  पहलमा धार्मिक, सांस्कृतिक, पर्यटकिय लगायतका विकासले भक्तपुरमा फड्को मारिरहेको छ ।

गुण्डु ईन्टरनेस्नलका अध्यक्ष निर्भय बाबु प्रसाईका अनुसार, शनिवार बिहानदेखि जिल्लाको पर्यटकीय रमणीय स्थल रानीकोटबाट ७ वटा टेष्ट फ्लाइट गरिएको थियो । परिक्षण सफल भएसंगै कम्पनिले छिटै व्यवसायिक उडान शुरु गर्ने प्रसाईले बताएका छन् ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?