के ‘सरप्राइज’ दिँदैछन् त ओली–प्रचण्ड ?
सारांश
- काठमाडौं, १३ माघ ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता घोषणाको विषय हरेक नेपालीका लागि सरप्राइज हुनसक्ने बताउँदै आएका छन् ।
- कार्यक्रमहरुमा पार्टी एकताको विषयमा प्रश्न उठ्नासाथ प्रचण्डले भन्दै आइरहेको कुरा हो ‘सरप्राइज’ ।
काठमाडौं, १३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता घोषणाको विषय हरेक नेपालीका लागि सरप्राइज हुनसक्ने बताउँदै आएका छन् । कार्यक्रमहरुमा पार्टी एकताको विषयमा प्रश्न उठ्नासाथ प्रचण्डले भन्दै आइरहेको कुरा हो ‘सरप्राइज’ ।
स्रोतका अनुसार पार्टी एकता घोषणाको सन्दर्भमा पनि ओली–प्रचण्डले तीन करोड नेपालीलाई ‘सरप्राइज’ दिने तयारी गरेको बताउँछ । उसो त, एक अन्तर्वार्ताको क्रममा प्रचण्डले पार्टी एकता घोषणाको विषय सरप्राइज हुने बताइसकेका छन् ।
स्रोतका अनुसार ओली र प्रचण्डले माघ महिनाभित्रै पार्टी एकताको घोषणा गर्ने तयारी गरेका छन् । त्यसका लागि ओली–प्रचण्ड निरन्तर गोप्य छलफलमा जुटिरहेका छन् । पार्टी एकताको विषयमा बाह्य रुपमा आशंका उत्पन्न भइरहेकै बेला ओली–प्रचण्डले फेरि सबैलाई चकित बनाउने गरी एकताको घोषणा गर्ने तयारी गरेका छन् ।
त्यस्तै गत असोजमा सारा नेपाली दसैँको माहौलमा व्यस्त रहेकै बेला १७ असोजमा राजधानीमा पत्रकार सम्मेलन गर्दै चुनावी तालमेलसहित एमाले र माओवादी केन्द्र पार्टी एकतासम्म जाने सहमतिसहित वाम एकता घोषणा गर्दै एमाले अध्यक्ष केपी ओली र प्रचण्डले सारा नेपालीलाई ‘सरप्राइज’ दिए ।
रमाइलो त के थियो भने, त्यतिबेला माओवादी कांग्रेस नेतृत्वको सरकारमा सामेल थियो । फेरि त्यतिबेला बाह्य रुपमा एमाले–माओवादीबीचको सम्बन्ध समुधुर पनि थिएन । एमाले–माओवादीबीचको पार्टी एकताको कुरा त परको थियो । तर, ओली र प्रचण्डले एकाएक वाम एकता घोषणा गर्दै अगाडि बढेपछि धेरैका लागि सरप्राइज नै भयो, त्यो कदम ।
एमाले र माओवादीबीच हालसम्म एकताको कुनै टुंगो लागेको छैन । बाहिर त झन्, अनेक खालका आशंकाहरु उत्पन्न भएको छ । बाहिर अहिले एमाले र माओवादीबीच एकता नै पो नहुने हो कि भन्ने आशंका समेत उत्पन्न भएको छ ।
Mohan Kayasta
Chhutti Bhinna? .
Tek Bhahadur Lamichhane
हात जितमाथी उठाएपिन देश माथी उठ्ने होईन । नेताहरूको अिहलेसम्म हात उठाउने र घाँटीमा माला िभर्ने काम मात्रै िसिमत भयो ।