खतरनाक बन्न सक्ने यौन रोग एमजी : लक्षण र जोगिने उपाय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
खतरनाक बन्न सक्ने यौन रोग एमजी : लक्षण र जोगिने उपाय

सारांश

  • माइकोप्लाज्मा जेनिटालियम अर्थात एमजी, ब्याक्टेरियाको एक प्रकार–जसका कारण यौनजन्य संक्रमक रोग लाग्न सक्छ ।
  • एमजी पछिल्लो समय विश्वव्यापी स्वास्थ्य खतरा बन्ने क्रममा रहेको स्वास्थ्य विशेषज्ञले बताएका छन् ।
  • एमजी ब्याक्टेरिया रहेको व्यक्तिसँग यौन सम्बन्ध कायम गर्दा मात्रै होइन यौनजन्य छुवाई तथा घर्षणबाट पनि संक्रमण फैलिन सक्ने स्वास्थ्य विशेषज्ञले बताएका छन् ।

माइकोप्लाज्मा जेनिटालियम अर्थात एमजी, ब्याक्टेरियाको एक प्रकार–जसका कारण यौनजन्य संक्रमक रोग लाग्न सक्छ । एमजी पछिल्लो समय विश्वव्यापी स्वास्थ्य खतरा बन्ने क्रममा रहेको स्वास्थ्य विशेषज्ञले बताएका छन् ।

एमजी ब्याक्टेरिया रहेको व्यक्तिसँग यौन सम्बन्ध कायम गर्दा मात्रै होइन यौनजन्य छुवाई तथा घर्षणबाट पनि संक्रमण फैलिन सक्ने स्वास्थ्य विशेषज्ञले बताएका छन् ।

यो ब्याक्टेरियाका बारेमा वैज्ञानिकले सन् १९८० को दशकमा थाहा पाएका हुन् । तर पछिल्लो समय भएको अनुसन्धानबाट १०० मा एक वयश्कमा यो ब्याक्टेरिया रहेको देखिएको छ । अहिले नै यसको रोकथामका लागि थ्यान नदिइएमा एमजी ‘सुपरबग’ अर्थात चाँडै फैलिने संक्रामक ब्याक्टेरिया साबित हुने खतरा छ ।

सामान्य रुपमा एमजीको सुरुवाति लक्षण हुँदैनन् । तर यसका कारण महिला तथा पुरुषको यौन अंगमा संक्रमण हुन सक्छ । यसले महिलामा बाँझोपन पनि ल्याउन सक्छ । तर पुरुषका कारण हुने बाँझोपनमा एमजीको सम्बन्ध कस्तो छ भन्ने बारे वैज्ञानिक स्पष्ट हुन सकेका छैनन् ।

सुरुवाति लक्षण सजिलै थाहा नहुने भएकाले यसको उपचारमा पनि मुश्किल हुने गरेको छ । उपचार सही तरिकाले नभएमा एन्टिबायोटिकले पनि काम नगर्ने खतरा हुने स्वास्थ्य विज्ञले बताएका छन् ।

एमजी : पुरुष र महिलामा


माइकोप्लाज्मा जेनिटालियम, एमजी एक प्रकारको ब्याक्टेरिया हो, जसका कारण पुरुषको मुत्र नलीमा संक्रमण भइ सुन्निने हुन्छ । यसका कारण लिंगमा रक्तश्राव हुने तथा पिसाब गर्ने बेला पीडा हुन्छ ।

महिलामा यौन अंग (गर्भाशय र फेलोपियन ट्युब) मा एमजीका कारण सुन्निने हुन्छ । यसले गर्दा पीडा हुने, रक्तश्राव हुने तथा ज्वरो पनि आउन सक्छ । समयमै उपचार गर्न नसकेमा बाँझोपनको कारण पनि बन्न सक्छ ।

