सरोजसँग डिस्कोमा ऋषि धमलाको श्रीमती एलिजा (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सरोजसँग डिस्कोमा ऋषि धमलाको श्रीमती एलिजा (भिडियोसहित)

सारांश

  • काठमाडौं, ५ फागुन ।
  • एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म ‘अनुराग’ को पहिलो गीत ‘कान्छा दाई गाना बजाईदेउ’ रिलिज भएको छ ।
  • एलिजा गौतम पत्रकार ऋषि धमलाको श्रीमती हुन् ।

काठमाडौं, ५ फागुन । एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म ‘अनुराग’ को पहिलो गीत ‘कान्छा दाई गाना बजाईदेउ’ रिलिज भएको छ । एलिजा गौतम पत्रकार ऋषि धमलाको श्रीमती हुन् ।

‘कान्छा दाई गाना बजाईदेउ‘ बोलको क्लब सङमा एलिजा गौतम र कार्टुन क्रुजका सरोज अधिकारी फिचरिङ छन् । विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

ताराप्रकाश लिम्बु संगीत तथा शब्द र ममता गुरुङको स्वर छ । ‘अनुराग’ का निर्माता भरत गौतम र गीता भेटवाल हुन् । किरण दाहालको कथा रहको सिनेमामा सत्यराजरआगत केसीको पटकथा र संवाद, रामकुमार केसीको छायाँकन र भूपेन्द्र अधिकारीको सम्पादन छ । गीतसँगै ‘अनुराग’ को ११ गते लाई प्रदर्शन मिति तोकिएको छ ।

फिल्ममा एलिजाका अलावा समुन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत लगायत कलाकारको अभिनय छ । अनुराग विशेषतः ऋषि धमला पत्नीको संलग्नताका कारण चर्चामा छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?