के गर्दै छन गोकर्ण बिष्ट ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
|
३७ पटक हेरिएको
Shares
के गर्दै छन गोकर्ण बिष्ट ?

सारांश

  • गुल्मी, – प्रतिनिधिसभाको गुल्मी क्षेत्र नं २ का एमाले उम्मेदवार गोकर्ण विष्टले आफ्ुनो सांसद कार्यकालमा त्यहाँको विकासमा गरेका कामको सूची सार्वजनिक गरेका छन् ।
  • यसअघि गुल्मीबाट सांसद निर्वाचित भएका विष्टले आफ्नो पहलमा गरेका कामवारे मतदातालाई जानकारी दिएका हुन् ।
  • विष्ट निर्वाचित भएपछि उनैको सक्रियतामा पश्चिमी क्षेत्रका धेरै गाउँबस्ती जोड्ने तम्घास सिमलटारी प्यूठान सडक स्तरोन्नती भएर कालोपत्रे भैरहेको छ ।

गुल्मी, – प्रतिनिधिसभाको गुल्मी क्षेत्र नं २ का एमाले उम्मेदवार गोकर्ण विष्टले आफ्ुनो सांसद कार्यकालमा त्यहाँको विकासमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । यसअघि गुल्मीबाट सांसद निर्वाचित भएका विष्टले आफ्नो पहलमा गरेका कामवारे मतदातालाई जानकारी दिएका हुन् ।

विष्ट निर्वाचित भएपछि उनैको सक्रियतामा पश्चिमी क्षेत्रका धेरै गाउँबस्ती जोड्ने तम्घास सिमलटारी प्यूठान सडक स्तरोन्नती भएर कालोपत्रे भैरहेको छ । जिल्लाका ४३ वडा मध्ये अधिकांश वडामा विद्युतीकरण भएर गाउँ र टोलसम्म विद्युत विस्तार हुने क्रम जारी छ । त्यस्तै छल्दी, रातडाँडा इन्द्रेगौडा, रातडाँडा, बडागाउँ मुसिकोट, पौंदीअमराई हुँदै नेटा दर्लिङ पुग्ने सडक पनि तीब्र गतिमा स्तरोन्नती भैरहेको छ । अमरपुर देखि अर्जै, घमिर हुँदै अर्खाबाङ सडक, सेउघा सिमाघाट जैसीथोक पुर्कोटदह सडक पनि धमाधम स्तरोन्नती भैरहेको छ ।

खेल क्षेत्रको विकासका लागि अमरपुरको बुल्मचौरमा राष्ट्रिय स्तरकै रंगशाला निर्माणको काम शुरु भएको छ । शिक्षा क्षेत्रको विकासका लागि धुर्कोट र पूर्कोटदहमा क्याम्पस, हस्तिचौरमा प्राविधिक शिक्षालय खुलेको छ । त्यस्तै ६० भन्दा बढी विद्यालयका करोडौं लागतका भवन निर्माण भएका छन् । अधिकांश विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि सोलार सुविधा र कम्प्यूटर शिक्षा शुरु भएको छ ।

दुर्गम मानिएको क्षेत्रका सर्वसाधरणको सुविधाका लागि धुर्कोटमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएर डाक्टर सहितको सेवा चलिरहेको छ । त्यस्तै दुई दर्जन भन्दा बढी स्वास्थ्य चौकीका अत्याधुनिक सुविधा सहितका भवन निर्माण भएका छन् । दर्जनौं वडा कार्यालयका भवन निर्माण भैसकेका छन् । सडक सुविधा १२ महिना संचालन गर्ने गरी दुई दर्जन भन्दा बढी पक्की पुल निर्माण भैसकेका छन् ।

साना योजना देखि झण्डै १ अर्ब लागत सम्मका दर्जनौं योजना अहिलेसम्म पनि जारी नै छन् । २० वर्ष अघिको पश्चिमी क्षेत्रको अवस्था र अहिलेको विकासमा त्यो क्षेत्र पुरै कायापलट भएको जिल्ला समन्वय समितिका सभापति लक्ष्मण पराजुलीले बताए ।

‘२० वर्ष अघि गुल्मीका पश्चिमी गाउँबस्ती कस्ता थिए, अहिले कस्ता भए भन्ने त घामजस्तै छर्लङ्ग छ’, उनले भने, ‘यसका लागि यस क्षेत्रबाट निर्वाचित भएका सांसद गोकर्ण विष्टलाई धन्यवाद निुपर्छ ।’

यो क्षेत्रमा यस पटकको निर्वाचनमा एमालेबाट गोकर्ण विष्ट र कांग्रेसबाट चन्द्र केसी प्रतिस्पर्धामा छन् । २०७० को निर्वाचनमा विपक्षी सबै पार्टीको मत जोड्दा पनि बढी मतले बिजयी भएका विष्ट जनसम्पर्क र विकासका काममा सक्रिय भएका कारण अहिले झनै लोकप्रिय देखिन्छन् । विष्टसँगको चुनावी प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार निकै कमजोर देखिएका छन् । त्यसै कारण पनि कांग्रेसले मतदाता घरदैलो भन्दा पनि फेसबुक प्रचारतर्फ जोड दिएको छ ।

त्यस्तै विष्टसंगै त्यस क्षेत्रमा प्रदेश उम्मेदवार खड्ग केसी र दिनेश पन्थी पनि मतदाता माझ चर्चित छन् । कांग्रेस प्रदेश उम्मेदवार छन्द पहराईले आफुसँग अहिले चुनावी ऐजेण्डा नै नभएको भन्दै बिजयी भए एजेण्डा खोज्न मतदातासँग नै आउँछु भन्ने आश्वासन दिदैं छन् । त्यस्तै अर्का कांग्रेस उम्मेदवार शालिक पन्थीले आफू जित्ने आधार खोज्दै रहेको वताएका छन् । कांग्रेस उम्मेदवारको एजेण्डा विहिन चुनावी प्रचारका कारण मतदाताको लहर बामगठबन्धनका विष्ट र प्रदेशमा दिनेश पन्थी र खड्ग केसीप्रति बढ्दै गएको छ ।

स्थानीय तहको मतका आधारमा पनि यो क्षेत्र बामपन्थीको पकड मानिन्छ । २०४८ सालमा बिजयी भएको कांग्रेसले त्यस यताका कुनै पनि निर्वाचनमा बिजयी हुन सकेको छैन । अहिले क्षेत्र समायोजन भएर बनेको नयाँ क्षेत्रमा रहेका ४३ वडा मध्ये एमाले ३१, कांग्रेस ११ र माओवादी  १ वडामा बिजयी भएका थिए ।

सन्ध्या बस्नेत !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?