महिलामा यौन सम्बन्धका बेला वा त्यसपछि योनीबाट रक्तश्राव हुने, महिनावारी भन्दा पहिले नै रक्तश्राव हुने तथा तल्लोपेटको ठिक्क मुनि दुख्ने हुन सक्छ । एमजीका कारण क्लमेडिया जस्ता अरु यौन रोग लाग्ने खतरा पनि रहन्छ ।

उपचार


एमजीका लागि हालै केही परीक्षणहरु हुने गरेका छन् तर सबै अस्पतालमा यो सेवा उपलब्ध छैन । विशेष गरी एमजीकै लागि भने आधिकारिक वा सर्वमान्य परीक्षण स्थापित हुन बाँकी नै छ ।

तर आफूमा एमजी रहेको शंका लागेमा डाक्टरको सल्लाहमा न्युक्लिक एसिड एमप्लिफिकेसन टेस्ट, एनएएटी गर्न सकिन्छ । यसका लागि पिसाबको नमुना दिनु पर्छ । यस्तै यौन अंगको क्षेत्रबाट केही नमूना पनि लिन सक्छन् ।

एमजीको उपचारका लागि औषधि तथा एन्टिबायोटिकले काम गर्ने गरेका छन् । तर समयमै उपचार नभएमा एन्टिबायोटिकको प्रभाव नदेखिने गरेको छ ।यसको उपचारका लागि प्रयोग गरिने एन्टिबायोटिक म्याक्रोलिड्सको प्रभाव घट्दै गएको देखिएको छ । यस्तै यसका लागि पेनिसिलिन जस्ता एन्टिबायोटिक पनि प्रयोग गरिन्छ ।यौन सम्पर्कका बेला कण्डमको प्रयोगले एमजीको संक्रमणको जोखिम कम गर्ने डाक्टरले बताएका छन् । तर शतप्रतिशत रोक्छ भन्न सकिने अवस्था भने नरहेको डाक्टरले बताएका छन् ।

आफूमा एमजीको संक्रमण रहेको थाहा भएमा उपचार सुरु गर्ने र उपचार सुरु गरेको सात दिनसम्म यौन सम्बन्ध कायम नगर्न सुझाव दिइएको छ । यसले गर्दा आफ्नो यौन साथीमा संक्रमण फैलिँदैन ।

– बेव एमडी र बिबिसीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई
नेकपा टेम्पो होइन, जेट इन्जिन हो, दुईजना पाइलट चाहिन्छ : ओली
नेकपा टेम्पो होइन, जेट इन्जिन हो, दुईजना पाइलट चाहिन्छ : ओली
एनआरएनए निर्वाचन : आज उम्मेदवारी दर्ताको अन्तिम दिन, काे-काे छन् पदाधिकार दाैडमा ?
एनआरएनए निर्वाचन : आज उम्मेदवारी दर्ताको अन्तिम दिन, काे-काे छन् पदाधिकार दाैडमा ?
  जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सार्वजनिक
  जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सार्वजनिक
पर्सि त मलाई जसरी पनि पठाउनुपर्छ: प्रधानमन्त्री ओली
पर्सि त मलाई जसरी पनि पठाउनुपर्छ: प्रधानमन्त्री ओली
बृद्ध भत्ता दिने तिनै मन्त्री थिए जसले ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रम ल्याए
बृद्ध भत्ता दिने तिनै मन्त्री थिए जसले ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रम ल्याए
क्याबिनेट बैठक माओवादी मन्त्रिद्वारा बहिष्कार
क्याबिनेट बैठक माओवादी मन्त्रिद्वारा बहिष्कार
कर्णालीमा जीप खस्यो, यसरी बचाए चालकले ज्यान
कर्णालीमा जीप खस्यो, यसरी बचाए चालकले ज्यान
कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते
कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते
तत्काल मौसम सुधार नहुने
तत्काल मौसम सुधार नहुने

तपाईंले छुटाउनुभयो कि?