गर्मी भएको भन्दै उडीरहेको विमानको ढोका खोलिदिएपछि

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ५, २०७६
|
|
३७ पटक हेरिएको
Shares
गर्मी भएको भन्दै उडीरहेको विमानको ढोका खोलिदिएपछि

सारांश

  • एउटा रोचक तथा नौलो घटना सार्वजनिक भएको छ ।
  • चिनियाँ एक यात्रुले विमान यात्राका दौरान विमानभित्र गर्मी भएको भन्दै अवतरण गर्नुपूर्व नै विमानको आकस्मिक ढोका खोलिदिएका छन।
  • उनले विमानभित्र गर्मी भएका कारण ताजा हावा खान विमानको ढोका खोलेको बताएको समाचारमा उल्लेख छ ।

एउटा रोचक तथा नौलो घटना सार्वजनिक भएको छ । चिनियाँ एक यात्रुले विमान यात्राका दौरान विमानभित्र गर्मी भएको भन्दै अवतरण गर्नुपूर्व नै विमानको आकस्मिक ढोका खोलिदिएका छन।उनले विमानभित्र गर्मी भएका कारण ताजा हावा खान विमानको ढोका खोलेको बताएको समाचारमा उल्लेख छ ।‘सरनेम’ चेन भएका ती व्यक्तिले विमानभित्र निकै गर्मी लागेपछि झ्याल खुलै रहेको ठानेर आकस्मिक द्वार खोलेको बताएका छन् ।केही दिन अघि चीनको सिचुआन प्रान्तको मियानयाङ एअरपोर्टमा घेटेको यो अनौठो घटना हो । ‘सरनेम’ चेन भएका ती व्यक्तिले विमानभित्र निकै गर्मी लागेपछि झ्याल खुलै रहेको ठानेर आकस्मिक द्वार खोलेको बताएका छन् ।

लकी एअरको विमान संख्या ८ एल ९७२० ले हनिया प्रान्तको सान्यादेखि उडान भरेको थियो भने २ घण्टा ४० मिनेटपछि मियांमा विमान अवतरण भएको थियो ।घटनाबारे अनुसन्धानका गर्न चेनलाई १५ दिनका लागि हिरासतमा लिइएको थियो । चीनमा सस्तो हवाइ सेवा दिने ‘लकी एअर’ले आफ्नो एक बयानमा भनेको छ– यो जुन घटना भयो, त्यसका लागि यात्रु स्वयं जिम्मेबार छन्।

यो पनि पढ्नुहोस्

कमिसनका लागि नेपाल एयरलाइन्स विदेशीलाई दिने खेल सुरु !

 काठमाण्डौ । पछिल्लो समय नेपाल वायुसेवा निगमलाई ऋणमा डुबाई विदेशी लगानी भित्र्याउने र त्यस वापत कमिसन खाने गृहकार्य चलिरहेको छ । वाइडवडी जहाजलाई पनि थन्क्याएर घाटाको व्यापार गरी निगमलाई टाट पल्टाउने खेलमा निगमकै उच्च पदस्थ अधिकारी लागि रहेका छन् ।निगम टाट पल्टेपश्चात विदेशी लगानी भित्र्याउन सहज हुने हुदाँ निगमका अधिकारीहरु यस खेलमा सक्रिय भैरहेका हुन् । नेपाल वायु सेवा निगम विदेशी कम्पनीलाई शेयर दिलाउने योजनामा सक्रिय भैरहेको छ ।विदेशी लगानीकर्तालाई शेयर लगानीको अवसर प्रदान गर्ने र त्यस वापत कमिसन खाने खेलमा निगमका उच्च पदस्थ अधिकारीहरु सक्रिय रहेका हुन् । यस योजनालाई सफल बनाउन सरकारले विदेशी लगानीकर्तालाई लगानीको अवसर दिनुपर्ने हुन्छ ।

