नेपाल र पोखरेलका निर्वाचन परिचालन कमिटी गठन

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
४२ पटक हेरिएको
Shares
नेपाल र पोखरेलका निर्वाचन परिचालन कमिटी गठन

सारांश

  • आगामी मंसिर २१ गतेको प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडाँै क्षेत्र नं २ बाट नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बन्नु्भएका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी गतिविधि प्रचारप्रसार गर्नका लागि निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
  • नेपालको प्रचार अभियान सञ्चालन गर्नका लागि क्षेत्रीय, नगरकमिटी र वडास्तरका निर्वाचन परिचालन कमिटी गठन गरिएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
  • नेपालको चुनावी कार्यक्रम सञ्चालन गर्न एमालेले समानुपातिक उम्मेदवार सरिता न्यौपानेको संयोजकत्वमा कमिटी बनाएको हो ।

आगामी मंसिर २१ गतेको प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडाँै क्षेत्र नं २ बाट नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बन्नु्भएका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी गतिविधि प्रचारप्रसार गर्नका लागि निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
नेपालको प्रचार अभियान सञ्चालन गर्नका लागि क्षेत्रीय, नगरकमिटी र वडास्तरका निर्वाचन परिचालन कमिटी गठन गरिएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । नेपालको चुनावी कार्यक्रम सञ्चालन गर्न एमालेले समानुपातिक उम्मेदवार सरिता न्यौपानेको संयोजकत्वमा कमिटी बनाएको हो ।

यस्तै कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकाका विभिन्न वडामा पनि वडास्तरीय कमिटी गठन गरिएको छ । निर्वाचन गतिविधिलाई तीव्र बनाउनुभएका नेपालले अगुवा कार्यकर्ता भेला र महिला भेलासमेत गरिहनुभएको स्वकीय सचिव गौतमले बताउनुभयो ।

यस्तै काठमाडाँै क्षेत्र नं ५ बाट एमाले तर्फबाट उम्मेदवार बन्नुभएका महासचिव ईश्वर पोखरेलले पनि चुनावी अभियान तीव्र पार्नुभएको छ । वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका पोखरेलले विभिन्न भेला र भेटघाटका कार्यक्रम शुरु गर्नुभएको उहाँका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँको निर्वाचनको प्रचारप्रसार गर्नका लागि एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?