अफगान नागरिकको शान्तिवार्ता सन् २०२० मा पनि सफल भएन

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २०, २०७७
|
|
२९ पटक हेरिएको
Shares
अफगान नागरिकको शान्तिवार्ता सन् २०२० मा पनि सफल भएन

सारांश

  • मोहिनी मिश्र रिसाल काठमाण्डौ, २० पुसः शान्तिको पखाईमा रहेका अफगान नागरिकको शान्तिको आशा सन् २०२० मा पनि पूरा हुन सकेन ।
  • पछिल्लो दुई दशक हिंसा, हत्या र आतङ्कको चपेटामा परेको अफगानिस्तानमा यतिखेर पुनः एक पटक शान्ति वार्ताको प्रयास थालिएको थियो ।
  • यद्यपि अफगानिस्तानमा दिनहुँ राजनीतिक प्रेरित हत्या र हिंसाका घटना भइरहेको अवस्था कायम नै छ ।

मोहिनी मिश्र रिसाल काठमाण्डौ, २० पुसः शान्तिको पखाईमा रहेका अफगान नागरिकको शान्तिको आशा सन् २०२० मा पनि पूरा हुन सकेन । पछिल्लो दुई दशक हिंसा, हत्या र आतङ्कको चपेटामा परेको अफगानिस्तानमा यतिखेर पुनः एक पटक शान्ति वार्ताको प्रयास थालिएको थियो । यद्यपि अफगानिस्तानमा दिनहुँ राजनीतिक प्रेरित हत्या र हिंसाका घटना भइरहेको अवस्था कायम नै छ । यसै अवस्थामा अफगान सरकार र दुई दशकभन्दा लामो समयदेखि यहाँ हिंसा मच्चाइरहेका प्रमुख विद्रोही तालिबान समूहबीच कतारमा पुनः वार्ता शुरु भएको हो । तर पनि सो वार्ता भने अहिलेसम्म अनिर्णित नैछ ।

तालिबानी समूहले अहिले पनि सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणबाट तालिबान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन् । तर अफगान सरकारका वार्ताकारले स्थायी युद्धबिराम र हालको शासकीय प्रणाली यथावत् राख्न विशेष रुपमा जोड दिँदै आएका र हाल पनि सरकारको मुख्य एजेन्डा सोही रहेको छ । तालिबानहरु यहाँ उनीहरुकै शासन चान्छन् तर यस्तो शासनका पक्षमा न अफगानिस्तान छ र नत अमेरिका नै । किनभने यहाँको शान्ति वार्ताको लागि पछिल्लो पटक अगुवाई गरेको हो ।

गतवर्ष फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मे महिना भित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो । अफगानिस्तान सरकार र तालिबानबीचको वार्ता शुरु भएदेखि पनि देशभित्र हिंसात्मक घटनामा कुनै कमी आएको छैन । पछिल्लो समय सरकारी पदाधिकारी, अधिकारवादी र पत्रकारलक्षित आक्रमण भइरहेका छन् । यहाँ हिंसामा परेर नागरिकको ज्यान जाने क्रम रोकिएको छैन ।

काबुल प्रान्तका डेपुटी गभर्नर, पाँच जना पत्रकार र एक जना चुनाव अधिकारवादीको काबुल र अन्य स्थानमा भएका हमलामा ज्यान गइसकेको छ । अफगान अधिकारीले यी आक्रमणमा तालिबानीको संलग्नता रहेको दाबी गरिरहेका छन् तर अधिकांश यी आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिइआएको छ । तालिबानले जनतालाई विभाजित गर्ने र सरकारको सुरक्षा संस्थामाथि योजनाबद्धरुपमा जनतामा नैराश्यता उत्पन्न गर्ने कोशिस गरिरहेका छन् ।

तालिबानले सन् २०२० मा देशभर १८ हजारभन्दा बढी आक्रमण गरेको सरकारी तथ्याङ् रहेको छ । गत वर्षको पहिलो नौ महिनामा दुई हजार १७७ जनाको हत्या भएको र तीन हजार ८२२ जना घाइते भएका थिए । गएको फेब्रुअरीदेखि यी दुई देशबीच शान्तिवार्ताको प्रक्रिया शुरु भएको हो । जबकि सो शान्तिवार्ता शुरु भएपछि युद्धविरामको घोषणा पनि गरिएको थियो । सोही बमोजिम सरकारी फौज तालिबानीको कारबाहीका लागि बाहिर निस्किएको थिएन । तर तालिबानीहरुले नै एकतर्फी रुपमा युद्धविरामको उल्लंघन गरेर आक्रमण थालेका थिए । जुन क्रम अहिले पनि जारी नै छ ।

। यसअघि पनि कतारको दोहामा विश्वका २८ देशका कूटनीतिज्ञको रोहवरमा शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । सो सम्झौताको विश्वव्यापी चर्चा भएसँगै अफगानिस्तान नागरिकले भने यसअघिको जस्तो शान्ति प्रयास असफल नहोस् भनी शान्तिको कामना गर्न थालेका थिए । जनताको सो कामना पूरा भएन । सन् २००१ पछि शान्तिको कामना गरेर देशमा शान्ति र अमन चयनमा बाँच्ने आशामा पर्खेका अफगानी जनताले सन् २०२० पनि अफगान शान्ति वार्ता पखाईमा नै विदा गर्न बाध्य भएका छन् ।