 जुन कुरा निगम घाटामा गए पश्चातमात्र सहज हुन्छ । त्यसैले पनि वाइडवडी जस्ता ठुला दुई जहाजलाई नयाँ गन्तव्यमा उडान भर्ने काममा सक्रिय हुनुको साटो निगमका अधिकारीहरु उडान अनुमतिकालागि राम्रो गृहकार्यमा समेत जुट्दैनन् अनुमतिका लागि सक्रिय हुनु त परको कुरा वाइडवडीलाई उडानको अनुमति दिएका मुलुकमा समेत निगमले उडान रोकेर राखेको छ । जापानले वाइडवडी उडानका लागि अनुमति दिएको थियो तर निगमले उडानको मिति सार्वजनिक गरेर पनि स्थगन गरी उडानलाई पछाडी धकेल्यो ।जापानको अन्तराष्ट्रिय वायु सेवाको कार्यालयले उडानका विभिन्न पक्षहरुबारे प्रश्न उठाउदै विहिबार नै पत्र समेत पठाएको छ । यस पत्रमा उडानकालागि आवश्यक गृहकार्यका समग्र पक्षको जवाफ माग गरेको छ ।

    तर जापान उडानलाई पनि निश्चित व्यक्तिको समुहगत स्वार्थका लागि यो या त्यो वाहनामा पछाडी धकेलीयो । निगमलाई टाट पल्टाउन वाइडवडी जाहजलाई नउडाएको यो त एक उदाहरण मात्र हो । निगमकै अधिकारीका अनुसार निगमका जाहज सामान्य मापदण्ड भन्दा दैनिक ६ घण्टा कम उड्ने गर्छन् । यसको सोझो असर निगमको व्यापार घाटासँग हुने निगमका प्रवक्ता गणेशबहादुर चन्द बताउँछन् ।  नेपाल वायुसेवा निगमले हवाई व्यवस्थापन सहि तवरले नहुँदा दैनिक करोड भन्दा माथिको घाटा व्यहोरी रहेको छ । निगमका अधिकारीहरुको हरेक क्षेत्रमा कमिसन हात पार्न चाहाने मानसिक रोगका कारण निगम टाट पल्टिदै गर्दा निगमका प्रवक्ता चन्द भने त्यस्तो कुनै रणनीति नभएको जिकिर गर्न छोड्दैनन् ।

  निगमलाई चुर्लुम्मै घाटामा डुवाउदै निहित स्वार्थ पुरा गर्ने रणनीतिमा लागी रहेका निगमका अधिकारीहरुलाई आफ्नो मुठिमा ल्याउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेत असफल भैरहेको छ । निहित व्यक्तिको राजनीतिक शक्ति र पैसामा पहुँचकै कारण निगमका उच्च पदस्थहरु मनपरी गरी रहेको र सरकार मुखदर्शक बनिरहेको आरोप लागि रहेको छ ।

             कपिल शर्मा को घरमा लाग्यो आगो 
कमेडियन कपिल शर्माको मुम्बईस्थित घरमा बिहीवार दिउँसोको समयमा आगलागी भएको थियो । आगलागीको समय घरमा कोही नभएको बुझिएको छ । मिडियाका अनुसार आगलागी भान्छा घरबाट लागेको थियो । स्थानीयले आगो लागेको थाहा पाएपछि दमकल बोलाएका थिए । आधा घण्टामा आगोलाई नियन्त्रणमा लिइएको उक्त घटनामा कुनै पनि मानवीय क्षति भएन ।शर्माको घरमा आगोलागी भएव्को यो विषय अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आगलागी भएको घरमा कपिल बस्ने गरेका थिएनन् । उनी अर्कै अपार्टमेन्टमा बस्दै आइरहेका थिए । शर्मा अहिले आफ्नो कमेडी प्रोग्राम ‘द कपिल शर्मा सो’मा व्यस्त छन् । शर्माको उक्त सोलाई दर्शकले धेरै मन पराएका छन् । उक्त सोलाई सलमान खानले प्रोडक्सन गरेका हुन् । सलमान आफ्नो बाबु सलिम खान र भाईहरुको साथमा यो सोमा अतिथि बनेर आइसकेका छन् ।

