देवघाटमा पार्कसहित शिव मूर्ति बन्ने !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ७, २०७५
|
|
३८ पटक हेरिएको
Shares
देवघाटमा पार्कसहित शिव मूर्ति बन्ने !

सारांश

  • चितवन, ७ कात्तिक ।
  • धार्मिक पर्यटकलाई लक्षित गरी पवित्र तीर्थस्थल देवघाटधाममा पार्कसहितको अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण कार्य शुरु भएको छ ।
  • भरतपुर महानगरपालिका–१ को सीताराम माविसँगै दुई बिगाहा सात धुर जग्गामा शिवमूर्ति, बाल उद्यान, उद्यान, शिव पञ्चायन मन्दिर निर्माण गरिँदै छ ।

चितवन, ७ कात्तिक । धार्मिक पर्यटकलाई लक्षित गरी पवित्र तीर्थस्थल देवघाटधाममा पार्कसहितको अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण कार्य शुरु भएको छ । भरतपुर महानगरपालिका–१ को सीताराम माविसँगै दुई बिगाहा सात धुर जग्गामा शिवमूर्ति, बाल उद्यान, उद्यान, शिव पञ्चायन मन्दिर निर्माण गरिँदै छ । नारायणी नदीबाट जल तानेर शिवको शिरबाट पाउसम्म झरेपछि कुण्ड हुँदै ११ मुखे धाराबाट झारेर स्नान गर्ने व्यवस्था गरिँदै छ । देवघाटधाम संरक्षण प्रतिष्ठानका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीका अनुसार शिव मूर्ति निर्माणको काम थालिएको छ । तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्ने गरी तयारी गरिएको उनले बताए ।

शिवको मूर्ति तामा, पित्तल, चरेस, ढलोट, सुन, चाँदी, सिसा र सिलभर (सिलौट) बाट निर्माण गरिनेछ । प्रतिष्ठानका अध्यक्ष अधिकारीका अनुसार मूर्ति निर्माणका लागि मात्रै रु चार करोड खर्च हुने अनुमान गरिएको छ । उनले भने, “धार्मिक पर्यटकलाई लक्षित गरी हामीले मूर्ति बनाउँदैछौँ ।” प्रतिष्ठानका निवर्तमान अध्यक्ष राजेन्द्र पियाका अनुसार ४० फिट चौडा, ४० फिट लम्बाइ र नौ फिट गहिरो खाडलको छेउछेउमा शिव पञ्चायन मन्दिर र १०८ शिव लिङ्ग हुनेछन् । बीच भागबाट शिव मूर्ति निर्माण गरिनेछ । जमीनको सतहबाट ३० फिट अग्लो अष्टधातुको मूर्ति निर्माण गरिने उनले बताए ।

नारायणी नदीबाट पानी तानेर शिवको शिरबाट पाउँ (खुट्टा) हुँदै तीनवटा कुण्डमा जम्मा हुनेछ । पियाका अनुसार कुण्डबाट १०० मिटर पर पानी तानेर ११ वटा गौमुखे धाराबाट झारिने छ । ती धारामा भक्तजनले स्नान गर्न सक्नेछन् । नजिकै एउटा बाल उद्यान र अर्काे सबैका लागि हुने गरी उद्यान निर्माण गरिनेछ । अत्याधुनिक ढङ्गबाट एक सय जना मानिस बस्न सक्ने क्षमताको धर्मशाला निर्माण पनि गरिने उहाँले जानकारी दिए। प्रतिष्ठानका महासचिव मदन मिश्रका अनुसार विभिन्न ठाउँमा धाञ्याञ्चल महायज्ञ लगाएर रु ५४ लाख सङ्कलन गरिएको छ । प्रदेश सरकारबाट रु. ५० लाख विनियोजन भएको र सङ्घीय सरकारको पर्यटन मन्त्रालयसँग अपुग रकम माग गरिएको छ । विभिन्न दाताले सहयोगका लागि चासो देखाएको उनले बताए ।

सबै काम सम्पन्न गर्न रु आठ करोडभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । पवित्र तीर्थस्थल देवघाट आउने भक्तजनका लागि यो पार्कसहितको शिव मूर्ति आकर्षक हुने र यसबाट यहाँको धार्मिक पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १६७ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १६७ जनाको मृत्यु
माधव नेपाल पक्षको राष्ट्रिय भेला प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको रमिता हो : थापा
माधव नेपाल पक्षको राष्ट्रिय भेला प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको रमिता हो : थापा
प्रधानमन्त्रीलाई छातीमा समस्या, भेट्न नेता, कार्यकर्ता अस्पतालमा
प्रकाण्डका छोरा विरेन्द्र ले फेरी सर्वोच्च अदालतमा रिट दायर गरे
प्रकाण्डका छोरा विरेन्द्र ले फेरी सर्वोच्च अदालतमा रिट दायर गरे
नेपाली नायिका परमिता तेलुगू चलचित्रमा मुख्य भुमिका निर्वाह गर्दै
नेपाली नायिका परमिता तेलुगू चलचित्रमा मुख्य भुमिका निर्वाह गर्दै
काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण चार वर्षभित्र
काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण चार वर्षभित्र
एमाले अध्यक्ष ओलीद्वारा मतदान
एमाले अध्यक्ष ओलीद्वारा मतदान
जथाभावी मदिरा बिक्रीवितरण रोक्न सर्वोच्चको आदेश
जथाभावी मदिरा बिक्रीवितरण रोक्न सर्वोच्चको आदेश
भारतले रौतहटमा खोल्न नमानेको बाँध आफै भत्कियो, भारतमा हल्लीखल्ली
भारतले रौतहटमा खोल्न नमानेको बाँध आफै भत्कियो, भारतमा हल्लीखल्ली
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, ऐन संशोधन विधेयक पेश गर्ने तयारी
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, ऐन संशोधन विधेयक पेश गर्ने तयारी

तपाईंले छुटाउनुभयो कि?