कोरोना भाइरसविरुद्ध बन्दैछ २० खोप

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ८, २०७६
|
|
३२ पटक हेरिएको
Shares
कोरोना भाइरसविरुद्ध बन्दैछ २० खोप

सारांश

  • अहिले विश्वभर कोरोना भाइरसका कारण मानिसहरु आतंकित पारेको छ ।
  • विश्वका थोरैमात्र देश कोरोना भाइरसको संक्रमण नदेखिएमा परेका छन् ।
  • चीनमा सन् २०१९ को डिसेम्बरमा देखिएको कोरोना भाइरस युरोप र अमेरिकामा महामारी बनेको छ ।

अहिले विश्वभर कोरोना भाइरसका कारण मानिसहरु आतंकित पारेको छ । विश्वका थोरैमात्र देश कोरोना भाइरसको संक्रमण नदेखिएमा परेका छन् ।

चीनमा सन् २०१९ को डिसेम्बरमा देखिएको कोरोना भाइरस युरोप र अमेरिकामा महामारी बनेको छ । त्यहाँ मानिसहरु त्रसित छन् । कतिपय युरोपका देशहरु लकडाउन गरिएका छन् ।

कोरोना भाइरसबाट झण्डै १२ हजारको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या तीन लाख पुग्दैछ । तर, यसविरुद्ध खोप र औषधीको विकासले गति लिएको छ ।

विश्व स्वास्थ्य संगठनकी इमर्जेन्सी कार्यक्रमकी प्रमुख डा. मारिया भान केरकोभीले विश्वभर २० प्रकारका खोप विकास भइहेको बताएकी छिन् । उनको भनाई उदृत गर्दै रुसी समाचार संस्था तासले भनेको छ, ‘कोभिड-१९ विरुद्ध कम्तिमा २० खोप विकासको चरणमा छ ।’ खोपको क्लिनिकल परीक्षण शुरु भइसकेको उनले बताइन् ।

तर, खोप प्रयोगमा आउन भने समय लाग्नेछ । खराब भाइरस जति खतरनाक हुनसक्छ खराब खोप उत्तिकै खतरनाक हुनसक्छ । त्यसैले विश्व स्वास्थ्य संगठनले त्यसमा निकै सावधानी अपनाउने नीति लिएको उल्लेख छ ।

खोपको प्रभावकारितासँगै सबैको पहुँचको पनि विषय आउनसक्छ । यसको सुलभ र सहजताको पनि विषय उठेको छ ।

अहिले चीन, अमेरिका, भारतलगायतका देशका कम्पनिहरुले कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेका छन् । चीन र अमेरिकामा मानिसमाथि नै परीक्षण भइसकेको छ । भारतमा जनावरमा परीक्षण भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघ २४ गते शुक्रबारको राशिफल यस्तो छ
माघ २४ गते शुक्रबारको राशिफल यस्तो छ
भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा भव्य स्वागत
भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा भव्य स्वागत
घोराही–तुलसीपुर सडक आयोजना नयाँ ढङ्गबाट अघि बढ्छ : सञ्चारमन्त्री शर्मा
घोराही–तुलसीपुर सडक आयोजना नयाँ ढङ्गबाट अघि बढ्छ : सञ्चारमन्त्री शर्मा
डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !
डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !
गाउँपालिकाकाे सुचना अब माेबाइलमा
अङ्ग्रेजी बोर्डिङ स्कुलमा संस्कृत पठनपाठन
अङ्ग्रेजी बोर्डिङ स्कुलमा संस्कृत पठनपाठन
महानगरपालिका– स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन
महानगरपालिका– स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन
डा.शशांक कोइरालाले कांग्रेसको शत्रु कांग्रेस नै रहेको बताए
डा.शशांक कोइरालाले कांग्रेसको शत्रु कांग्रेस नै रहेको बताए
यस्तो छ सरकारको राहत प्याकेजः कसले के के पाउँछन् ?
यस्तो छ सरकारको राहत प्याकेजः कसले के के पाउँछन् ?
मन्त्रीको नाम टुंगो लगाउन बोलाइएको माओवादी हेडक्वार्टर बैठक स्थगित
मन्त्रीको नाम टुंगो लगाउन बोलाइएको माओवादी हेडक्वार्टर बैठक स्थगित

तपाईंले छुटाउनुभयो कि?