    कमेडियन कपिल शर्माले केही बलिउड फिल्महरुमा पनि काम गरिसकेका छन् । । शर्माले किस–किसको प्यार करु, फिरङ्गी लगायतका फिल्महरुमा अभिनय गरेका थिए । उनका प्रशंसकलाई खुशीको खबर, उनी चाँडै बाबु बन्दैछन् । शर्माको २०१८ डिसेम्बरमा गिन्नी चतरथसँग बिहे भएको थियो ।

             ‘द लायन किङ’को अनुमानित बक्स अफिस कलेक्सन
काठमाडौँ । सन १९९४ मा आएको डिज्नेको फिल्म ‘द लायन किङ’को हिन्दी डब यस फिल्म सोहि नामबाट १९ जुलाईदेखि भारतीय सिनेमा घरमा प्रदर्शन भएको छ । यो फिल्मलाई ‘द जँगल बुक’ फेम निर्देशक जोन फेबरौले निर्देशन गरेका छन् । हिन्दी डबमा भारतका चर्चित कलाकारहरुले भ्वाइस ओभर गरेका छन् । शाहरुख खानले समेत भ्वाइस ओभर गरेको यो फिल्मको हिन्दी डबले भारतका राम्रो व्यापार गर्ने ठानिएको छ ।

    बक्स अफिसमा यो फिल्मले पहिलो दिन १० करोड भारु ब्यापार गर्ने आशा गरिएको छ । भारतमा हलिउड फिल्मले राम्रै व्यापार गरिरहेको हुन्छ । यसैको आधारमा पनि यो फिल्मले पनि राम्रो व्यवसाय गर्ने सम्भावना देखिएको हो । तर यतिबेला भारतमा चलिरहेका फिल्मले बक्स अफिसमा राम्रै गरिरहेका छन् । भारतमा स्पाइडर म्यान फ्रमले ७५ करोडभन्दा बढि कमाइ सकेको छ ।  यस्तै ऋतिक रोशनको सुपर ३०, आयुष्मान खुरानाको आर्टिकल १५ र शाहिद कपुरको कविर सिंहले पनि राम्रै कमाइ गरेका छन् । सुपर ३० जुलाई १२, कविर सिंह जुन २२, आर्टिकल १५ जुन २८ देखि प्रदर्शनमा आएका फिल्म हुन् । र, यी फिल्महरुले अहिलेपनि दर्शकको साथ पाइरहेका छन् । यसकारण चाँही ‘द लायन किङ’लाई बक्स अफिसमा राम्रो कलेक्सन गर्न चूनौतिपुर्ण पनि छ ।

   द लायन किङलाई शाहरुख खानले ४० पटक हेरिसकेका छन् । उनले आफ्ना छोराछोरीका लागि यो फिल्म ४० पटक हेरेका हुन् । यसको हिन्दी संस्करणमा शाहरुखका छोरा आर्यनले पनि भ्वाइस ओभर दिएका छन् । शाहरुखले किङ मुफासाको र छोरा आर्यनले शिम्वाको भ्वाइस ओभर गरेका छन् ।

             भागेकी पत्नी विरुद्ध मुद्दा हाल्न बेलायत पुगे युएईका शेख
संयुक्त अरब इमिरेट्सका शासक शेख मोहम्मद बीन रसिद आफ्नी श्रीमती भागेपछि न्याय खोज्दै बेलायत पुगेका छन् । उनले बेलायतको ‘लण्डन फेमिली कोर्ट’अदालतमा श्रीमती हायविरुद्ध मुद्दा दायर गरेका हुन्  जहाँ आगामी जुलाइ ३० मा फैसला हुने बताइएको छ । दुबइको राजकीय सुविधा छोडेर सम्पत्ति सहित बेलायत पुगेको समाचार बेलायती संचारमाध्यमले सार्वजनिक गरेपछि शेख मोहम्मदले पनि बेलायतमै कानुनी उपचार खोजेका हुन् ।

