क्यानाडामा बगिरहेको नदी एक्कासी हराउँदा खैलाबैला !

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १, २०७४
|
|
४० पटक हेरिएको
Shares
क्यानाडामा बगिरहेको नदी एक्कासी हराउँदा खैलाबैला !

सारांश

  • क्यानाडाको इतिहास र सभ्यतासँग जोडिएको ‘स्लिम्स’ नदीको पानी अकस्मात चार दिनको अवधिमा सुकेपछि वैज्ञानिकहरु अध्ययनका लागि त्यसको मुहानतर्फ गएका छन् ।
  • वैज्ञानिकहरुले नदी सुक्नुको प्रारम्भिक कारण जलवायुमा आएको परिवर्तन भएको बताएका छन् ।
  • वैज्ञानिकहरुले ‘स्लिम्स’ नदी सुक्नुको कारण जलवायुमा आएको परिवर्तन भएपनि एक्कासि कुनै लक्षणबिना चार दिनभित्र पूरै नदीको पानी हराउनुलाई ‘रिभर पाएरेसी’ अर्थात् ‘नदीको चोरी’ भनेर सम्बोधन गरेका छन् ।

क्यानाडाको इतिहास र सभ्यतासँग जोडिएको ‘स्लिम्स’ नदीको पानी अकस्मात चार दिनको अवधिमा सुकेपछि वैज्ञानिकहरु अध्ययनका लागि त्यसको मुहानतर्फ गएका छन् । वैज्ञानिकहरुले नदी सुक्नुको प्रारम्भिक कारण जलवायुमा आएको परिवर्तन भएको बताएका छन् । वैज्ञानिकहरुले ‘स्लिम्स’ नदी सुक्नुको कारण जलवायुमा आएको परिवर्तन भएपनि एक्कासि कुनै लक्षणबिना चार दिनभित्र पूरै नदीको पानी हराउनुलाई ‘रिभर पाएरेसी’ अर्थात् ‘नदीको चोरी’ भनेर सम्बोधन गरेका छन् । ‘कास्काबुल्स ग्ल्यासियर’ मुख्य मुहान रहेको करिब १५० मिटर फराकिलो ‘स्लिम्स’ नदी क्यानडामा सयौं वर्षदेखि बहिरहेको थियो । तर, अहिले एकाएक नदी सुकेर एक थोपा पानी पनि नदेखिए पछि त्यहाँका मानिसहरु अचम्मित भएका छन् ।

‘द गार्जियन’को रिपोर्टमा मौसममा आएको परिवर्तनका कारण नदीको मुहान ‘कास्काबुल्स ग्ल्यासियर’मा सबै हिउँहरु पग्लेको र त्यसले नदीको बहाव बढेपछि नदीले आफ्नो धार फेरेको हुन सक्ने बताइएको छ । बिज्ञका अनुसार नदीको बहाव ठूलो भएपछि नदीले स–साना धार बनाउँदै बगेपछि ठूलो नदी एकाएक चार दिनमै हराएको हो । वैज्ञानिकहरुले पुरानो ‘स्लिम्स’ नदी अब ससाना नदी बनेर अलास्काको खाडीतर्फ अघि बढिरहेको बताएका छन् । उनिहरुले नदीको धार परिवर्तन हुन समय लाग्ने बताउँदै जलवायुमा आएको परिवर्तनका कारण एक्कासि नदीले धार परिवर्तन गरेको बताएका हुन् । यसको प्रभाव लाखौं मानिसहरुमा प्रत्यक्ष पर्ने भएकाले त्यस क्षेत्रमा पानीको संकट समाधान गर्ने उपाय खोज्न वैज्ञानिकहरुले क्यानडा सरकारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kumar Shakya

    नेपालमा पनी सुनकोशी 2 दीन हराए
    सेतीनदी पनी कती धन्टा हराए
    के नौलो भो र नदी हराउनुमा ••

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री
विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री
सरकारलाई दिए डा. गोविन्द केसीले अनसन थाल्ने चेतावनी
मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह
मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह
म हुन्थे भनें प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी जोगाउँथेँ; वामदेव गौतम
म हुन्थे भनें प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी जोगाउँथेँ; वामदेव गौतम
देउवालाई बदलाको जवाफ, मधेस प्रदेशमा, काग्रेसका तीन पदमुक्त
देउवालाई बदलाको जवाफ, मधेस प्रदेशमा, काग्रेसका तीन पदमुक्त
उत्सर्गको मेगा अडिसनबाट ४६ जना प्रतिष्पर्धी छानिए
उत्सर्गको मेगा अडिसनबाट ४६ जना प्रतिष्पर्धी छानिए
काँग्रेस पहिलो पार्टी बन्ने : प्रधानमन्त्री  देउवा
काँग्रेस पहिलो पार्टी बन्ने : प्रधानमन्त्री देउवा
फेसबुकमा गलत सूचना लेख्ने माओवादी सांसदलाई स्पष्टिकरण !
फेसबुकमा गलत सूचना लेख्ने माओवादी सांसदलाई स्पष्टिकरण !
कांग्रेसमा वरीयता विवाद
फिल्म नचल्दै स्टार बनेकी अदिती बुढाथोकी इन्स्टाग्रामको तस्विरका कारण भारतीय मिडियाले सम्म पछ्यायो
फिल्म नचल्दै स्टार बनेकी अदिती बुढाथोकी इन्स्टाग्रामको तस्विरका कारण भारतीय मिडियाले सम्म पछ्यायो