प्रदेशस्तरीय खेलकूदका लागि १९९ जना छनोट

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • चितवन, ९ पुस , आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेशस्तरीय खेलकूदमा सहभागी हुन जिल्लाबाट १९९ जना खेलाडी छनोट गरिएको छ ।
  • छनोट भएका खेलाडीमध्ये ११९ जना पुरुष तथा ८० महिला खेलाडी रहेका छन् ।
  • फुटबल, एथलेटिक्स, मार्सलआर्टसहित १५ वटा विधामा खेलाडी छनोट गरिएको हो ।

चितवन, ९ पुस , आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेशस्तरीय खेलकूदमा सहभागी हुन जिल्लाबाट १९९ जना खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीमध्ये ११९ जना पुरुष तथा ८० महिला खेलाडी रहेका छन् । फुटबल, एथलेटिक्स, मार्सलआर्टसहित १५ वटा विधामा खेलाडी छनोट गरिएको हो ।

आगामी माघ महीनामा प्रदेश नं–५ मा हुने राष्ट्रिय खेलकूदमा सहभागी हुनका लागि जिल्लाबाट छनोट भएका खेलाडी प्रदेशमा सहभागी हुने र विजेता खेलाडीले राष्ट्रिय खेलकूदमा भाग लिन पाउने चितवन जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।

जिल्लाबाट फुटबलमा १६ जना महिला तथा १६ जना पुरुष, एथलेटिक्समा आठ जना महिला तथा १२ जना पुरुष, बक्सिङमा ६ जना महिला तथा १० जना पुरुष, टेबल टेनिसमा दुई जना महिला तथा चारजना पुरुष, क्रिकेटमा १४ जना पुरुष छनोट भएका छन् ।

त्यस्तै भलिबलमा १० जना महिला तथा १० जना पुरुष, कबड्डीमा १० जना महिला, उसुमा सातजना महिला तथा सात जना पुरुष, कराँतेमा चार जना महिला तथा आठ जना पुरुष, बास्केट बलमा १० जना पुरुष, बुद्धिचालमा दुईजना पुरुष छनोट भएका चितवन जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी, लङ टेनिसमा एकजना पुरुष, टिआइएफ तेक्वान्दोमा चार जना पुरुष, फुल कन्ट्याक्ट कराँतेमा चारजना महिला तथा छ जना पुरुष छनोट भएको ढकालले बताउनुभयो । जिल्लास्तरीय छनोट सकिएपछि प्रदेशस्तरीय खेलकूदको लागि तयारी भइरहेको उल्लेख गर्दै चितवन जिल्ला खेलकूद विकास समितिका अध्यक्ष गङ्गालाल लामाले चितवनमा समेत चार खेलको छनोट हुने बताउनुभयो ।

लामाका अनुसार चितवनमा उसु, तेक्वान्दो, ब्याटमिन्टन र एथलेटिक्सको प्रदेशस्तरीय छनोटको खेल हुनेछ । जिल्लामा हुने प्रदेशस्तरीय छनोटका खेल भरतपुरको गेष्टहाउस चौर, भरतपुर कबर्ड हल तथा जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फको पनि समानुपातिक उम्मेदवारको सूची (सूचीसहित)
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फको पनि समानुपातिक उम्मेदवारको सूची (सूचीसहित)
पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मोत्सवको अवसरमा लेखे यस्तो लेख
पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मोत्सवको अवसरमा लेखे यस्तो लेख
बिओके र ग्लोबल आईएमई बैंकको मर्जरको लागि अन्तिम स्वाप रेसियो तय
बिओके र ग्लोबल आईएमई बैंकको मर्जरको लागि अन्तिम स्वाप रेसियो तय
निर्मला हत्याका आरोपीहरु ‘घटना हुँदा हिरासतमा’
निर्मला हत्याका आरोपीहरु ‘घटना हुँदा हिरासतमा’
यी ८ कारणले सलमान खान र ऐश्वर्य रायको ब्रेक–अप भएको थियो ।
यी ८ कारणले सलमान खान र ऐश्वर्य रायको ब्रेक–अप भएको थियो ।
रुपैडिहा बस स्टेशनमा नेपाली बेहोस् अवस्थामा फेला
रुपैडिहा बस स्टेशनमा नेपाली बेहोस् अवस्थामा फेला
पत्नीसँग शारीरिक सम्बन्ध स्थापित हुन नसकेपछि छोरा प्रकाशले रक्सी खान थालेको प्रचण्डको खुलासा
पत्नीसँग शारीरिक सम्बन्ध स्थापित हुन नसकेपछि छोरा प्रकाशले रक्सी खान थालेको प्रचण्डको खुलासा
अनेरास्ववियुको अध्यक्षमा बडाल निर्वाचित
अनेरास्ववियुको अध्यक्षमा बडाल निर्वाचित
For what reason Do Persons Think That Online dating services Is Worth It? Here Is A number of the Benefits Of Online dating sites!
दार्चुलाका स्थानीय तह दमकलबिहिन
दार्चुलाका स्थानीय तह दमकलबिहिन

तपाईंले छुटाउनुभयो कि?