आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
१८ पटक हेरिएको
Shares
आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

सारांश

  • लहान, १ पुस , गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ ।
  • आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
  • स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक सल्किएको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर निजको दुई घरका साथै छिमेकी कारी दासको दुई घर, देवेन्द्र दासको एक घर र जोगेन्द्र दासको घुम्टी किराना पसल जलेर नष्ट भएको हो ।

लहान, १ पुस , गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ ।

आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक सल्किएको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर निजको दुई घरका साथै छिमेकी कारी दासको दुई घर, देवेन्द्र दासको एक घर र जोगेन्द्र दासको घुम्टी किराना पसल जलेर नष्ट भएको हो ।

आगो निभाउने क्रममा गेनी दासकी ४१ वर्षीया श्रीमति देवकुमारी दास घाइते भएको र उहाँको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बोदे बर्साइनका प्रहरी नायब निरीक्षक प्रदीप सिंहले जानकारी दिनुभयो । आगलागीमा परी गेनी दासको गाई, भैँसी, बाख्रासमेत आठ वटा पशुचौपाया जलेर मरेका छन् भने घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण समान जलेर नष्ट भएको पीडितलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक सिंहले बताउनुभयो ।

घटनाको खबर पाएपछि पुगेको प्रहरी र स्थानीयवासीको मद्दतले एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो ।

सामान बरामद

प्रहरीको टोलीले सदरमुकाम सिरहाबाट गए राति करीब दुई लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद् गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा बजारबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा दूधको पाउडर, खाने तेल, भुजिया, बिस्कुट, विभिन्न मसला, अगरबत्तीलगायत करीब दुई लाख मूल्य बराबरको सामान बरामद गरेको जनाएको छ । बरामद भएको सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडर सिरहामा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज २७ सय ३६ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित २ लाख नजिक
बैशाख ९ मा एमाले–माओवादी केन्द्र एकता होला ? यस्तो आयो एमालेको निर्णय
बैशाख ९ मा एमाले–माओवादी केन्द्र एकता होला ? यस्तो आयो एमालेको निर्णय
एमसीसीको विद्युत प्रशारण लाइनको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी
एमसीसीको विद्युत प्रशारण लाइनको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी
नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि
नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि
सुन तस्करीका मुख्य नाइके खोज्न बनाइएको आयोग गुमनाम, के कसरी काम शुरू गर्ने ? अन्योलमा !
सुन तस्करीका मुख्य नाइके खोज्न बनाइएको आयोग गुमनाम, के कसरी काम शुरू गर्ने ? अन्योलमा !
एमालेमा ७० वर्ष उमेरहद हटाइयो
एमालेमा ७० वर्ष उमेरहद हटाइयो
चीन भ्रमण सकेर उपराष्ट्रपति पुन स्वदेश फिर्ता
चीन भ्रमण सकेर उपराष्ट्रपति पुन स्वदेश फिर्ता
औपनिवेशकालीन काेरियाली श्रमिककाे अवशेष जापानबाट फिर्ता ल्याउन पहल !
औपनिवेशकालीन काेरियाली श्रमिककाे अवशेष जापानबाट फिर्ता ल्याउन पहल !
इन्सपेक्टरसहित प्रहरीमाथि कार्यालयमै कुटपिट
इन्सपेक्टरसहित प्रहरीमाथि कार्यालयमै कुटपिट
तपाईंलाई शावर सेक्स मन पर्छ? निकै उपयोगी छन् यी टिप्स
तपाईंलाई शावर सेक्स मन पर्छ? निकै उपयोगी छन् यी टिप्स

तपाईंले छुटाउनुभयो कि?