गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच गोली हानाहान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच गोली हानाहान

सारांश

  • काठमाडौं ।
  • गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच काठमाडौंको पेप्सीकोलामा गोली हानाहान भएको छ ।
  • गोली लागेर चक्रे मिलनका एक सहयोगी घाइते भएका छन् ।

काठमाडौं । गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीवीच काठमाडौंको पेप्सीकोलामा गोली हानाहान भएको छ । गोली लागेर चक्रे मिलनका एक सहयोगी घाइते भएका छन् ।

शुक्रबार साँझ प्रहरीको टोलीमाथि चक्रे मिलन समूहका व्यक्तिहरूले पेप्सीकोलास्थित मनहरा खोला नजिकैबाटै गोली चलाएपछि दोहोरो फाइरिङ भएको एसएसपी दिवेश लोहनीले अनलाइनखबरलाई बताए ।

‘प्रहरीमाथि गोली चलाइएपछि हाम्रो तर्फबाट जवाफी फायरिङ हुँदा एक जना घाइते भएका छन्,’ एसएसपी लोहनीले भने- घाइते हुने व्यक्ति चक्रे मिलन ग्याङको भएको खुलेको छ ।’

प्रहरीको गोली लागेर घाइते हुने रामेश्वर गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलार्इ घुँडामुनि गोली लागेको छ ।

पक्राउ परेका गौतमलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।

गोली हानाहानमा सहभागी अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?