नमूना रिफ्रेस सेन्टर निर्माण पूर्वी नवलपरासीमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
२९ पटक हेरिएको
Shares
नमूना रिफ्रेस सेन्टर निर्माण पूर्वी नवलपरासीमा

सारांश

  • नवलपरासी, १ असोज ।
  • सार्वजनिक सवारीसाधनका चालक सहचालक र यात्रुलाई लक्षित गरी पूर्वी नवलपरासीको कावासोतीमा नेपालकै नमूना रिफ्रेस सेन्टर निर्माण गरिएको छ ।
  • नगरपालिकामा प्रहरी प्रधान कार्यालय तथा स्थानीयको सहयोग र जिल्ला प्रहरी कार्यालय नवलपुरको पहलमा सो रिफ्रेस सेन्टर निर्माण गरिएको हो ।

नवलपरासी, १ असोज । सार्वजनिक सवारीसाधनका चालक सहचालक र यात्रुलाई लक्षित गरी पूर्वी नवलपरासीको कावासोतीमा नेपालकै नमूना रिफ्रेस सेन्टर निर्माण गरिएको छ ।नगरपालिकामा प्रहरी प्रधान कार्यालय तथा स्थानीयको सहयोग र जिल्ला प्रहरी कार्यालय नवलपुरको पहलमा सो रिफ्रेस सेन्टर निर्माण गरिएको हो । पौने दुई बिगाहा जग्गामा फैलिएको रिफ्रेस सेन्टरमा ८०,९० जना यात्रुलाई आराम गर्ने कक्षको समेत सुविधा रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका इञ्चार्ज लक्ष्मण शाहीले बताउनुभयो ।

रिफ्रेस सेन्टरमा चालक, सहचालक तथा यात्रुको लागि छुट्टाछुट्टै आराम गर्ने स्थान निर्माण गरीएको छ । साथै आराम गर्ने चालक र यात्रुका लागि ट्राफिक दुर्घटना न्यूनीकरणसम्बन्धी वृत्तचित्र तथा चालकको लागि ट्राफिक सचेतना प्रदान गरिनुका साथै जाँच गरिने इञ्चार्ज शाहीले बताउनुभयो ।सो रिफ्रेस सेन्टरमा २५० किलोमिटरभन्दा बढी दूरी चल्ने सवारीसाधन रोकिने गर्दछ ।

भौतिक संरचना हटाइयो

कावासोती नगरपालिकाले राजमार्ग क्षेत्राधिकारभित्र निर्माण गरिएका भौतिक संरचना हटाएको छ । कावासोतीको फलफूल चोकदेखि थकाली चोकसम्मको राजमार्ग क्षेत्राधिकारभित्र बनाइएका घरटहरा, टिकट काउन्टर, ठेलागाडा, होर्डिङ बोर्ड र निर्माण सामग्री नगरपालिका आफैँले हटाएको हो ।कावासोती नगरपालिकाको मुख्य बजार क्षेत्रलाई सफा र सुन्दर बनाउने उद्देश्यले नगरपालिकाले अतिक्रमित संरचना हटाएको हो । सडकको क्षेत्राधिकारभित्र निर्माण गरिएका भौतिक संरचनाका कारण दुर्घटना बढ्नुका साथै बजार कुरुप देखिएकाले नगरपालिकाले १५ दिने सूचना निकालेर हटाउन अनुरोध गरेको थियो तर नागरिकले अटेर गरेपछि नगरपालिकाले हटाएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?