बजेट निर्माण र कार्यान्वयन दुवै चुनौतीपूर्ण : आर्थिक मामिला मन्त्री ढुंगेल
सारांश
- हेटौडा ४ जेठ ।
- प्रदेश न.
- ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशको बजेट निर्माण र कार्वान्वयन दुवै चुनौतिपूर्ण रहेको बताएका छन ।
हेटौडा ४ जेठ । प्रदेश न. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशको बजेट निर्माण र कार्वान्वयन दुवै चुनौतिपूर्ण रहेको बताएका छन ।
पहिलो प्रदेश सभाका साथै पहिलो सरकार पनि भएको कारण बताउँदै आर्थिक बर्ष २०७५र२०७६ को बिनियोजन विधेयकका सिद्दान्त र प्रथामिकताको सन्दर्भ को प्रि बजेट प्रस्तुत गर्दै मन्त्री ढुंगेलले उक्त कुरा बताएका हुन ।
बजेटले प्रथामिकतामा सुशासन ,आर्थिक विकास ,कृषिको आधुनिकीकरण ,पर्यटन प्रबर्धन ,प्रदेशका गौरबको योजनाहरु र मुख्यमन्त्री ग्रामिण सडक निर्माण लगायतको बिषयहरुलाई उच्च प्राथमिकतामा राखेका छन्।
बजेटमा अनुदानको बिषयमा सरकार गम्भीर रहेको भन्दै परिणाममुखी अनुदान वितरण , सिमान्तकृत समुदाय लक्षित कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ। यसका साथै शिक्षा ,स्वास्थ ,संस्कृतिक धरोहरको बिषयलाइ पनि बजेटमा महत्व दिईएको छ।
बजेटमा प्रदेश न ३ को १३ जिल्लामा नै सदरमुकाम बाट गाउँपालिका केन्द्रसम्म कालोपत्रे ,प्रत्येक स्थानीय तहमा सुबिधा सम्पन्न अस्पताल ,बिद्यालय ,नमुना बिधुत गृहका साथै शीत भण्डारकक्ष निर्माण समेतलाई प्राथामिकतामा राखिएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले बजेट प्रस्तुत गर्दै प्रदेश सरकारले औद्योगिकरणलाइ बढावा दिनुका साथै कृषिलाई निर्यातमुखी बनाउने गरी योजना तर्जुमा गरिएको बताए। अन्तमा उनले प्रत्येक मन्त्रालयले प्रथामिकतामा राखेका योजनाहरुलाई बिस्तृत र गहन छलफल गरेर मात्र बजेट ल्याइने बताए ।
प्रतिक्रिया