किन पटक–पटक भोक लाग्छ ? यस्ताे छ कारण

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १०, २०८०
|
|
३७ पटक हेरिएको
Shares
किन पटक–पटक भोक लाग्छ ? यस्ताे छ कारण

सारांश

  • काठमाडौं ।
  • भोक तपाईंको शरीरको एउटा प्राकृतिक संकेत हो जसमा ऊर्जा सकिएर आहाराको आवश्यकता हुनु ।
  • जतिबेला तपाईंलाई भोक लाग्न थाल्छ पेटबाट अनेक प्रकारको आवाज आउन थाल्छ ।

काठमाडौं । भोक तपाईंको शरीरको एउटा प्राकृतिक संकेत हो जसमा ऊर्जा सकिएर आहाराको आवश्यकता हुनु । जतिबेला तपाईंलाई भोक लाग्न थाल्छ पेटबाट अनेक प्रकारको आवाज आउन थाल्छ । जो सामान्य कुरा हो ।

कतिपय मानिस यस्ता पनि हुन्छन् जसलाई जति खाँदा पनि भोक मात्र लागिरहन्छ । उनीहरूलाई जतिबेला पनि भोक लागेको महसुस भइरहन्छ । यदि, कसैलाई छिटो छिटो भोक लागिरहन्छ भने उसको शरीरमा प्रोटिन, पौष्टिक आहारको कमी वा अन्य कुनै कारण पनि हुन सक्छ । यस्तोमा आउनुहोस् जानौं कस्तो कारणले मानिसलाई छिटो( छिटो भोक लागिरहन्छः

प्रोटिनको कमी

प्रोटिनमा भोक कम गर्ने गुण पाइन्छन्, जसले दिनभर कम क्यालोरीको उपभोग गर्न सहयोग गर्छन् । यदि, शरीरमा पर्याप्त मात्रामा प्रोटिन छैन भने पटक–पटक भोक लाग्ने समस्या हुन सक्छ ।

पर्याप्त मात्रामा निद्रा नलिनु

पर्याप्त निद्रा शरीरका लागि एकदमै जरुरी हुन्छ । दिमाग र इम्युन सिस्टमले राम्रोसँग काम गर्नका लागि पर्याप्त निद्रा आवश्यक छ । पर्याप्त निद्रा लिनु भोक नियन्त्रणको एउटा उपाय पनि हो । किनकि, निद्राले भोक नियन्त्रण गर्ने हर्मोनलाई नियन्त्रित गर्ने काम गर्छ । त्यसैले निद्राको कमीले पनि भोक धेरै लाग्ने सम्भावना हुन्छ ।

प्रशोधित कार्ब्स खानु

प्रशोधित कार्ब्समा फाइबर, भिटामिन तथा मिनरल्सको कमी हुन्छ । त्यसैले यस्तो खानेकुरा शरीरमा छिटो पच्ने गर्छ । यदि तपाईं एकदमै धेरै प्रशोधित कार्ब्सको सेवन गर्नुहुन्छ भने तपाईंलाई छिटो–छिटो भोक लाग्ने गर्दछ ।

पानीको कमी

शरीरलाई पानीको पनि एकदमै धेरै आवश्यकता पर्दछ । यदि, तपाईंले दिनहुँ पर्याप्त मात्रामा पानी पिउनुभयो भने तपाईंको स्वास्थ्य पनि राम्रो हुन्छ । तर, शरीरमा पानीको कमी छ भने पटक(पटक भोक लाग्ने समस्या हुन सक्छ । पानी पिउँदा पनि पेट भरिएको महसुस हुन्छ । जसले गर्दा छिटो(छिटो भोक लाग्दैन ।

विभिन्न स्वास्थ्य अवस्था

मधुमेह, हाइपरथाइराइडिज्म वा हर्मोनल असन्तुलन जस्ता केही मेडिकल कन्डिसनका कारणले पनि भोक बढ्न सक्छ । यस्तो खालको शारीरिक समस्या भयो भने पनि छिटो(छिटो भोक लागेको महसुस हुन्छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?