प्रतिनिधिसभा र प्रदेशसभा चुनाव संसारकै नमुनाः प्रमुख आयुक्त यादव
सारांश
- ओखलढुंगा, पुस ४– प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले नेपालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव संसारकै नमुना भएको दाबी गर्नुभएको छ ।
- मंगलबार ओखलढुंगा सदरमुकाममा आयोजित धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त यादवले एक साथ दुवै चुनाव सफलताका साथ सम्पन्न हुनु विश्वमै नमुना भएको दाबी गर्नु भएको हो ।
- ‘एकै पटक दुई चुनाव संसारमा कतै भएका छैनन्’ यादवले भन्नुभयो ।
ओखलढुंगा, पुस ४– प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले नेपालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव संसारकै नमुना भएको दाबी गर्नुभएको छ ।
मंगलबार ओखलढुंगा सदरमुकाममा आयोजित धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त यादवले एक साथ दुवै चुनाव सफलताका साथ सम्पन्न हुनु विश्वमै नमुना भएको दाबी गर्नु भएको हो । ‘एकै पटक दुई चुनाव संसारमा कतै भएका छैनन्’ यादवले भन्नुभयो ।
यादवले जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, कर्मचारी, पत्रकार तथा पर्यवेक्षकहरुलाई धन्यवाद पनि दिनुभयो । चुनावको समयमा देशका केही स्थानमा छिटफुट घटना भए पनि शान्तिपूर्ण वातावरणमा चुनाव सकिएको यादवको भनाइ छ ।
निर्वाचित जनप्रतिनिधिहरुको अबका काम नागरिकको सुरक्षा र विकासको आशालाई अघि बढाउने जिम्मेवारी रहेको भन्दै यादवले जनताप्रति इमान्दार बन्न सुझाव दिनुभयो ।
Ramesh Tikhatri
timi pani bharat ko esara ma chalni ta ho .
Manoj Lamichhane
काम फत्ते गरेको मा १ जनता को बधाई!