के कम्युनिस्ट कमजोर भएका हुन् ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २१, २०७७
|
|
४५ पटक हेरिएको
Shares
के कम्युनिस्ट कमजोर भएका हुन् ?

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीको विवाद चर्कदै जाँदा उपाध्यक्ष वामदेव गौतमले निकटस्थहरुसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली गौर्वाचोभ पथमा लागेको टिप्पणी गरेका थिए ।
  • ओलीले संसद बिघटन गराएपछि नेकपा नेता माधवकुमार नेपालले ओलीको कदमलाई गोर्वाचोभपथ भने ।
  • ओलीको कदमलाई गोर्वाचोभपथ भन्नु अर्थपूर्ण छ ।

नेपाल कम्युनिस्ट पार्टीको विवाद चर्कदै जाँदा उपाध्यक्ष वामदेव गौतमले निकटस्थहरुसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली गौर्वाचोभ पथमा लागेको टिप्पणी गरेका थिए । ओलीले संसद बिघटन गराएपछि नेकपा नेता माधवकुमार नेपालले ओलीको कदमलाई गोर्वाचोभपथ भने । ओलीको कदमलाई गोर्वाचोभपथ भन्नु अर्थपूर्ण छ ।

सोभियत संघ बिघटनका बेला मिखायल गोर्भाचोभ रुसका राष्ट्रपति थिए । उनले चालेका कदमले सोभियत संघ बिघटन मात्र भएन त्यहाँबाट कम्युनिस्ट पार्टी नै पत्तासाफ जस्तै भयो । अहिले रुसमा मात्र नभई पूर्व सोभियत राज्यहरुमा कम्युनिस्टहरु पलायन जस्तै छन् ।

सन् १९९१ मा कट्टरपन्थी कम्युनिस्टहरुले गोर्वाचोभविरुद्ध सैनिक कू गर्न खोज्दा असफल भएका थिए । उक्त घटनाले बोरिस यल्तसिनलाई सत्तामा पुर्यायो । गैर कम्युनिस्टहरु रुसको सत्तामा पुगेका थिए । यही घटनालाई जोडेर ओलीको पछिल्लो कदमको विश्लेषण नेकपाभित्र र बाहिर हुन थालेको छ ।

नेकपाभित्र माक्र्सवादका गहिरो व्याख्याकर्ता घनश्याम भुसालले प्रतिनिधिसभा बिघटनलाई सामूहिक आत्महत्या भनेका छन् । उनले यसो भन्नुमा भारी बहुमत हुँदाहुँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेर मध्यावधि चुनाव घोषणा गरेका छन् । यसले देशको राजनीति नयाँ मोडमा पुगेको छ ।

कम्युनिस्टहरुको इतिहासमै पहिलोपटक दुई तिहाईको सरकार बन्दा आफ्नै कारणले अवस्था बदलिएको छ । अबको अवस्था निकै चुनौतीपूर्ण बन्ने देखिदैछ । यो घटनाले रुसमा कम्युनिस्टहरुको पतन भएजस्तै अवस्था नेपालमा पनि आउन सक्छ । रुसको शितयुद्धताकाको घटना र अहिलेको घटना केही मिल्दोजुल्दो छ । रुसमा गोर्वाचोभमाथि कट्टरपन्थी कम्युनिस्टहरुले कू को प्रयास गर्दा असफल भएपछि नयाँ परिस्थिति सृजना भएको छ । जसले कम्युनिस्टहरुबाट सत्ता गुम्यो र कहिले फर्किएन ।

अहिले ओलीको कदमले दक्षिणपन्थीहरुलाई फाइदा पुगेको छ । देशमा गणतन्त्रविरोधी आवाजमा बल पुगेको छ । यसले कम्युनिस्टहरुलाई पतनको अवस्थामा पुर्याउने सम्भावना पनि नकार्न सकिदैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ
फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ
‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज
‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज
उपत्यकाबाट यी कुरा हटाएर फेरि लोकप्रिय बन्दैछन् गृहमन्त्री ‘जनार्दन शर्मा’
उपत्यकाबाट यी कुरा हटाएर फेरि लोकप्रिय बन्दैछन् गृहमन्त्री ‘जनार्दन शर्मा’
रुसले ट्वीटर र युट्युबमा पनि लगायो प्रतिबन्ध
रुसले ट्वीटर र युट्युबमा पनि लगायो प्रतिबन्ध
१७ केजी अवैध सुन बरामद ।
१७ केजी अवैध सुन बरामद ।
भदौ १४ गते शनिबारको राशिफल यस्तो छ
सिक्किममा हंगामा मच्चाएकी आस्था राउतद्धारा काठमाडौंमा प्रहरीसामु आत्मसमर्पण
सिक्किममा हंगामा मच्चाएकी आस्था राउतद्धारा काठमाडौंमा प्रहरीसामु आत्मसमर्पण
सन्दर्भः १६ दिने महिलाहिंसा विरुद्धको अभियान बाँच्न पाउने अधिकार गुमाउँदै बलात्कृत बालिका
‘सर्ट सेलिङ’ प्रणाली लागू गर्दै सेबोन: अब सेयर बजार घट्दा पनि नाफा कमाउन सकिने
‘सर्ट सेलिङ’ प्रणाली लागू गर्दै सेबोन: अब सेयर बजार घट्दा पनि नाफा कमाउन सकिने
नारायणगढ-मुग्लिन सडक आउँदो शनिबार ७ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिन सडक आउँदो शनिबार ७ घण्टा बन्द हुने