गाउँपालिका अध्यक्षलाई लक्षित गरी गोली प्रहार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
२४ पटक हेरिएको
Shares
गाउँपालिका अध्यक्षलाई लक्षित गरी गोली प्रहार

सारांश

  • भैरहवा, ११ माघ ।
  •   रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा गोली चलेको छ।
  • सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाको घर नजिक गोली प्रहार भएको हो ।

भैरहवा, ११ माघ ।  रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा गोली चलेको छ। सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाको घर नजिक गोली प्रहार भएको हो । अध्यक्ष शुक्लाका अनुसार बुधबार राति करिब १० बजे ३ राउण्ड गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट मानवीय क्षति नभएको शुक्लाले बताए । स्थानियले दुईजना मोटरसाइकलमा आएका व्यक्तिले शुक्लाको घर अगाडि हवाई फायर गरी भागेको बताए ।

गोली चलेको आवाज आए पनि त्यस बारेमा यकिन भन्न नसकिने रुपन्देही प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए । गोली कसले र किन चलायो त्यसबारे अनुसन्धान भइरहेको पाण्डेले जानकारी दिए । मर्चवारमा सुरक्षा व्यवस्था कजोर रहेको र गोली प्रहारको विरोधमा स्थानियले बिहीबार मर्चवार बन्द गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?