गगन थापा को घरदैलो कार्यक्रम (फोटोफिचर)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
गगन थापा को घरदैलो कार्यक्रम (फोटोफिचर)

सारांश

  • काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको सदस्यमा उम्मेदवार रहेका पूर्व–स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रय सदस्य गगन थापा आफ्नो चुनावी कार्यक्रममा क्रियाशिल भएका छन् ।
  • आइतबारदेखि मतदाताको घर–घरमा पुगेर मत माग्दै हिडेका थापाले बुधबार कपनको विभिन्न क्षेत्रका बस्तिहरुमा पुगेर जनतासंग भोट मागे ।
  • बुधबार कपन भित्र चुनावी प्रचारमा लागेका गगन दिउँसोको समयमा राष्ट्रिय शहिद तथा निजामती पार्क परिसरको जगडोल क्षेत्रका घर–घरमा पुगेर भोट माग्दै हिडेका थिए ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको सदस्यमा उम्मेदवार रहेका पूर्व–स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रय सदस्य गगन थापा आफ्नो चुनावी कार्यक्रममा क्रियाशिल भएका छन् । आइतबारदेखि मतदाताको घर–घरमा पुगेर मत माग्दै हिडेका थापाले बुधबार कपनको विभिन्न क्षेत्रका बस्तिहरुमा पुगेर जनतासंग भोट मागे ।

बुधबार कपन भित्र चुनावी प्रचारमा लागेका गगन दिउँसोको समयमा राष्ट्रिय शहिद तथा निजामती पार्क परिसरको जगडोल क्षेत्रका घर–घरमा पुगेर भोट माग्दै हिडेका थिए ।  कार्यक्रममा प्रदेश ‘ख’ का नेपाली कांग्रेसका उम्मेदवार साधुराम खड्का, कपन क्षेत्रका स्थानिय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
हेर्नुहोस् तस्विरमाः

 

गगनले सुने मतदाताको कविता
मंगलबार दिउँसो जगडोल क्षेत्रमा भोट माग्दै गरेर गगनले मतदाताको कुरा मात्रै सुनेनन्, कविता पनि सुने । भोट माग्दै हिडेका गगनले भोट दिने आश्वासन मात्रै पाएनन् । घरदलोमा पुगेर भोट माग्दै गरेका गगनलाई मतदाताहरुले छिटै प्रधानमन्त्री बन्नु भनेर आशिर्वाद समेत दिए ।
भोट माग्दै हिडेका स्थानीय मतदाताले दिएको आशिर्वाद पाउदा थापा निकै मख्ख थिए । जगडोलको एक स्थानीय होटमा भोट माग्दै पुगेका थापालाई जगडोलका स्थानीय राममणी पौडेलले भोट दिने आश्वासन संगै कविता समेत सुनाए । पौडेलले होटलको कुर्ची माथि उभिएर गगनलाई आफ्नो कविता सुन्न आग्रह गरे । गगनले पौडेललको आग्रह सहजै स्वीकार गरीदिएपछि उनले आफ्नो कविता सुनाउन थाले ।
पौडेलले कांग्रेस र गगनको प्रशंसा गर्दै कविता लेखेर गगनलाई सुनाए । गगन पौडेलको कविता निकै ध्यान दिएर सुन्दै थिए । पौडेलले गगनलाई कविता मात्रै सुनाएनन्  । गगनको लागि भोट हाल्न आगूह गर्दै २ मिनेट गगनकै अगाडि भाषण पनि दिए ।

गगनको २० कप चिया
विहान ७ बजेदेखि चुनावी प्रचारमा लागेका गगनलाई गाउँगाउँमा पुग्दा जनताले फूल र दोसल्ललाले स्वागत समेत गरे । मतदाताको घरघरमा भोट माग्न व्यस्त भएका गगनलाई भोट माग्न जाँदा स्थानीयले भोट दिने आश्वासन गर्दै दहि,केरा, अमिलो, भोगटे र चिया पनि खुवाएर पठाएका छन् ।

आफ्नो घर सम्मै आइपुगेको थापालाई स्थानीयले खाली मुख पठाएका छैनन् । मंगलबार जगडोलमा घरदैलो अभियानको क्रममा मतदाताको घरघरमा पुगेका थापाले लोकान्तरसंग  भने,‘दिनमा बीस कप भन्दा बढी चिया खाएको छु । मतदाताले माया गरेर दिनभएको हुन्छ नखान पनि मिलेन । मतदाताले दहि, केरा देखी चिया खुवाउनु हुन्छ ।’
‘कहिलेकाही त खाना नै मतदाताले खुवाएको दहि, केरा, चिया हुन्छ । घरदैलो अभियानको बेला त उम्मेदवारलाई सबैले खुवाउछन् । हामी खाको खाइ कार्यकर्ता भोकै पनि हुनसक्छन् ।’ थापाले आफ्नो चुनावी प्रचारलाई विहान ७ बजे देखि १२ र दिउँसो २ देखि साँझसम्म गरेर  विभाजन गरेका छन् ।
अबको एक महिना काठमाडौं क्षेत्र नंबर ४ का मतदाताको घरघरमा पुग्ने भोट माग्ने र चुनावी सभाको आयोजना गर्ने उनको योजना रहेको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?