कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु

सारांश

  • अफगानिस्तान, ७ पुस ।
  • अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा अवस्थित एक प्रहरी चौकीमा कारबम विस्फोट भएको छ ।
  • यस विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अज्ञात सङ्ख्यामा अन्य व्यक्ति घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएको छ ।

अफगानिस्तान, ७ पुस । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा अवस्थित एक प्रहरी चौकीमा कारबम विस्फोट भएको छ ।

यस विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अज्ञात सङ्ख्यामा अन्य व्यक्ति घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएको छ ।

बिहीबार राती तालिवान आतङ्ककारी समूहले अपहरण गरिएको सैनिक भ्यानमा विस्फोटक पदार्थ राखी विस्फोटन गराएका थिए ।

प्रहरीका अनुसार सुरक्षा अधिकारीका विरुद्धको आक्रमणमा तालिवान आतङ्ककारी समूहले अपहरण गरेको सैनिक सवारी साधनको प्रयोग गर्दै आएका छन् ।

प्रहरीका अनुसार गत दुई महिनायता तालिवान आतङ्ककारी समूहले पाँच भन्दा बढी अपहरण गरिएका सैनिक सवारीको प्रयोग गर्दै आएका छन् ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर यसअघि यस प्रकारको आक्रमणहरुको प्रायः तालिवान आतङ्ककारी समूहले जिम्मा लिने गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?