यसअघि पनि पटकपटक वार्ता प्रयास नभएको होइन । ती वार्ताहरुमा उनीहरुले तालिबान समूहका निकै कडा सर्तहरुको कारण वार्ता सफल हुन ‘फलामको चुरा चपाए’ जस्तै भएको छ । अफगान जनता रक्तपातपूर्ण युद्धबाट थकित भइसकेका तर सरकारी वार्ताकारहरु तालिबानसँगको वार्ता धेरै जटिल र समय लाग्ने किसिमको हुने निश्चित भएको विश्लेषण गर्दै आएका छन् । तर पनि सकारात्मक नतिजा प्राप्त हुनेमा आशावादी रहेको सरकारी वार्ताकारहरुको विश्लेषण रहेको छ ।

वर्तमान अफगान राष्ट्रपति असरफ घानी सुधारवादी र उदारवादी शासक मानिनुहुन्छ । उहाँ विश्व बैङ्कमा रहेर काम गरिसक्नुभएको छ र एक कुशल अर्थशास्त्रीको पहिचान पनि बनाइसक्नुभएको छ । अफगानिस्तानमा शान्ति स्थापना गर्ने उहाँको निर्वाचनको एजेण्डा नै थियो । उहाँको यो एजेण्डा अहिलेको अर्थात् पछिल्लो निर्वाचनको मात्र होइन । उहाँको पहिलो कार्यकालको चुनावमा पनि यही एजेण्डा थियो । त्यसैले पनि उहाँले यो पछिल्लो कार्यकालमा भएको शान्ति स्थापनाको यो प्रयास सार्थक हुने अपेक्षा नागरिकले गरेका छन् । तालिबानसँग सहकार्य गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुयाउन सक्नु नै उहाँ र अफगान सरकारको महानता हुनेछ ।

इस्लामिक गणतन्त्र अफगानिस्तानलाई आतङ्ककारी तथा सरकारविरोधी तालिवानी लडाकूले धेरै वर्षदेखि युद्धभूमि बनाएका छन् । सन् २००१ देखि सुरु भएको तालिवानी आतङ्कारीको हत्या–हिंसाको शृङ्खलाले अब विश्राम पाउला कि भन्ने आशामा जनता रहेका छन् । सन् २००१ अक्टोबर ७ बाट अफगान युद्ध आरम्भ भएको हो । अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध “ट्विन टावर” मा सन् २०११ को सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमण र आगलागीबाट सो टावर धराशयी भएपश्चात् सो हमलाका दोषी अल–कायदाका प्रमुख ओसामा बिन लादेनलाई खोज्न अफगानिस्तानमा अमेरिकी सेना भित्रिएको हो ।
अफगान सर्वसाधारण देशमा शान्ति सुरक्षा र अमन चयनको आशामा छन् । तर शान्ति वार्ता सफलता बिना तत्काल सुधार हुने अपेक्षा भने गर्न सकिन्न । राजधानी शहर काबुलमा समेत कुनै सुरक्षा नभएको अवस्थामा कतिञ्जेलसम्म कुर्नुपर्ने हो भन्ने प्रश्नको जवाफ यहाँका नागरिकले सन् २०२० मा पनि पाएनन् । उनीहरु विना वार्ता नै यस वर्षलाई विदा गर्न बाध्य भए । तर अफगानिस्तानका जनताले यस वर्ष अर्थात् सन् २०२१ मा पनि शान्ति स्थापनाको ठोस आधार भने प्राप्त गर्न सकेका छैनन् ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकको अर्थतन्त्रका बाह्य सूचक बलियो, वैदेशिक व्यापार घाटा घट्यो
मुलुकको अर्थतन्त्रका बाह्य सूचक बलियो, वैदेशिक व्यापार घाटा घट्यो
प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने
प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने
भेट्न आएका ५ सचिवालय सदस्यलाई प्रम ओलीले दिए यस्तो जवाफ
कुहिना तथा घुँडाको कालो दाग हटाउने घरेलु उपाय
कुहिना तथा घुँडाको कालो दाग हटाउने घरेलु उपाय
गर्जिन्छ अनि झुक्छ, कहाँ कहाँ झुक्यो सरकार
गर्जिन्छ अनि झुक्छ, कहाँ कहाँ झुक्यो सरकार
आगामी वर्षभित्र कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउने सरकारको घोषणा
नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)
नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)
यस्तो बिन्ति गरिन् फुलन्देको आमाले दर्शकलाई ! (भिडियो)
यस्तो बिन्ति गरिन् फुलन्देको आमाले दर्शकलाई ! (भिडियो)
पूर्व सैनिक शासक मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने
पूर्व सैनिक शासक मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने
केन्याविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
केन्याविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

तपाईंले छुटाउनुभयो कि?