कुन शो उत्कृष्ट ‘भोइस अफ नेपाल’ या ‘नेपाल आइडल’ ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
१५ पटक हेरिएको
Shares
कुन शो उत्कृष्ट ‘भोइस अफ नेपाल’ या ‘नेपाल आइडल’ ?

सारांश

  • काठमाडौँ, १२ भदौ ।
  • पछिल्लो समय दुई ठूला अन्तर्राष्ट्रि सांगीतिक रियालिटि शो ‘आइडल’ र ‘द भोइस’को नेपाली संस्करण सुरु भएका छन् ।
  • नेपाल आइडलले आफ्नो पहिलो सिजनको व्यापक सफलता पछि दोस्रो सिजनमा पनि निकै चर्चा पाइरहेको छ भने भोइस अफ नेपालको यो प्रथम संस्करण हो ।

काठमाडौँ, १२ भदौ । पछिल्लो समय दुई ठूला अन्तर्राष्ट्रि सांगीतिक रियालिटि शो ‘आइडल’ र ‘द भोइस’को नेपाली संस्करण सुरु भएका छन् । नेपाल आइडलले आफ्नो पहिलो सिजनको व्यापक सफलता पछि दोस्रो सिजनमा पनि निकै चर्चा पाइरहेको छ भने भोइस अफ नेपालको यो प्रथम संस्करण हो ।

सांगीतिक कार्यक्रम भए पनि यी दुईका क्षेत्र पृथक छन् । तर मानिसहरु नेपाल आइडल र भोइस अफ नेपाललाई दाँजेर हेर्न थालेका छन् । एक हिसाबमा एपि वान एचडि टेलिभिजनबाट प्रसारण हुने नेपाल आइडल र कान्तिपुर एचडि टेलिभिजनबाट प्रसारण हुने द भोइस अफ नेपालको अन्तरद्वन्द्व सुरु भएको छ । यहाँ दुई कार्यक्रम मात्र नभएर दुई ठूला राष्ट्रिय टेलिभिजको पनि कडा प्रतिस्पर्धा देखिन्छ । यसको प्रष्ट उदाहरण युटुव हो ।

आफ्नो पहिलो संस्करणको दुई भागमात्र सार्वजनिक भएको द भोइस अफ नेपाल यतिबेला युटुव ट्रेण्डिङ नम्बर एकमा छ । जुन स्थान यो कार्यक्रम आउनुपूर्व नेपाल आइडलको थियो । द भोइस अफ नेपालका दुई भागलाई युटुवमा चार दिनभित्र २० लाख भन्दा बढीपटक हेरिएको छ । त्यस्तै विहिबार र शुक्रबार राति प्रसारण हुने कार्यक्रम नेपाल आइडलको दोस्रो संस्करणको ६ वटा भाग सार्वजनिक गरिसकिएको छ । बाहिर जे जस्तो टिकाटिप्पणि भएपनि युटुव दर्शमा भने खासै प्रभाव परेको छैन । नेपाल आइडलका हरेक एपिसोडमा १ मिलियन भन्दा बढी भ्यु आउने गर्छ । द भोइस अफ नेपाल भने हरेक हप्ता शनिबार र आइतबार राति कान्तिपुर टेलिभिजनमा प्रसारण हुने गर्छ ।

द भोइस अफ नेपाल नेपाल आइडलका लागि खतरा साबित हुन्छ या यसले नेपाल आइडलका दर्शकलाई कुनै प्रभाव पार्दैन त्यो भने समयले बताउला तर अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरु नेपाल भित्रनु साँचिकै खुशीको कुरा हो । यसले नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभा भित्र्याउने भने पक्का छ ।

(www.biolighttechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?