ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २४, २०७६
|
|
३८ पटक हेरिएको
Shares
ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा

सारांश

  • बीबीसी।
  • ब्रिटेनमा ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन्।
  • एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले यूके र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने जनाएका छन्।

बीबीसी। ब्रिटेनमा ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन्।

एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले यूके र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने जनाएका छन्।

उक्त विज्ञप्ति प्रकाशन गर्नुअघि उनीहरूले महारानी एलिजावेथ वा राजकुमार विलियम कसैसँग पनि परामर्श नगरेको र बकिङ्गम प्यालेस त्यसबाट “निराश“ भएको बुझिएको छ।

राजपरिवारका वरिष्ठ सदस्यहरू ह्यारी दम्पतीको घोषणाबाट “आहत’ भएको बुझिएको छ।

गत अक्टोबर महिनामा राजकुमार ह्यारी र मेगनले सञ्चारमाध्यमले आफूहरूबारे अनावश्यक चासो राखेकाले त्यसबाट जोगिन आफूले सङ्घर्ष गर्नुपरेको बताएका थिए।

बुधवार अप्रत्याशित रूपमा निकालिएको विज्ञप्तिमा आफूहरूले धेरै महिना सोचविचार र छलफल गरेर उक्त निर्णय गरेको उल्लेख गरेका छन्।

उनीहरूले उक्त विज्ञप्ति सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि राखेका छन्।

“हामी राजपरिवारका ’वरिष्ठ’ सदस्यको भूमिका त्याग्न र आर्थिक रूपमा स्वतन्त्र हुन काम गर्न चाहन्छौँ। यद्यपि हामी महारानीलाई निरन्तर पूर्ण समर्थन गरिरहनेछौँ।“

महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै यूके र उत्तर अमेरिकामा समय व्यतीत गर्ने आफ्नो योजना भएको उनीहरूले बताएका छन्।

“यो भौगोलिक सन्तुलनले हामीलाई हाम्रा छोरालाई शाही परम्पराको सम्मान गर्दै हुर्काउन समर्थ बनाउनेछ। त्यसो गर्दा हाम्रो परिवारलाई नयाँ परोपकारी संस्थाको आरम्भ गर्न सहित नयाँ अध्यायमा केन्द्रित हुन ठाउँ दिनेछ।“

बीबीसीका शाही संवाददाता जोनी डाइमन्डका अनुसार जे घोषणा भयो त्योभन्दा पनि विनापरामर्श भएकाले राजपरिवार बढी दुस्खित भएको हुन सक्छ।

“यसले एकातिर ह्यारी तथा मेगनबीच र अर्का्तिर बाँकी राजपरिवारबीच ठूलो मतभेद भएको स्पष्ट रूपमा देखाउँछ।“

बकिङ्गम प्यालेसकी एक प्रवक्ताका अनुसार ह्यारी र मेगनको निर्णयबारे राजपरिवारमा प्रारम्भिक चरणमा छलफल भएको छ।

उनले भनिन्, “उनीहरूको भिन्न शैलीमा जाने इच्छा भएको हामी बुझ्छौँ। तर यी जटिल विषय हुन् र तिनलाई समाधान गर्न समय लाग्छ।“

क्रिस्मसको बेला राजपरिवारको जिम्मेवारीबाट छ हप्ताको बिदा लिएर छोरासहित ह्यारी दम्पती क्यानडा गएका थिए।

उनीहरूका छोरा आर्चीको जन्म गत मे महिनामा भएको हो। उनीहरू मङ्गलवार यूके फर्किएका हुन्।

त्यसपछि ३५ वर्षीय ह्यारी र ३८ वर्षीया मेगन लन्डनस्थित क्यानडाको उच्च आयोग गएर आतिथ्यका लागि धन्यवाद दिएका थिए।

ह्यारी र मेगनको सम्बन्ध
८ नोभेम्बर २०१६ ( केन्सिङ्टन प्यालेसले वक्तव्य जारी गरी राजकुमार ह्यारी र मेगन मार्कल प्रेमसम्बन्धमा रहेको जानकारी
२८ नोभेम्बर २०१७ ( ह्यारी र मेगन विवाहका लागि तयार भएको भनाइ
१५ डिसेन्बर २०१७ ( केन्सिङ्टन प्यालेसले उनीहरूले मे १९ लाई विवाहको दिन तोकेको जानकारी
१९ मे २०१८ ( ह्यारी र मेगनको विवाहसँगै उनीहरूलाई ड्यूक एन्ड डचिस अफ ससिक्स उपाधि प्रदान
१५ अक्टोबर २०१८ ( केन्सिङ्टन प्यालेसद्वारा मेगन गर्भवती भएको जानकारी
६ मे २०१९ ( मेगनको कोखबाट बालकको जन्म

(https://www.stellardental.my/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षा संवेदनशीलताका कारण जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा ठप्प, कर्फ्यु हटेपछि मात्र सञ्चालन हुने
सुरक्षा संवेदनशीलताका कारण जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा ठप्प, कर्फ्यु हटेपछि मात्र सञ्चालन हुने
नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शन
नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शन
राजस्व लक्ष्य भेट्न इमान्दार भएर काम गर्न आवश्यक छ : अर्थमन्त्री डा महत
राजस्व लक्ष्य भेट्न इमान्दार भएर काम गर्न आवश्यक छ : अर्थमन्त्री डा महत
कोशी प्रदेश विवाद ‘हेर्न नमिल्ने’ मा
कोशी प्रदेश विवाद ‘हेर्न नमिल्ने’ मा
फन्दामा पर्छन् पढेलेखेकै धेरै
फन्दामा पर्छन् पढेलेखेकै धेरै
दीपिकाको पहिलो ब्याइफ्रेण्डको विवाह फेब्रअरी सातमा
दीपिकाको पहिलो ब्याइफ्रेण्डको विवाह फेब्रअरी सातमा
लकडाउन १० दिन थपियो
लकडाउन १० दिन थपियो
जेठ २ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आजको शुभ अंक
आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित
आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित
हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ
हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