ओलीले प्रचण्डसँग संवाद नगर्ने, कठोर कदमको तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १६, २०७७
|
|
४१ पटक हेरिएको
Shares
ओलीले प्रचण्डसँग संवाद नगर्ने, कठोर कदमको तयारी

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवाद हुन नसकेको १९ दिन बितिसकेको छ ।
  • दुई नेताहरु सचिवालय बैठकमा एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएपनि संवादका लागि एकै ठाउँमा बसेका छैनन् ।
  • यसले टकराव बढेर नेकपा दुर्घटनामा पर्ने खतरा बढेर गएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवाद हुन नसकेको १९ दिन बितिसकेको छ । दुई नेताहरु सचिवालय बैठकमा एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएपनि संवादका लागि एकै ठाउँमा बसेका छैनन् । यसले टकराव बढेर नेकपा दुर्घटनामा पर्ने खतरा बढेर गएको छ ।

ओलीले संवादका लागि प्रचण्डले आफूविरुद्ध आरोपसहितको पार्टी बैठकमा प्रस्तुत दस्तावेज फिर्ता लिनुपर्ने शर्त राखेका छन् । उनले प्रचण्डले गम्भीर गल्ती गरेको भन्दै त्यसलाई नसच्याएसम्म संवादका लागि एउटै टेबुलमा नबस्ने अडान लिएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार ओलीले प्रचण्डलाई बालुवाटारमा छलफलका लागि बोलाउन समेत छाडेका छन् ।

दुई नेताबीच कात्तिकको अन्तिम साता कुराकानी भएको थियो । त्यसपछि ३ मंसिर र १३ मंसिरको सचिवालय बैठकमा मात्र भेटघाट भएको छ । तर, उनीहरु संवादभन्दा आरोप प्रत्यारोपमा उत्रिए । प्रचण्डले पनि ओलीले आत्मालोचना गर्नुपर्ने र त्रुटीको जिम्मेवारी लिनुपर्ने शर्त राखेका छन् । खुमलटारमा आउने ओली पक्षीय नेताहरुलाई प्रचण्डले कुनै हालतमा पार्टी बैठकमा प्रस्तुत दस्तावेज फिर्ता नलिने अडान राखेका छन् ।

ओली पक्षले प्रचण्डको पछिल्लो भूमिकाको कडा जवाफ दिने तयारी गरिसकेको छ । ओलीले प्रचण्डमाथि आक्रामक रुपमा प्रस्तुत हुने तयारी गरेका छन् । उनले प्रचण्डको पछिल्लो भूमिकालाई सत्ता ढालेर अस्थिरता मच्चाउन खोजेको आरोप लगाइसकेका छन् । यसको कडा जवाफ दिनेगरी ओलीको तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायपरिषद्लाई नेपाल बारको चेतावनीः यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौं
न्यायपरिषद्लाई नेपाल बारको चेतावनीः यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौं
महन्थ ठाकुर र राजेन्द्र महतोले भेटे प्रधानमन्त्री ओलीलाई
महन्थ ठाकुर र राजेन्द्र महतोले भेटे प्रधानमन्त्री ओलीलाई
३३ किलो सुन प्रकरण: फेरी अर्का प्रहरी पक्राउ !
३३ किलो सुन प्रकरण: फेरी अर्का प्रहरी पक्राउ !
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
सार्क शिखर सम्मेलन शीघ्र गरौँ: राजदूत जावेद
सार्क शिखर सम्मेलन शीघ्र गरौँ: राजदूत जावेद
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार हो : प्रचण्ड
यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार हो : प्रचण्ड
यसरी विवाहको पहिलो वार्षिकोत्सव मनाउँदैछन् रणवीर दीपिका
यसरी विवाहको पहिलो वार्षिकोत्सव मनाउँदैछन् रणवीर दीपिका
Pin-up Original Casino Turke
प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा जुट्न अपिल
प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा जुट्न अपिल