खगेन्द्र संग्रौलाले खुलासा गरे बामदेव र नारायणकाजीले हार्नुको रहस्य !
सारांश
- काठमाडौं ।
- चर्चित लेखक खगेन्द्र संग्रौलाले बामदेव गौतम र नारायणकाजी श्रेष्ठले हार्नुको कारण खुलासा गरेका छन् ।
- सामाजिक सञ्जाल ट्विटरमा संग्रौलाले ‘निजको दल दिउँसै बत्ति बालेर खोज्दैछन्’ भनेर खुलासा गरेका हुन् ।
काठमाडौं । चर्चित लेखक खगेन्द्र संग्रौलाले बामदेव गौतम र नारायणकाजी श्रेष्ठले हार्नुको कारण खुलासा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा संग्रौलाले ‘निजको दल दिउँसै बत्ति बालेर खोज्दैछन्’ भनेर खुलासा गरेका हुन् ।
एलकेजीकी बालिका भन्छिन् – यी तिघ्रे योग्यता र लोकप्रियता नपुगेर हारेका हुन्, संग्रौलाले ट्विट गरेका छन्, ‘अरूका अवसर खोसेर अब यी हरूवालाई हुकुमप्रमाङ्गी काइदाले समानुपातिक सांसद बनाउने रे ? धिक्कार छ यी स्वेच्छाचारी राजा र राजकुमारहरूलाई !’
एमाले उपाध्यक्ष रहेका बामदेव गौतम बर्दिया १ नम्बर क्षेत्रबाट र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखा २ नम्बर क्षेत्रबाट पराजित भएका हुन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया