नङ नकाटी भत्ता बुझ्न आउनेलाई भत्ता नदिइने !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • रोल्पा, २९ जेठ  ।
  • २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ ।
  • अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका जनप्रतिनिधिले विभिन्न सिर्जनशील अभ्याससमेत गर्न थालेका छन् ।

रोल्पा, २९ जेठ  । २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ ।

अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका जनप्रतिनिधिले विभिन्न सिर्जनशील अभ्याससमेत गर्न थालेका छन् ।

रोल्पाको सुकिदह गाउँपालिकाको एक वडाले सबै घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा भएको दाबीसहित सार्वजनिक कार्यक्रममार्फत घोषणासमेत गरिसकेको छ भने उत्तरी रोल्पाको एक वडाले नङ नकाटेर भत्ता बुझ्न आउने सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता नदिने भएको छ ।

थवाङ गाउँपालिका–३, मिरुलले यस्तो अभियानको थालनी गरेको हो । पूर्ण सरसफाइ अभियानलाई टेवा पु¥याउने उद्देश्यले वडाले यस्तो अभियान चालेको बताएको छ । पूर्ण सरसफाइका लागि व्यक्तिगत सरसफाइ पहिलो खुड्किलो भएकाले सामाजिक सुरक्षा भत्ता बुझ्ने सरसफाइमा संवेदनशील होउन् भन्ने उद्देश्यले यस्तो कार्यको थालनी गरेका हौँ, वडाध्यक्ष भीमबहादुर रोकाले भन्नुभयो ।

जनताको घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउँदै नागरिकलाई समेत कर्तव्यप्रति जिम्मेवार बनाउन यस्तो अभियान थालेको रोकाले बताउनुभयो । वडामा पूर्ण सरसफाइ अभियान चलिरहेको भएपनि पूर्ण सरसफाइसम्बन्धी व्यवहार परिवर्तनको अवस्था निकै कमजोर रहेकाले यस्तो कामको थालनी गरेको अध्यक्ष रोकाले बताउनुभयो ।

वडा कार्यालयमा सेवा लिन आउने सबै सेवाग्राहीलाई व्यक्तिगत सरसफाइका लागि उत्प्रेरित गरिरहेका छौँ, वडासचिव चन्द्रज्योति सुवेदीले भन्नुभयो । साबुन पानीले हात धुने, कपाल कोर्ने, नङ काट्ने, शुद्धीकरण गरिएको पानी मात्र प्रयोग गर्ने कुरामा सेवाग्राहीलाई उत्प्रेरित गर्दै आएको सुवेदीले जानकारी दिनुभयो ।

सन् २०२१ भित्र वडालाई पूर्ण सरसफाइ उन्मुख वडा बनाउने लक्ष्य लिएका कारण अहिलेदेखि नै व्यवहार परिवर्तनमा जोड दिइरहेको सुवेदीले जानकारी दिनुभयो ।

सन् २०२२ भित्र जिल्लालाई पूर्णसरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने लक्ष्य निर्धारण गरिएकाले स्थानीय तहसमेत सक्रिय हुन थालेको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय रोल्पाका सरसफाइ फोकल पर्सन डिल्लीराज न्यौपानेले बताउनुभयो । १० स्थानीय तहमा ७२ वडा रहेको रोल्पामा हालसम्म एक वडा मात्रै पूर्ण सरसफाइ उन्मुख घोषणा भएको न्यौपानेले जानकारी दिनुभयो ।

अभियान सफल पार्न सबै स्थानीय तहले सक्रियता देखाएका कारण तोकिएकै समयमा जिल्ला पूर्णसरसफाइ उन्मुख हुनेमा आफू आशावादी रहेको न्यौपानेको भनाइ छ ।

(https://www.newsoftwares.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
कुन सडकमा कसले ढल निर्माण गर्ने !
कुन सडकमा कसले ढल निर्माण गर्ने !
रायन, जीवन शर्मासहित जनवादी कलाकारहरुलाई सम्मान
रायन, जीवन शर्मासहित जनवादी कलाकारहरुलाई सम्मान
विजया दशमीले संकटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
विजया दशमीले संकटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
लैङ्गिक हिंसाको तथ्याङ्क डरलाग्दो
लैङ्गिक हिंसाको तथ्याङ्क डरलाग्दो
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
पुनर्निर्माण प्राधिकरणको जागिर छाडेर चुनाव लड्न गएका पोखरेल खतरामा !
पुनर्निर्माण प्राधिकरणको जागिर छाडेर चुनाव लड्न गएका पोखरेल खतरामा !
Katrina Kaif’s this latest black and white pic will take your breathe away!
Katrina Kaif’s this latest black and white pic will take your breathe away!
गोदावरी खोला क्षेत्र सरसफाई १९औं हप्तामा
गोदावरी खोला क्षेत्र सरसफाई १९औं हप्तामा
भदौ ७ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने क्रान्तिकारीको निर्णय
भदौ ७ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने क्रान्तिकारीको निर्णय

तपाईंले छुटाउनुभयो कि?