चलचित्र कलाकार संघका अध्यक्षकाे निधनबारे प्रत्यक्षदर्शिकाे भनाइ यस्ताे छ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
चलचित्र कलाकार संघका अध्यक्षकाे निधनबारे प्रत्यक्षदर्शिकाे भनाइ यस्ताे छ

सारांश

  • काठमाडाै, २३ असाेज ।
  • मंगलवार दिउँसोको ११ः२८ बजेको थियो ।
  • नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटी एक कार्यक्रममा पुगेर ललितपुर टिकाथली स्थित घर फर्केका थिए ।

काठमाडाै, २३ असाेज । मंगलवार दिउँसोको ११ः२८ बजेको थियो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटी एक कार्यक्रममा पुगेर ललितपुर टिकाथली स्थित घर फर्केका थिए । घर पुगेर आफुले लगाएको लुगा परिवर्तन गरि औपचारिक ड्रेसमै उनी अर्को कार्यक्रमको लागि तयारी गर्दै बाहिर निस्किए । घर नजिकै मन्दिर छ । मन्दिरकै छेऊमा खोलाको किनार र सँगै पिपलको तीन वटा रुख छ । ४ बर्ष अघि अध्यक्ष राम केशर बोगटीले वृक्षारोपण गरेका थिए ती पिपलको बोटहरु ।

४ बर्षमा हल्लकै बढेको पिपलको बोटले करेन्टको तारलाई असर गर्ने भएपछि उक्त रुख काट्न विहानै साथीभाईसँग सल्लाह गरि मान्छे लगाईएको थियो । पिपलको रुख बेचेर आएको पैसा मन्दिर संरक्षणको लागि दिने सल्लाह भएको थियो । खोलाको किनारमै रुख रहेकोले खोलाबाट रुखलाई व्यवस्थापन गर्ने कुनै संभावना थिएन । त्यसैले रुख काट्दा विजुलीको तारमा झर्ने संभावना भएकोले अधयक्ष बोगटीले नेपाल विद्युत प्राधिकरणमा फोन गरि विजुली केही समयको लागि बन्द गराईएको थियो ।

 

कार्यक्रम जान केही समय बाँकी हुदै गर्दा आफ्ले काट्न लगाईएको रुख काटेको हेरर जाऊ न भनेर उनले आफ्नो गाडीलाई नजिकै सडकको छेऊमा पार्किङ गरे । रुख भन्दा करिब २० मिटर पर उभिएर उनले हेरिरहेका थिए । एकोहोर रुखतिर हेरिरहँदा एउटा रुख खोला तिर लडिसकेको थियो । अन्दाजी मध्यान्हको १२ बजेर १३ मिनेट गएको थियो । अर्को रुख एक्कासी विजुलीको तारमा पर्यो । ट्रान्समिटर सहितको दुईटा सिमेन्टको पोल थियो । रुख तारमा पर्नेबितिकै पोल बाँचियो । अध्यक्ष बोगटी हलचल गर्न समेत पाएनन् । बाँचिएको पोल सहितको ट्रान्समिटर बोगटीको टाउकोमा बजारियो । पोलले पेटमा थिचियो ।

न त भाग्न सके बोगटी, न त ऐया भन्न पाए, एक्कासी टाउको क्षतविक्षत भयो । पेटको दुई ठाउँमा चिरियो । सबै जना मान्छेहरु जम्मा भए । प्रहरी आईपुग्यो । प्रहरीकै भ्यानमा उनलाई हतार हतार ललितपुर ग्वार्कोस्थित बि एण्ड बि हस्पिटलमा पुर्याइयो। तर उनलाई बचाउन सकिएन । घटना स्थलमै उनले संसार छाडिसकेका थिए । तर घटनास्थलमा रुवावासी र प्रत्यक्ष घटना देखिरहँदा दिमागले केही सोच्न सकिएन र १२ बजेर २८ मिनेटमा हस्पिटल ल्याइपुर्याएका थियौं । बि एण्ड बि हस्पिटलको आकस्मिक कक्षमा डक्टरहरुले उनलाई चेकअप गर्दैगर्दा खेरी उनको ज्यान गईसकेको थियो ।  भावुक हुदै अध्यक्ष बोगटीका छिमेकी प्रत्यक्षदर्शी काजी थापाले सुनाए ।

४ बर्ष अघि मन्दिर वरपर रुख रोप्नुपर्छ भन्दै बोगटी आफैले रोपेका थिए पिपलको बोटहरु । चार बर्ष पछि पिपलको बोट बढेर विजुलीको तारलाई असर गर्ने भएपछि रुख काट्न विहानैदेखी योजना बनाएका थिए बोगटीले । आफैले मान्छे खोजेर रुख काट्न लगाईएका थिए उनले । सहयोगको लागि मलार्ई पनि भनेका थिए उनले । तर जुन रुख उनले रोपे त्यहि रुखले उनको ज्यान लिन्छ भन्ने कल्पना पनि थिएन । नसोचेको घटना घट्यो –काजी थापाले थप कुरा सुनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा प्रहरीको सफलता : दुई महिनामै ४१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन
झापा प्रहरीको सफलता : दुई महिनामै ४१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन
अयोग्य र इमानन्दार नभएको भन्दै पाकिस्तानी प्रधानमन्त्री विरुद्ध मुद्दा
अयोग्य र इमानन्दार नभएको भन्दै पाकिस्तानी प्रधानमन्त्री विरुद्ध मुद्दा
ओलीका उदारो आश्वासनहरु, जुन सायदै पूरा गरे
ओलीका उदारो आश्वासनहरु, जुन सायदै पूरा गरे
पोखरामा भोली र्अथात  शनिबार “बिर्सिएको मृत्यु ” माथि बहस हुने
पोखरामा भोली र्अथात शनिबार “बिर्सिएको मृत्यु ” माथि बहस हुने
प्रचण्डसहित १३ जनाविरुद्ध लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी
प्रचण्डसहित १३ जनाविरुद्ध लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी
‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन : पर्यटनमन्त्री किराती
‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन : पर्यटनमन्त्री किराती
कन्चनपुरमा अवैध सामान बरामद
कन्चनपुरमा अवैध सामान बरामद
प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्दै
प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्दै
लकडाउन अवधि लम्ब्याउने सरकारको तयारी
लकडाउन अवधि लम्ब्याउने सरकारको तयारी
विश्वकप फुटबलमा चलचित्र, खेलकुद तथा संगीत क्षेत्रका हस्तीको यस्तो देखियो कुम्भ मेला
विश्वकप फुटबलमा चलचित्र, खेलकुद तथा संगीत क्षेत्रका हस्तीको यस्तो देखियो कुम्भ मेला

तपाईंले छुटाउनुभयो कि?