प्रहरी अधिकारीका लागि कमाईको नयाँ स्रोत क्रसर र टिप्पर !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
प्रहरी अधिकारीका लागि कमाईको नयाँ स्रोत क्रसर र टिप्पर !

सारांश

  • काठमाडौं, १८ कात्तिक ।
  •   प्रहरी अधिकारीका लागि कमाईको नयाँ स्रोत क्रसर र टिप्पर बनेका छन् ।
  • क्रसरमा काम गर्ने व्यवसायीहरुले प्रहरीलाई नै सेयर दिएर धन्दा चलाइरहेका छन् ।

काठमाडौं, १८ कात्तिक ।  प्रहरी अधिकारीका लागि कमाईको नयाँ स्रोत क्रसर र टिप्पर बनेका छन् । क्रसरमा काम गर्ने व्यवसायीहरुले प्रहरीलाई नै सेयर दिएर धन्दा चलाइरहेका छन् ।
क्रसर तथा वालुवाखानी चलाउने जग्गा हेर्न जाने क्रममै गत साता डिआइजी सुशील भण्डारीको काभ्रेको मण्डन देउपुरमा मृत्यु भयो । स्रोतका अनुसार काभ्रेका क्रसरहरुमा मात्र दर्जनौं प्रहरी अधिकारीहरुको लगानी छ । दृष्टि साप्ताहिकका अनुसार विभिन्न समयमा काभ्रेमा काम गरेका सिनियर प्रहरी अधिकारीहरुले आफन्तको नाममा लगानी गरेका छन् ।

दुई वर्षअघि काभ्रेमा ट्राफिक प्रहरीको इन्चार्जका रुपमा काम गरेका सुकदेव खनालले एसएस रोडाढुंगा उद्योगमा लगानी गरेका छन् । काभ्रेमा गुन्डा, नेता र प्रहरी मिलेर क्रसर सञ्चालन गरी करोडौं कमाइरहेका छन् ।  त्यस्तै अवस्था सबै जिल्लामा छ । सबै जिल्लामा अहिले प्रहरीको मुख्य कमाई नै क्रसर र वालुवाखानी छ । धादिङमा त वालुवा व्यवसायीले पत्रकारदेखि मन्त्रीसम्मलाई पैसा दिएको लिष्ट नै सार्वजनिक भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?