अाज भदाै १८ गते : कहाँ के-के घटना घटे ?
सारांश
- लेनदेनको विषयलाई लिएर बन्धक बनाएको अभियोगमा पक्राउ काठमाडौं, लेनदेनको विषयलाई लिएर बन्धक बनाएको अभियोगमा रामेछाप पुनपाती गाउँपालिका–४ घर भएका ३४ वर्षीय सुकराम लामा, नुवाकोट घर भएका २९ वर्षीय सहदेव श्रेष्ठ, चितवन भरतपुर महानगरपालिका–११ घर भएका ४२ वर्षीय दिलिप गुरुङ, ३० वर्षीय दिपक गुरुङ र ४२ वर्षीय टकलाल घलेलाई प्रहरीले पक्राउ गरेको छ ।
- काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित होटल भ्यू नेपालमा नवलपरासी घर भएका ३० वर्षीय भक्त सिंह थापालाई बिगत २ दिनदेखि बन्धक बनाई राखेको अवस्थामा महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर १०४ बाट भक्त सिंह थापालाई आइतबार उद्धार गर्नुको साथै उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
- उनीहरुले थापालाई लेनदेनको बिषयमा बन्धक बनाएको भन्ने खुल्न आएको छ ।
लेनदेनको विषयलाई लिएर बन्धक बनाएको अभियोगमा पक्राउ
काठमाडौं,
लेनदेनको विषयलाई लिएर बन्धक बनाएको अभियोगमा रामेछाप पुनपाती गाउँपालिका–४ घर भएका ३४ वर्षीय सुकराम लामा, नुवाकोट घर भएका २९ वर्षीय सहदेव श्रेष्ठ, चितवन भरतपुर महानगरपालिका–११ घर भएका ४२ वर्षीय दिलिप गुरुङ, ३० वर्षीय दिपक गुरुङ र ४२ वर्षीय टकलाल घलेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित होटल भ्यू नेपालमा नवलपरासी घर भएका ३० वर्षीय भक्त सिंह थापालाई बिगत २ दिनदेखि बन्धक बनाई राखेको अवस्थामा महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर १०४ बाट भक्त सिंह थापालाई आइतबार उद्धार गर्नुको साथै उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले थापालाई लेनदेनको बिषयमा बन्धक बनाएको भन्ने खुल्न आएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–३ बसुन्धरा बस्ने प्युठान घर भएका २४ वर्षीय श्याम सन मगरलाई अपहरण गरेको अभियोगमा बुढानिलकण्ठ बस्ने २३ वर्षीय सुनिल गुरुङलाई काठमाडौं महानगरपालिका–१६ लैनचौर चोकबाट आइतबार प्रहरीले बा।८४ प ११८५ नम्बरको पल्सर मोटरसाइकल सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
नबलपरासी (बर्दघाट सुस्ता पश्चिम),
सरावल गाउँपालिका(६ घर भएका शंकर कोहारको ६ बर्षीया छोरी लक्ष्मी कोहारको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । मामाघर पाल्हीनन्दन गाउँपालिका(२ हरपुरस्थित खेल्ने क्रममा पानी जमेको खाल्डोमा पर्न जाँदा घाइते भएकी लक्ष्मीलाई उद्धार गरी उपचारको लागि पृथ्वीचन्द्र अस्पताल परासी लैजाने क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३ तलामाथिबाट खसेर मृत्यु
काठमडौं,
काठमाडौं महानगरपालिका१५ छहारी गल्लीस्थित डेरा गरी बस्ने धनुषा मिथिला गाउँपालिका(५ की ८४ बर्षीया कुलमाया मगर्नीको ३ तला माथिबाट खसेर मृत्यु भएको छ । डेरा घरको ३ तला माथिबाट खस्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि मनमोहन अस्पताल स्वयम्भु लैजाने क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धनमाल चोरी
काठमाडौं,
बुढानिलकण्ठ नगरपालिका८ भंगालस्थित रिता सुनुवारको घरबाट आइतबार नगद १ हजार ५ सय तथा सुनका बिभिन्न गहना गरी करीब १ लाख ११ हजार ५ सय रुपैया बराबरको धनमाल चोरी भएको छ ।
ललितपुर :ललितपुर महानगरपालिका१५ खुमलटारस्थित विलप्रसाद शेरचनको घरबाट कोही नभएको अवस्थामा आइतबार सुनका विभिन्न गहना ९.५ तोला र नगद १० हजार समेत गरी करीब ४ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खोलाले बगाई मृत्यु
काठमाडौं,
गुल्मी,संखुवासबा र मोरङमा ३ जनाको खोलाले बगाई मृत्यु भएको छ । गुल्मी धुर्कोट गाउँपालिका(७ लहाटा बस्ने सिता पन्थीको ५ वर्षीय छोरा नयन पन्थी सोही ठाउँस्थित पनाहा खोलाको किनारमा आइतबार खोलाले बगाई मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी संखुवासभा पाँचखपन नगरपालिका२ टाईगर चोक बस्ने प्रेम खालीङ राईको १० वर्षीय छोरा आयुष राई सोही ठाउँस्थित कुसुवा खोलामा नुहाउन गएकोमा खोलाले बगाई बेपत्ता भएकाले खोजी गर्ने क्रममा उक्त खोलाको घट्टे पुल भन्ने स्थानमा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
साथै मोरङ कानेपोखरी गाउँपालिका५ बस्ने श्याम दर्जीको ६ बर्षीय छोरा रेशम दर्जी घरदेखि करीब ५ सय पर रहेको पूर्व चिसाङ खोलाको पैनिमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्दार एवम् अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा मृत्यु
काठमाडौं,१८ भदौ
काठमाडौं र नवलपरासी सुस्ता पश्चिममा सवारी दुर्घटनामा परेर २ जनाको आइतबार मृत्यु भएको छ । बुढानिलकण्ठ नगरपालिका१ तौलुङस्थित सडकमा बा३ ख ८००७ नम्बरको ट्रकमा सवार सोही ठाउँ बस्ने नुवाकोट बालकुमारी५ का २४ बर्षीय बुद्ध तामाङको ट्रकबाट खस्दा घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक तौलुङ बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका(२ का २१ बर्षीय युवराज लामालाई सवारी साधन सहित प्रहरी प्रभाग बुढानिलकण्ठले नियन्त्रणमा लिएको छ ।
यसैगरी नवलपरासी सुस्ता पश्चिम रामग्राम नगरपालिका४ बैरिहवास्थित परासी(महेशपुर सडकमा लु१ च ५४२१ नम्बरको जिपले सोही ठाउँ बस्ने पैदलयात्री २५ बर्षीय संजय पासीलाई ठक्कर दिंदा गम्भीर घाइते भएकाले पृथ्बी चन्द्र अस्पताल परासी लैजाने क्रममा मृत्यु भएको हो । जिप नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
मृत अवस्थामा फेला
रौतहट,
चन्द्रपुर नगरपालिका२ स्थित पूर्वपश्चिम राजमार्ग स्थित नहरमा आइतबार हाल नाम, थर, वतन नखुलेका करीब २७ वर्षीय पुरुषको शव फेला परेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट धनमाल क्षति
धनकुटा,
चौबिसे गाँउपालिका२ लाफा चोक बस्ने सरस्वती खुलाल मगरको गोठमा आइतबार आगलागी हुँदा गोठ जलेर नष्ट भई करीब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया