भक्तपुरको विकासमा यसरी जुट्दैछन् सांसद महेश बस्नेत
सारांश
- भक्तपुर, ६ फागुन ।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरले विकासमा नयाँ उर्जा तथा परिवेशमा प्रवेश गरेको बताए ।
- सोमबार मध्यपुर थिमी नगरपालिकाको सिद्धकाली चोकबाट नानसनी जाने बाटोमा रिटेनिङ्ग वाल लगाउने कार्यको शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले विकास र समृद्धिको साथमा जनतालाई सुशासन र भ्रष्टाचारमूक्त समाज निर्माण गर्नु प्रमुख जिम्मा भएको बताएका हुन् ।
भक्तपुर, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरले विकासमा नयाँ उर्जा तथा परिवेशमा प्रवेश गरेको बताए ।
सोमबार मध्यपुर थिमी नगरपालिकाको सिद्धकाली चोकबाट नानसनी जाने बाटोमा रिटेनिङ्ग वाल लगाउने कार्यको शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले विकास र समृद्धिको साथमा जनतालाई सुशासन र भ्रष्टाचारमूक्त समाज निर्माण गर्नु प्रमुख जिम्मा भएको बताएका हुन् ।
बस्नेतले निर्वाचनको समयमा गरेको प्रतिवद्धता अनुसार विकास निर्माणका कार्य तिव्र गतिमा अघि बढेको बताउँदै मध्यपुर थिमी नगरपालिका अन्तर्गतका सम्पदा बस्तीमा लिङक रोड बनाउने कार्यको शुभारम्भ भएको बताए । उनले भक्तपुरमा सडक विस्तारको क्रममा उत्तर दक्षिणलाई जोड्न सफल भएको समेत जानकारी दिए ।
पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले जनतालाई सभ्य र सुरक्षित संकल्प पुरा गर्दै अघि बढेको बताउँदै बालकुमारीदेखि जगातीसम्म हनुमन्ते नदीको कोरिडोर निर्माण गर्दै अरनिको राजमार्गको समानन्तर सडक निर्माण भइरहेको र निर्माण सम्पन्न पश्चात सडक जामको समस्या सदाको लागि अन्त्य हुने बताएका छन् ।
सांसद बस्नेतले पेप्सीकाला हँदै सल्लाघारी सडकलाई २० मिटरको बनाउने कार्य भइरहेको बताउँदै पेप्सीकोला–बोडे हुँदै नगरकोटसम्म जाने सडक निर्माणको लागि डिपिआर तयार भइरहेको जानकारी दिए । उनले उत्तर दक्षिण सडक जोड्न मनोहरा नदीमा करिडोरको निर्माण आगामी ३÷४ महिनामा नै सम्पन्न हुने साथै उक्त स्थानमा रहेको सकुम्वासीको समस्या समाधान पनि तत्काल समाधान गर्ने जनाए ।
सांसद बस्नेतले गट्ठाघर सानो थिमी हुँदै बोडेसम्म जाने सडक सडक, चारदोवाटोदेखि बाखाबजार हुँदै बोडे मुलपानी जाने सडक निर्माण कार्य तिव्र गतिमा अघि बढेको बताए । उनले मध्यपुर थिम – बप्पामहादेव हुँदै थिमी नगरपालिका हुँदै बोडे जाने सडक पिच बनिसकेको समेत बताए ।
विकासमा कसैले सहयोग नगरे विकासले स्वयमलाई छोड्ने बताउँदै सांसद बस्नेतले केन्द्र सरकारबाट भाटभटेनीदेखि कृषि विकास तालिम केन्द्रसम्म जाने बाटोको लागि केन्द्रबाट पाँच करोड पार्न सफल भएको दावी गरे ।
हनुमन्ते नदीको कोरिडोर निर्माण सम्पन्न पश्चात सूर्य्विनायक र मध्यपुर नगरपालिका जोड्ने लिङ्क रोडलाई हनुमन्तेमा चारवटा ठूला पुलहरु निर्माण भइरहेको बताए ।
नीलवाराही क्षेत्रलाई आधार मानि बोडे नगदेशको विकास हुने बताउँदै नीलबाराही क्षेत्रलाई पर्य्टिकय क्षेत्रको रुपमा रहेको जसको केन्द्र सरकारबाट ५० लाख पार्न सफल भएको जानकारी गराए । सांसद बस्नेतले सम्पदा बस्ती संरक्षण र सम्बद्र्धन कार्यक्रम अनुसार परम्परागत सम्पदा बस्तीलाई संरक्षण गर्दै पुनः निर्माण हुने भनेका छन् ।
नेपाल सरकारको सघन सहरी विकास कार्यक्रम अन्तर्गत जग्गा एकिकरण कार्य अघि बढाएको जानकारी गराउँदै सांसद बस्नेतले काठमाडौँ खानेपानी आयोजनाको मार्फत भक्तपुरमा रहेको खानेपानीको समस्या समाधान गर्ने कार्य भइरहेको समेत जानकारी दिए ।
एकिकृत घुम्ती अभियानको कार्यलाई अघि बढाउनुपर्ने सुशासन र स्वास्थ्यको क्षेत्रमा गाउँ गाउँमा सिंहदरवार पुर्याउने कार्य अन्तर्गत सूर्य्विनायक नगरपालिका वडा नं. ७ को गुण्डुबाट शुरु गरेको जसबाट ३८०० ले सेवा सुविधा लिएको साथै ५ लाख भन्दा बढी औषधी निशुल्क वितरण गरिएको बताए । उनले आगामी दिनमा घुम्ती शिविर प्रत्येक महिनाको पहिलो शुक्रवार सवै नगरपालिकामा गर्नुपर्ने बताए ।
उक्त रिटेनिङ वालको लागि सांसद बस्नेतको सांसद विकास कोषबाट ५० लाख रकम उपलब्ध गराएका थिए भने नपुग बाँकी रकम नगरपालिकाले व्यहोर्ने नगरप्रमुख मदनसुन्दर श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया