हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १, २०७५
|
|
२३ पटक हेरिएको
Shares
हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री

सारांश

  • काठमाडौं, १ साउन ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत विकासमा संलग्न सरकारी कम्पनी तथा संघ संस्था‘रोल मोडल’ बनेर देखाउनुपर्ने बताएका छन् ।
  • विद्युत विकास विभागको रजत जयन्ति समारोहमा बोल्दै मन्त्री पुनले उक्त कुरा बताउनुभएको हो ।

काठमाडौं, १ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत विकासमा संलग्न सरकारी कम्पनी तथा संघ संस्था‘रोल मोडल’ बनेर देखाउनुपर्ने बताएका छन् । विद्युत विकास विभागको रजत जयन्ति समारोहमा बोल्दै मन्त्री पुनले उक्त कुरा बताउनुभएको हो । सरकारी कम्पनी तथा संस्था सक्षम र सबल बनेको खण्डमा मात्र निजी क्षेत्रमाथि अंकुश लगाउन सजिलो हुने सन्दर्भ जोड्दै उनले भने– मन्त्रालयले यही रणनीति अनुसार काम सुरु गर्नेछ ।

सरकारी कर्मचारी पदमा रहँदासम्म योग्यता प्रदर्शन नगर्ने तर अवकाशपछि निजी क्षेत्र वा परामर्श सेवामा अब्बल हुने परम्परा बढ्दै जाने विषयले आफु आश्चर्यमा परेको बताए । ‘हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो, यसले मात्र राष्ट्रको समृद्धिको लक्ष्य पूरा हुन सक्छ,’ उनले भने ‘काम गर्ने वातावरण नबनेको हो भने अब हिजोको जस्तो अवस्था छैन । समस्या भन्नुपर्यो र सरकारी संस्थालाई नै अब्बल बनाउनुपर्यो ।’

स्थायी सरकार भएकाले हरेक समस्याको समाधान गर्न सकिने हुँदा क्षमताअनुसार काम गरेर कम्पनी तथा संस्थामाथि उठाउन पनि मन्त्री पुनले आग्रह गर्नुभयो । सरकार वा सरकारी निकाय दरिलो हुँदा मात्र निजी क्षेत्रले गरेका काममा सोझै प्रश्न उठाउने सक्ने अवस्था सिर्जना हुने उनले दोहोर्याए । निजी कम्पनी वा संस्थाजस्तो सरकारी निकायमा अझै पनि काम गराईको उत्कृष्ट नमुना नभेटिने उहाँको भनाइ छ । कुनै पनि सरकारी संस्थाका कर्मचारीले अब हिजोको परिपाटी समातेर बस्ने अवस्था नरहेको उनले बताए ।

सोही समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सञ्जय शर्माले विकासले अब पुरानो शैलीको काम गरेर बस्न नहुने सुझाव दिए । सचिव शर्माले भन्नुभयो ‘जलविद्युतआयोजनाका अनुमतिपत्र बाँड्दैमा विभागको जिम्मेवारी वा दायित्व पूरा हुँदैन,’अध्ययन अनुसन्धानतथाअनुगमनतर्फ कार्यक्षेत्र फराकिलो बनाउनुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?