 जोर्डनका पूर्वराजाकी छोरी हया शेख मोहम्मदकी छैठौँ श्रीमतीको रुपमा रहँदैआएकी थिइन् । स्वतन्त्रताको लागि भन्दै आफ्नै छोरी युरोप छिरेपछि उनले पनि देश छोडेकी हुन् श्रीमती हयाले देश नै छाडेपछि कविता नै लेखेका शेख कानुनी लडाइँको तयारी देखिएपछि उनीहरुबीचको मुद्दा झन् पेचिलो बन्नसक्ने अन्तर्रा्ष्ट्रिय मिडियाहरुको टिप्पणी छ । गत वर्ष मात्रै शेख तथा हयाकी छोरीले सार्वजनिक रुपमै आफूमाथि बन्देज लगाइएको भन्दै युरोप छिरेकी थिइन् । दुबइका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेखले भने श्रीमती हयाले देश छाडेपछि उनैलाई सम्बोधन गर्दै गत साता कविता नै लेखेका थिए ।तिमिले अमुल्य विश्वास तोड्यौ, र तिम्रो खेलको रहस्य खुल्यो । तिम्रो ढाँट्ने समय समाप्त भइसकेको छ, र यसले पनि अर्थ राख्दैन कि, हामी के थियौँ र तिमी के छौ ।’ यस्तै आशयको कविता उनले लेखेका थिए । ४५ वर्षीया हया र ६९ वर्षीय शेख मोहम्मदले २००४ मा विवाह गरेका थिए । शेखका हयासहित ६ श्रीमततीबाट ११ छोरी र ७ छोरा छन् ।

             बम बिष्फोटमा घाइतेभ भएका सिंहको मृत्यु
काठमाडौं ३ साउन । कैलालीको धनगढीमा बम विस्फोटमा परि गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा मृत्यु एको छ ।धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका राम सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । सिंह विप्लपका बझाङका जिल्ला नेता हुन । बम विस्फोटमा परि घाइते भएका होटेलका सञ्चालक केशवराज पाण्डेय, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खानको उपचार भैरहेको छ ।

             कमरेडहरु धमाधम रंगिला काण्डमा
जनयुद्धकालमा अत्याधिक मौलाएको साँस्कृतिक बिचलनको रोग नेकपाका नेता–कार्यकर्तामा पनि फस्टाउन थालेको छ । यस्तो रोगले मोरङ आक्रान्त छ । कानुनमन्त्री भानुभक्त ढकालको निर्वाचन क्षेत्र नम्बर ३ झनै यस मामिलाबाट ग्रस्त छ । उत्तरी मोरङको पश्चिम क्षेत्रमा पूर्वएमालेको नगर नेतृत्व सम्हालिसकेका व्यक्तिदेखि सामान्य कार्यकर्ता पनि पतन भएका उदाहरण छन् ।ंग्रेसभित्र त्यस्ता मामिला आइपरे सहजै सल्टाइन्छन् तर खोक्रो आदर्शका कारण कम्युनिस्टभित्र सकसपूर्ण बन्ने गरेका छन् । केही समयअघि ज्यान हत्या अभियोगमा पक्राउ परी योगेन्द्र गुरुङ जेल पुगेका छन् । पूर्व एमालेको बेलबारी नगर अध्यक्ष भइसकेका उनका दुई छोरासहित श्रीमती काठमाडौं बसेका हुनाले मोरङमा अरबेकी श्रीमतीलाई ‘गर्ल फ्रेण्ड’ बनाएका रहेछन् ।

