फिल्म गुरुको शूटिंगबाट प्रेम अंकुराएको थियो ऐश्वर्या र अभिषेकबीच
सारांश
- एजेन्सी ।
- बलिउड एक्टर ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनबीच फिल्म गुरुको शूटिंगका क्रमममा प्रेम अंकुराएको हो ।
- सन् २००७ मा दुबैले बिहे गरे ।
एजेन्सी । बलिउड एक्टर ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनबीच फिल्म गुरुको शूटिंगका क्रमममा प्रेम अंकुराएको हो । सन् २००७ मा दुबैले बिहे गरे । हाल यो जोडीको एक ७ वर्षीया छोरी छिन् आरध्या ।
हालै एक अन्तवार्तामा ऐश्वर्याले सो समय स्मरण गरिन् जब अभिषेकले उनलाई प्रेम प्रस्ताव राखेका थिए र केही समयपछि बिहे गरेका थिए ।
ऐश्वर्याले भनिन्, ‘उसले मलाई प्रपोज गर्यो, जुन शानदार कुरा थियो । र यो सबै निकै छिटो भयो । मलाई त योसम्म थाहा थिएन की रोका के होरु किनकी म दक्षिण भारतीय हुँ, त्यसैले मलाई थाहा भएन रोका के होरु’
उनले अगाडि थपिन्, ‘अचानक उनको घरबाट मलाई फोन आयो र भनियो घरमा आउँदै छौं ।’ तर, यो विषय त्यति बेला कन्फ्यूजिंग भयो जब ऐश्वर्याका बाबु सहर बाहिर रहेको थाहा भयो ।
ऐश्वर्याले भनिन्, ‘अभिषेकले भने हामी सबै आउँदै छौं र अब म बुबालाई रोक्न सक्दैन, हामी सबै बाटोमा छौं । हामी तिम्रो घर आउँदै छौं । र लाई लाग्यो हे भगवान यो रोका अब यस्तो हुने भोकी मैले आफ्ना बाबुलाई फोन गर्नुपर्ने भो । बुबाले भनेकी म र तिम्री आमा बाहिर छौं अनि उनीहरु आउँदैछन्रु उनीहरु के धेरै इमोशनल छन्की क्या हो रु’
ऐश्वर्या राय बच्चन र अभिषेक बच्चले रावण, कुछ न कहो र गुरु जस्ता फिल्ममा सँगै काम गरेका छन् । छिटै फिल्म गुलाब जामुनमा दुबै सँगै देखिने छन् ।
नयाँ वर्षमा ऐश्वर्या र अभिषेक दुबै आरध्यासँगै विदा मनाएको देखिए । अभिषेक र ऐश्वर्या दुबैले एक एक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेर नयाँ वर्षको शुभकामना दिए ।
प्रतिक्रिया