शुक्लाफाँटा नगरपालिका तीन हजार युवा वैदेशिक रोजगारीमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
शुक्लाफाँटा नगरपालिका तीन हजार युवा वैदेशिक रोजगारीमा

सारांश

  • कञ्चनपुर, २० वैशाख, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट तीन हजार ५९४ युवा वैदेशिक रोजगारीमा गएका छन् ।
  • नगरपालिका कार्यालयले गरेको घरघुरी सर्भेक्षण अनुसार २५८ महिला र तीन हजार ३३६ पुरुष वैदेशिक रोजगारीमा गएका हुन् ।
  • छिमेकीमूलुक भारतमा दुई हजार ९५०, खाडी मुलुकमा ५०७ र अन्य देशमा १३७ जना रोजगारीका लागि गएका छन् ।

कञ्चनपुर, २० वैशाख, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट तीन हजार ५९४ युवा वैदेशिक रोजगारीमा गएका छन् ।

नगरपालिका कार्यालयले गरेको घरघुरी सर्भेक्षण अनुसार २५८ महिला र तीन हजार ३३६ पुरुष वैदेशिक रोजगारीमा गएका हुन् । छिमेकीमूलुक भारतमा दुई हजार ९५०, खाडी मुलुकमा ५०७ र अन्य देशमा १३७ जना रोजगारीका लागि गएका छन् ।

शिक्षा आर्जनका लागि ३६ युवा विदेशिएका छन् । बैंक, सहकारी संस्था र समूहबाट ऋण लिएर वैदेशिक रोजगारीमा जाने युवाको संख्या १६८ छ । पशुपक्षी व्यापार, नोकरी, ज्यालादारी मजदुरीलगायतबाट नगरपालिकामा वार्षिक रुपमा रु एक अर्ब ५३ करोड ९४ लाख ८४ हजार ७१९ रकम आम्दानी हुने गरेको छ ।

कूल आम्दानीको ३६ दशमलव १५ प्रतिशत अर्थात रु ५५ करोड ६४ लाख ६२ हजार ९७७ रकम वैदेशिक रोजगारीबाट भित्रिने गरेको नगरपालिकाका प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो ।

वैदेशिक रोजगारीमा २० वर्षदेखि २४ वर्ष उमेरका एक हजार ८३६ युवा सहभागी भएका छन् । वैदेशिक रोजगारीबाट पठाएको रकमको अधिकांश हिस्सा घर घडेरी र विलासिताका बस्तु खरिदमा बढी खर्च हुने गरेको पाइएको छ ।

केहीले मात्रै उत्पादनशील क्षेत्रमा वैदेशिक रोजगारीबाट पठाएको रकमको सदुपयोग गरेको देखिएको जनाइएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? gσσ∂? є∂ιтιиg? σf? уσυя? ρнσтσ? ? Shikhar? News

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?