  योगेन्द्रसँगको सम्बन्धका कारण अरबमा कार्यरत श्रीमान्ले बेवास्ता गरेपछि पिरोलिएकी रमिला राईले बारम्बार विवाहका लागि दबाब दिने गरेकी थिइन् । बारम्बार झगडा पर्ने क्रममा पछिल्लो पटक योगेन्द्रकै घरमा रहेकी रमिला मध्यराति जोडले कराएको र बाहिर हल्ला जान नदिन मुख थुन्दा प्राण गएको बयान छ । मध्यरात प्राण गएपछि भोलिपल्ट आफ्नै कारमा हालेर लाशलाई सप्तकोशीमा फ्याँकिदिएको बयान योगेन्द्रले प्रहरीलाई दिएको भए पनि दुई–तीन हप्तामा लाश फेला परेपछि मात्रै हतको पुष्टि भएको हो ।

   यो त पर्दाफास भएको उदाहरण भयो । तर, अपराधमा पुग्न नदिई गुपचुप मिलाइएका थुप्रै घटना छन् । मोरङ क्षेत्र नम्बर ३ मै केही महिनाअघि पूर्वएमालेको राम्रै जिम्मेवारी पाइसकेका एक सरकारी शिक्षक तथा बोर्डिङ सञ्चालक परस्त्रीसँग सहवासको कारण झण्डै ठूलो झमेलामा फसेका थिए । ‘गर्लफ्रेन्ड’ ले सबै कुरा पर्दाफास गरिदिने धम्की दिई झमेला बढ्दै गएपछि स्थानीय पार्टी नेतृत्वलाई गुहार्नुपरेको थियो । पार्टीको पहलमा ती महिलालाई दुई लाखको मुठो बुझाएर मामिला सुल्झाइएको थियो ।केही समयअघि वित्तीय संस्थामा कार्यरत एक जना नेकपा कार्यकर्ताले पनि विवाहपछिकी गर्ल फ्रेन्डलाई झण्डै घरकी कान्छी बनाएका थिए । कसो–कसो भाग्ने योजना लिक भएपछि पार्टी र आफन्त लागेर योजना विफल तुल्याइएको थियो । त्यसपछि ती महिलालाई तीन लाख रुपैयाँ बुझाएर अवैध सम्बन्ध टुटाइएको छ ।

    त्यसैगरी, ५० वर्ष हाराहारीको उमेर पार गरिसकेका नेकपा समर्थक एक व्यापारी पनि आफ्नै व्यापारिक स्टाफ युवतीसँग घरकै बेडरुममा रमाएका बेला श्रीमतीले रंगेहात भेट्टाएकी थिइन् । परिवारले ती युवतीलाई आइन्दा फर्केर नआउने शर्तमा ५ लाख रूपैयाँ दिएर काठमाडौँ पु¥याएकोमा पाठेघर फालिसकेकी श्रीमतीसमक्ष श्रीमान्ले रोइलो गरेपछि फर्काएर घरमै पुनर्बास गराइएको थियो । अर्का पेटरेपछि ती व्यापारी एक महिनासम्म अलप भएका थिए । मामिला सुल्झिएपछि मात्रै व्यापार सम्हाल्न आएका छन् । त्यसैगरी बेलबारीमा वैदेशिक रोजगारमा गएकाकी श्रीमतीले बच्चा पाएपछि एक महिनाअघि सिटी सफारीका चालकले पाँच लाख तिरेर सामाजिक र कानुनी रूपमा मुक्ति पाएका छन्  मोरङमा थुप्रै नेता र कार्यकर्ता छन्, जसमध्ये कोही एउटै परस्त्रीलाइ बर्षांैसम्म खेलाउने गर्छन् त कोही सिजनैपिच्छे बदली–बदली रमाउने गरेका छन् । समाज र देश बदल्ने भनेर राजनीतिमा लागेका ‘क्रान्तिकारी’ हरू नै समाजलाई बिकृत बनाउनतिर उद्यत भएपछि जनताले कसको भरोसा गर्ने होला ? जनआस्थाबाट

             जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा
काठमाडौ। न्याय परिषद्को विहीबार बसेको बैठकले जिल्ला अदालत र उच्च अदालतका २३४ न्यायाधीशहरूको सरुवा गरे साथै बैठकले विशेष अदालत काठमाडौंको अध्यक्ष तथा सदस्य पदका लागि पनि नाम शिफारिस गरेको छ। बैठकले उच्च अदालत दीपायलका न्ययाधीश शिवराज अधिकारीलाई विशेष अदालतको अध्यक्ष पदका लागि शिफारिस गरेको छ । अन्य सदस्यहरूमा कृष्ण गिरी न्ययाधीश उच्च अदालत सुर्खेत, बालेन्द्र रुपाखेती न्यायाधीश उच्च अदालत दीपायल, शान्ति सिंह थापा न्यायाधीश उच्च अदालत सुर्खेत, चन्द्रबहादुर सारु।न्यायाधीश उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्ज र डा. रविशर्मा अर्याल न्यायाधीश उच्च अदालत विराटनगर, इलामा इजलास, को नाम सिशाफरिस गरेको छ ।

             २०७२ भूकम्पपछि अहिलेसम्म कति पराकम्प आए ?
२०७२ सालको महाभूकम्पका कारण देशमा झण्डै नौ हजार मानिसको मृत्यु भयो । २२ हजार घाइते भएको घटना नेपालको इतिहासकै कालो दिन हो । ७.८ म्याग्निट्युडको भूकम्पले देशमा ठूलो जनधनको क्षति पछि पनि ठूला पराकम्पहरु आइरहे । मानिसहरु त्रसित भए । तर, देश विस्तारै सामान्य अवस्थामा फर्कियो भूकम्पको त्रास हराउँदै गयो । देशमा भूकम्पको धक्का महशुश गर्ने क्रम चलिरहेपनि ठूला म्याग्निट्युडको भूकम्पको धक्का पर्न छाडेको छ । स—साना धक्का महशुश भएपनि मानिसहरुले ठूलो भूकम्पले ल्याएको त्रास बिर्सेका छन् । महाभूकम्पपछि पनि देशमा भूकम्प र पराकम्प आउने क्रम चलिनै रहेको छ । २०७२ साल अर्थात् सन् २०१५ मा महाभूकम्पपछि भूकम्प र पराकम्प आइनै रहेको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रको तथ्यांक अनुसार सन् २०१५ मा महाभूकम्पपछि कुल चार सय १९ पटक चार रेक्टर स्कलेभन्दा माथिको भूकम्प र पराकम्प आएको थियो । सन् २०१५ मा कुल चार सय २६ पटक भूकम्प आएको तथ्यांक छ । त्यसपछि भूकम्प र पराकम्प घट्दै गएको देखिन्छ । सन् २०१६ मा ६५ पटक भूकम्प आयो ।२०१७ मा घटेर चार म्याग्निट्युडमाथिको भूकम्पको धक्का २७ पटक मात्र महशुश भयो । २०१८ मा २८ पटक भूकम्पको धक्का महशुश भयो ।
यस वर्ष अर्थात् सन् २०१९ मा २६ पटक चार म्याग्निट्युड माथिको भूकम्पको धक्का महशुश गरिएको छ । वर्षको मध्यमात्र भएकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी भूकम्प जाने सम्भावना देखिन्छ । महाभूकम्पपछि मध्यपहाडी क्षेत्रमा बढी भूकम्प र पराकम्प गएको देखिन्छ । पछिल्लो वर्षहरुमा पश्चिम नेपालमा पनि भूकम्प जाने क्रम बढिरहेको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार भूकम्पको केन्द्रबिन्दु फरक देखिएको छ । तर, केही जिल्लाहरुमा बढी केन्द्रित रहेर भूकम्प जाने क्रम चलिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?