‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
१८ पटक हेरिएको
Shares
‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना

सारांश

  • बेइजिङ, चीन, १४ असोज ।
  • चीन– अमेरिकाबीच भएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले शनिबार जनाएको छ ।
  • युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै यसले विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना हुनसक्ने आर्थिक समस्यालाई सामना गर्न मजबुत अवस्था रहेको पिपुल्स बंैक अफ चाइनाले बताएको छ ।

बेइजिङ, चीन, १४ असोज ।चीन– अमेरिकाबीच भएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले शनिबार जनाएको छ ।युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै यसले विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना हुनसक्ने आर्थिक समस्यालाई सामना गर्न मजबुत अवस्था रहेको पिपुल्स बंैक अफ चाइनाले बताएको छ । केन्द्रीय बैंकको तेस्रो त्रैमासिक मौद्रिक नीतिबारे भएको छलफलपछि चीनको उक्त भनाई सार्वजनिक भएको राज्य सञ्चालित सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ ।

चीनको कर्जा वृद्धिबारे व्यापक चेतावनी आइरहेका समय केन्द्रीय बैंकले चीनले कर्जा सङ्कलनमा तर्कसङ्गत वृद्धि रहेको र वित्तीय सुधारलाई निरन्तरता दिने बताएको हो ।चीनले अमेरिकासँग व्यापार विवादकाबीच अघि बढिरहेको छ । चीनले यसै हप्ताको शुरुदेखि लागु हुनेगरी अमेरिकाले चिनियाँ सामानमाथि गरेको दुई खर्ब अमेरिकी डलर बराबरको करवृद्धिले ल्याएको तरङ्गलाई चुनौति दिँदै अमेरिकाबाट चिनियाँ भूमिमा आयात हुने ६० अर्ब अमेरिकी डलर बराबरको सामानमा करवृद्धिको घोषणा गरेको छ ।

चीनका प्रधानमन्त्री ली खछ्याङले गत हप्ता व्यापार विवादका कारण व्यापक समस्याको सामना गरिरहेको र यसका कारण आर्थिक वृद्धिमा केही शिथिलता देखिएको स्वीकार गर्नुभएको थियो । तर उहाँले समस्या निराकरण गर्ने चीनसँग क्षमता रहेको बताउँनुभएको थियो ।विश्लेषकहरूले युआनको तीव्र अवमुल्यनले चीनको निर्यात सस्तो बनाएको बताएका छन् ।तर चिनियाँ अधिकारीहरूले आफ्नो मुद्रा अवमुल्यनबारे लगाएको उक्त आरोपको खण्डन गरेका छन् ।

अहिलेसम्म दुई खर्ब ५० करोड अमेरिकी डलर बराबरका चिनियाँ सामानको आयातमा करवृद्धि गरेका अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले अर्को दुई खर्ब ६७ करोड अमेरिकी डलरको चिनियाँ सामानमाथिको कर लगाउने चेतावनी दिनुभएको छ । यसबाट अमेरिका निर्यात हुने प्राय सबै चिनियाँ सामानमा प्रभाव पर्ने अमेरिकी अधिकारीहरूको दावी छ ।चीनले संरक्षणवादी अमेरिकी व्यापार नीतिविरुद्ध सङ्घर्ष गर्दै गत बर्ष एक खर्ब ३० करोड अमेरिकी सामान मात्र खरिद गरेको थियो । चीनले अहिलेसम्म अमेरिकी एक खर्ब १० करोड अमेरिकी डलर बराबरको सामानमा कर वृद्धिको गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
पर्यटकको गन्तव्यस्थल बन्दै ताप्लेजुङ
पर्यटकको गन्तव्यस्थल बन्दै ताप्लेजुङ
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
घट्यो विदेशी मुद्राको सञ्चिति, साढे ६ महिनाको मात्रै आयात धान्ने
घट्यो विदेशी मुद्राको सञ्चिति, साढे ६ महिनाको मात्रै आयात धान्ने
​अखिल क्रान्तिकारीमा तामाङको बिजय, गृहमन्त्रीलाई धक्का
​अखिल क्रान्तिकारीमा तामाङको बिजय, गृहमन्त्रीलाई धक्का
यथार्थको धरातलमा उभिएर बजेट आएको छ : अर्थमन्त्री महत
यथार्थको धरातलमा उभिएर बजेट आएको छ : अर्थमन्त्री महत
नारायणकाजीमाथि खनिए रिमाल-‘कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस’
नारायणकाजीमाथि खनिए रिमाल-‘कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस’
नवलपरासीमा बाढी पहिरोको असर, ठाउँ ठाउँमा डुबान
नवलपरासीमा बाढी पहिरोको असर, ठाउँ ठाउँमा डुबान
Checkout these inside pictures from Neetu Kapoor’s birthday in Paris!
Checkout these inside pictures from Neetu Kapoor’s birthday in Paris!
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि

तपाईंले छुटाउनुभयो कि?