एघारौँ वर्ष प्रवेश गरेको वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०८०
|
|
१७ पटक हेरिएको
Shares
एघारौँ वर्ष प्रवेश गरेको वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित

सारांश

  • काठमाडौं ।
  • ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि दशौँ वर्ष पूरा गरी ११ औँ वर्षमा प्रवेश गरेको छ ।
  • विसं २०७० जेठ ५ गते राजधानी काठमाडौंको सभ्यताको स्रोत वाग्मतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान सुरु भएको थियो ।

काठमाडौं । ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि दशौँ वर्ष पूरा गरी ११ औँ वर्षमा प्रवेश गरेको छ ।

विसं २०७० जेठ ५ गते राजधानी काठमाडौंको सभ्यताको स्रोत वाग्मतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान सुरु भएको थियो । पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो । ५०औँ हप्ताको कार्यक्रममा तत्कालीन राष्ट्रपति डा रामवरण यादवलगायत विशिष्ट व्यक्तित्वले गौरीघाटमा मुख धोएका थिए ।

सफाइ महाअभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले गरे । हालसम्म पनि उनको नेतृत्व जारी छ । त्यसबेलादेखि प्रत्येक हप्ता शनिबार बिहान गर्मीमा सात बजेदेखि नौ बजेसम्म र जाडोमा ७ः३० बजेदेखि ९ः३० बजेसम्म वाग्मती नदी विभिन्न स्थानको किनारमा सफाइ हुने गरेको छ । महाअभियान अहिले ५ सय २३ औँ हप्तामा चलिरहेको छ ।

वाग्मतीबाट हालसम्म २० हजार मेट्रिक टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ । महाअभियानमा १५ लाखभन्दा बढीले नदीमै गएर फोहर उठाएका छन् । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी एवं सामुदायिक संस्थाले पनि योगदान गरेका छन् । धेरै मानिसले महाअभियानलाई सहयोग गरे पनि उद्देश्य अनुसार उपलब्धि हुन नसकेको गुनासो सुनिने गरेको छ ।

महाअभियान ११ औँ वर्ष प्रवेश गरेकै बेला देशभरका ७५३ स्थानीय तहमा दोस्रो निर्वाचन सकिएको पनि एक वर्ष पूरा भएको छ । महाअभियानका अभियानकर्मी चक्रबहादुर चन्द फोहर व्यवस्थापनमा स्थानीय सरकारको साथ अत्यावश्यक पर्ने बताउछन् ।

महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा वाग्मतीका सहायक नदी, वाग्मतीकै पनि विभिन्न स्थानमा सफाइ अभियान चलिरहेको छ । काठमाडौं उपत्यकाका हाल गुह्येश्वरीमाथिको वाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, मैतीदेवी, रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथका उत्तरी र पश्चिमी भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत सांस्कृतिक सम्पदा गरी २५ स्थानमा सफाइ भइरहेको छ ।

काठमाडौं उपत्यका बाहिरका प्रमुख सहर, नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ अभियान चलेको छ । काठमाडौँ उपत्यका बाहिर करिब १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । महाअभियानले देशव्यापी रुपमा सफाइ जागरण फैल्याउन सफल भएको छ ।

अभियानको सफलताका लागि स्थानीय सरकारले साथ दिनुपर्ने अभियानकर्मीको माग छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर देशभर चलिरहेको सफाइ अभियानले स्थानीय सरकारकै काममा सहयोग गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायधीश जोशी कि मिश्र, कहिले बस्छ संवैधानिक परिषद् बैठक ?
प्रधानन्यायधीश जोशी कि मिश्र, कहिले बस्छ संवैधानिक परिषद् बैठक ?
९० स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (मतसहित)
९० स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (मतसहित)
बाघको संख्या ३५५ पुगेपछि हलिउड अभिनेताले दिए नेपाललाई बधाई
बाघको संख्या ३५५ पुगेपछि हलिउड अभिनेताले दिए नेपाललाई बधाई
रजनीकान्तकाे ‘लालसलाम’ले भन्दा रवी तेजाकाे ‘इगल’काे कमायाे बढी
रजनीकान्तकाे ‘लालसलाम’ले भन्दा रवी तेजाकाे ‘इगल’काे कमायाे बढी
मेयरका उम्मेदवार डा. कृष्ण पौडेलको योजना : पाँच बर्षभित्र जीतपुर सिमरा बन्छ देशकै उत्कृष्ट उपमहानगर
मेयरका उम्मेदवार डा. कृष्ण पौडेलको योजना : पाँच बर्षभित्र जीतपुर सिमरा बन्छ देशकै उत्कृष्ट उपमहानगर
एमालेको ग्रासरुट अभियानको समीक्षा : ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ
एमालेको ग्रासरुट अभियानको समीक्षा : ४ वर्ष पछि एमालेको एकल बहुमत आउँछ
अख्तियार आयुक्त पाठकद्वारा राजीनामा
अख्तियार आयुक्त पाठकद्वारा राजीनामा
सिके राउत र क्रिस्यानिटीका माध्यमबाट मुलुकलाई द्वन्द्वमा धकेल्ने प्रयास : गृहमन्त्री
सिके राउत र क्रिस्यानिटीका माध्यमबाट मुलुकलाई द्वन्द्वमा धकेल्ने प्रयास : गृहमन्त्री
बालुवाढुंगा निकालेर छोडिएको खाल्डोमा डुबेर किशोरीको मृत्यु
समानुपातिकतर्फ ९ लाख मत खेर:  कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
समानुपातिकतर्फ ९ लाख मत खेर: कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड

तपाईंले छुटाउनुभयो कि?