तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २, २०८०
|
|
५० पटक हेरिएको
Shares
तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ ।
  • न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी र बिक्री वितरणमा संलग्न नायब सुब्बा रेवन्त खड्का, सेक्युरिटी गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनुभएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए ।

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी र बिक्री वितरणमा संलग्न नायब सुब्बा रेवन्त खड्का, सेक्युरिटी गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनुभएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए ।

उनका अनुसार उक्त प्रकरणमा संलग्न भनिएका अर्का प्रतिवादी अमृत कार्कीलाई भने साधारण तारेखमा छोड्न आदेश भएको छ । प्रहरीले भेपमा सुन तस्करी र चोरी प्रकरणमा प्रतिवादी बनाइ अदालतमा छ जनालाई नै पेस गरेको थियो ।

गत पुस १० गते ‘फ्लाई दुबई’बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी भेपभित्र सुन तस्करी गरी ल्याएका र व्यापारिक प्रयोजनका लागि अवैध ढङ्गले ल्याएको भनी उक्त ‘भेप’ जफत गरिएको थियो । सोही सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेको भन्दै प्रहरीले छ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमा चेक लिनेको लर्को ,निर्वाचनको मुखमा बाँड्न थालियो करोडौं रुपैयाँ !
गृहमा चेक लिनेको लर्को ,निर्वाचनको मुखमा बाँड्न थालियो करोडौं रुपैयाँ !
वामगठबन्धन विजयी भए महानगरको विकासमा सहज हुन्छ : शाक्य
वामगठबन्धन विजयी भए महानगरको विकासमा सहज हुन्छ : शाक्य
राजनीतिक संक्रमण अब लम्बिँदैन् : प्रचण्ड
राजनीतिक संक्रमण अब लम्बिँदैन् : प्रचण्ड
राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन
राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
टोपबहादुर रायमाझीद्दारा ६० हजार मतले प्रतिनिधि सभा जित्ने दावी ! फोटो फिचर
टोपबहादुर रायमाझीद्दारा ६० हजार मतले प्रतिनिधि सभा जित्ने दावी ! फोटो फिचर
ओलीको राजिनामा मागेको होईन, उहाँलाई सच्चिन भनेका हौंः प्रवक्ता शर्मा
एनपीएलको लिग चरणबाटै बाहिरिने लुम्बिनी पहिलो टिम बन्दा कुन-कुन टिम छन् रेड जोनमा ?
एनपीएलको लिग चरणबाटै बाहिरिने लुम्बिनी पहिलो टिम बन्दा कुन-कुन टिम छन् रेड जोनमा ?
गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन
गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन
ओली र दाहालले गरेकाे अनुराेध अस्विकार गरे नारायणकाजीले
ओली र दाहालले गरेकाे अनुराेध अस्विकार गरे नारायणकाजीले