कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
५३ पटक हेरिएको
Shares
कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल

सारांश

  • कपिलवस्तु, १८ चैत, खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिनुभएको छ ।
  • प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका जिल्ला शाखाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति र भूउपयोग नीति आवश्यक रहेको बताउनुभयो ।
  • अब सबै खेतीयोग्य जमिनमा चक्लाबन्दीको कार्य अगाडि नबढाइए कृषि उत्पादनमा वृद्धि आउन नसक्ने उहाँको भनाइ थियो ।

कपिलवस्तु, १८ चैत, खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिनुभएको छ ।

प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका जिल्ला शाखाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति र भूउपयोग नीति आवश्यक रहेको बताउनुभयो ।

अब सबै खेतीयोग्य जमिनमा चक्लाबन्दीको कार्य अगाडि नबढाइए कृषि उत्पादनमा वृद्धि आउन नसक्ने उहाँको भनाइ थियो । खेतीयोग्य जमिनको प्लटिङका नाममा बढ्दो खण्डीकरण रोक्न भूमि नीति र ती भूमिको अधिकतम उपयोग गर्न भूउपयोग नीति आवश्यक रहेको उहाँको तर्क थियो । भूमिसम्बन्धी पुराना कानून संशोधन वा नयाँ कानून ल्याएर कार्यान्वयन गर्नुपर्नेमा मन्त्री खनालले जोड दिनुभयो ।

अब जमिन बाँझो राख्नेउपर निगरानी गरी बाँझो जमिनलाई स्थानीय तहको अधिनमा लिई त्यस्ता जमिनलाई कृषि उपयोगमा कसरी ल्याउनेबारे छलफल भइरहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कृषि कार्यक्रमअन्तर्गत एक हजार हेक्टर जग्गा एकिकरण गरेर व्यावसायिक खेती गर्ने र थुप्रै बिगाहा खेत बाँझो राख्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीय सरकारले नियन्त्रणमा लिएर खेती गर्ने अवस्था सिर्जना गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेरी अस्पतालमा आइसीयु बेड अभाव, गम्भीर बिरामी मारमा
भेरी अस्पतालमा आइसीयु बेड अभाव, गम्भीर बिरामी मारमा
बिग्रिएको घडीले बनायो मालामाल
बिग्रिएको घडीले बनायो मालामाल
एमाले–माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा, कार्यकर्ता आक्रोशित भएपछि निकालियो ब्यानर
एमाले–माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा, कार्यकर्ता आक्रोशित भएपछि निकालियो ब्यानर
कालो बादल देखेपछि हावाहुरीपीडित तर्सिन्छन्
कालो बादल देखेपछि हावाहुरीपीडित तर्सिन्छन्
नेकपा सचिवालयलाई गगनको आग्रह अति भयो तमसा, काम गर्ने सरकार दिनुहोस
नेकपा सचिवालयलाई गगनको आग्रह अति भयो तमसा, काम गर्ने सरकार दिनुहोस
देउवाकाे हिसाबकिताबमा प्रकाशशरण महत
देउवाकाे हिसाबकिताबमा प्रकाशशरण महत
सिल्क एयरले ल्यायो मध्यराती कोरोना प्रभावित देशबाट ९८ यात्रु, सबैलाई क्वारेन्टाइनमा राखियो
सिल्क एयरले ल्यायो मध्यराती कोरोना प्रभावित देशबाट ९८ यात्रु, सबैलाई क्वारेन्टाइनमा राखियो
नेपाल-चीन सीमानामा चाँही विवाद छ कि छैन ?
नेपाल-चीन सीमानामा चाँही विवाद छ कि छैन ?
भरतपुर अपडेट-भरतपुरमा पुनः मतदान रोक्न माग गर्दै सर्वोच्चमा रिट, भोलि सुनुवाई हुने
भरतपुर अपडेट-भरतपुरमा पुनः मतदान रोक्न माग गर्दै सर्वोच्चमा रिट, भोलि सुनुवाई हुने
लाली चाउचाउको गाडीको ठक्करबाट एक युवकको मृत्यु
लाली चाउचाउको गाडीको ठक्करबाट एक युवकको मृत्यु