कोरोना भाइरसका कारण थप एकजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ४, २०७७
|
|
२६ पटक हेरिएको
Shares
कोरोना भाइरसका कारण थप एकजनाको मृत्यु

सारांश

  • नेपालमा कोरोना भाइरस संक्रमणबाट दोस्रो व्यक्तिको निधन भएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
  • विकास देवकोटाले बाँकेका २५ वर्षी युवकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट दोस्रो व्यक्तिको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेका २५ वर्षी युवकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन् । युवक ३० वैशाखमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनको हिजो स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको र उपचारका क्रममा आज विहान निधन भएको डा. देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि २ वैशाखमा निधन भएकी सुत्केरीको कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?