एमालेको नाराबाजीकै बीच पारित भयो विनियोजन विधेयक

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ४, २०७८
|
|
२२ पटक हेरिएको
Shares
एमालेको नाराबाजीकै बीच पारित भयो विनियोजन विधेयक

सारांश

  • प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच प्रतिनिधि सभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ।
  • सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए।
  • उक्त प्रस्ताव बहुमतले पारित भएको हो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच प्रतिनिधि सभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ। सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको हो।

तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएको थियो। अर्थमन्त्री शर्माले आज भएको छलफलका क्रममा प्रतिस्थापन विधेयकमा अध्यादेशमा भएका तीन प्रतिशत कुराहरूमात्र फेरबदल गरिएको बताएका थिए।

विधेयक पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ। त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिस्थापन विधेयक प्रमाणिकरण गर्नुपर्नेछ। बजेट पारित नहुँदा भदौदेखि ३१ सरकारी खर्च रोकिएको थियो।

(https://bolivarescapes.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?