तरकारीको भाउ अचाक्ली बढ्यो, २० दिनमै २८९ प्रतिशत वृद्धि

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ११, २०७६
|
|
२० पटक हेरिएको
Shares
तरकारीको भाउ अचाक्ली बढ्यो, २० दिनमै २८९ प्रतिशत वृद्धि

सारांश

  • चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ ।
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ ।
  • व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका हुन् ।

चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका हुन् ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाका कारण हरियो सागमा क्षति पुगेर महँगो भएको बताए । तर मूल्यवृद्धि हरियो सागमा मात्र नभएर अधिकांश तरकारीमा भएको छ । भदौ २० गते ४५ रुपैयाँमा बिक्री भएको भेडे खुर्सानीको मूल्य असोज १० मा २८९ प्रतिशतले बढेर होलसेलमै १७५ रुपैँया प्रतिकेजी पुगेको छ । बोडी (तने) २२७ प्रतिशतले बढेर ९८ रुपैयाँ पुगेको छ ।

यस्तै गरेर बजारका सबैजसो तरकारीमा मूल्य अचाक्ली महँगो भएको छ । थाभावी मूल्यवृद्धिले उपभोक्तालाई मर्का परे पनि सरोकारवाला निकायहरुले अनुगमनमा चासो दिएका छैनन् । कान्तिपुर दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी गाडीकाे ठक्करबाट साइकल यात्रीको मृत्यु !
सरकारी गाडीकाे ठक्करबाट साइकल यात्रीको मृत्यु !
निजी विद्यालय र मन्टेश्वरीलगायत शैक्षिक संस्थाहरुलेे शिक्षाको नाममा व्यापार
निजी विद्यालय र मन्टेश्वरीलगायत शैक्षिक संस्थाहरुलेे शिक्षाको नाममा व्यापार
यस्ता विश्वविख्यात खेलाडी जसले दुईओटा राष्ट्रबाट विश्वकप खेले
यस्ता विश्वविख्यात खेलाडी जसले दुईओटा राष्ट्रबाट विश्वकप खेले
पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय
पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय
दश लाख मुसलमान बन्द रहेको चीनको त्यो जेल
दश लाख मुसलमान बन्द रहेको चीनको त्यो जेल
लोप हुँदै बाघमुखे चुलेसी
लोप हुँदै बाघमुखे चुलेसी
सन्तोष प्रगाढले “काली”को भिडियो चाँडै सार्वजनिक गर्ने
सन्तोष प्रगाढले “काली”को भिडियो चाँडै सार्वजनिक गर्ने
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
विश्व समाचार : वायु सेनाका अधिकारीले बलात्कार गरेको सिनेटरको खुलासा
विश्व समाचार : वायु सेनाका अधिकारीले बलात्कार गरेको सिनेटरको खुलासा
घाँटीको सिक्री, आैँठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिरेपछि…
घाँटीको सिक्री, आैँठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिरेपछि…

तपाईंले छुटाउनुभयो कि?