कोरोनाको कहर : काठमाडौंमा मास्क प्रयोग गर्नेको संख्या बढ्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
कोरोनाको कहर : काठमाडौंमा मास्क प्रयोग गर्नेको संख्या बढ्यो

सारांश

  • काठमाडौं, ७ चैत्र ।
  • कोरोना भाइरसको सन्त्रास नेपालमा समेत बढेको छ ।
  • कोरोनाकै कारण कमाठमाडौं उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा समेत पछिल्लो समय वुद्धि भएको छ ।

काठमाडौं, ७ चैत्र । कोरोना भाइरसको सन्त्रास नेपालमा समेत बढेको छ । कोरोनाकै कारण कमाठमाडौं उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा समेत पछिल्लो समय वुद्धि भएको छ । काठमाडौं उपत्यकामा काम विशेषले सार्वजनिक रुपमा हिँडडुल गर्नेहरुले समेत विशेष सचेतना अपनाएका छन् । प्रायः सबैको मुखमा मास्क देखिने गरेको छ ।

सार्वजनिक यातायातमा यात्रा गर्नेदेखि फुटपाथमा आफ्नो पसल थाप्नेहरु र विद्यार्थी, ड्युटीमा खटिने प्रहरी कर्मचारीहरुले समेत अनिवार्य मास्क प्रयोग गर्न थालिएका छन् ।यता, ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्गलबारदेखि बिहीबारसम्म तीन दिनमा झण्डै तीन लाखले उपत्यका छाडेका छन् ।

महाशाखाले तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडेका जनाएको छ । महाशाखाका अनुसार सरकारले स्कुलरकलेज बन्द तथा बढी भिडभाड हुने स्थानमा २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएसगैँ उपत्यका छाड्नेको सङ्ख्यामा वृद्धि भएको हो ।

सबैभन्दा धेरै बिहीबार एकैदिन काठमाडौँ उपत्यकाबाट एक लाख ८ हजार ४५८ मानिस विभिन्न नाकाबाट १८ हजार ५५४ वटा सवारी साधनबाट बाहिरिएका छन् । बुधबारको तुलनामा बिहीबार भने उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा केही कमी आएको छ । बिहीबार ८३ हजार १३९ मानिससँगै १५ हजार १४० सवारी साधन भित्रिएका थिए ।

ट्राफिक प्रहरीका अनुसार बुधबार ९५ हजार २४७ जनाले काठमाडौँं छाडे भने विभिन्न जिल्लाबाट ९८ हजार ९३४ जना प्रवेश गरेका छन् । त्यस्तै मङ्गलबार ९१ हजार ८१६ जनाले काठमाडौँ छाड्दा ९० हजार २३० जना प्रवेश गरेका थिए ।

केही दिनअघिसम्म काठमाडौँ छाड्नेभन्दा काठमाडौँ भित्रिनेको सङ्ख्या बढी हुने गरे पनि पछिल्ला दिन कोरोनाको बढ्दो त्रासका कारण काठमाडौँ छाड्नेको सङ्ख्या बढी देखिएको छ ।

बुधबार बसेको कोभिड–१८ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम स्विमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलगायत बढी भिडभाड हुने क्षेत्रलाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिटो र सहज न्यायका लागि योजनाबद्धरुपमा काम भइरहेको छ- प्रधानन्यायाधीश
छिटो र सहज न्यायका लागि योजनाबद्धरुपमा काम भइरहेको छ- प्रधानन्यायाधीश
स्थापना दिवसमा एकताको ठोस् सन्देश दिँदै एमाले–माओवादी केन्द्र
स्थापना दिवसमा एकताको ठोस् सन्देश दिँदै एमाले–माओवादी केन्द्र
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुरः प्रधानमन्त्री ओली
Мостбет официальный сайт Mostbet рабочее зеркал
कम्यूनिष्टले नेपालमा सफलता पाउनुको कारण जबज होः सहसंयोजक पौडेल
कम्यूनिष्टले नेपालमा सफलता पाउनुको कारण जबज होः सहसंयोजक पौडेल
तत्काल नेपाली कामदार जापान जान नपाउने
तत्काल नेपाली कामदार जापान जान नपाउने
UN calls on Israel and Hamas to prevent further deaths
UN calls on Israel and Hamas to prevent further deaths
छोटो कपडा लगाउँदा समुदायबाटै निष्काशित !
छोटो कपडा लगाउँदा समुदायबाटै निष्काशित !
रामेछाप सास्कृतिक कलाकार समाजको अध्यक्षमा प्रकाश कटुवाल सर्वसम्मत चयन
रामेछाप सास्कृतिक कलाकार समाजको अध्यक्षमा प्रकाश कटुवाल सर्वसम्मत चयन

तपाईंले छुटाउनुभयो कि?