गृहमन्त्रीकाे सामुन्ने विष सेवन गरेका लडाकुले अस्पतालमै सुरू गरे अनसन

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ८, २०७५
|
|
३७ पटक हेरिएको
Shares
गृहमन्त्रीकाे सामुन्ने विष सेवन गरेका लडाकुले अस्पतालमै सुरू गरे अनसन

सारांश

  • काठमाडौं, ८ मंसिर ।
  • गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सामुन्ने विष सेवनको प्रयास गरेका पूर्वमाओवादी लडाकू कुलप्रसाद भट्टराईको नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।
  • आईसीयूमा उपचाररत उनले अस्पतालमै अनसन सुरु गरेका छन् ।

काठमाडौं, ८ मंसिर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सामुन्ने विष सेवनको प्रयास गरेका पूर्वमाओवादी लडाकू कुलप्रसाद भट्टराईको नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

आईसीयूमा उपचाररत उनले अस्पतालमै अनसन सुरु गरेका छन् । भट्टराईले विभिन्न माग राखी त्यहीँ अनसन सुरु गरेका हुन् । भट्टराईका कुरुवा तथा द्वन्द्व पीडित नरवीर दमाईले शुक्रबार बिहानदेखि उनले केही नखाएको जानकारी दिए । ‘बिहान चिकित्सकहरुले सुप खुवाउँदा हुन्छ भनेपछि मलाई सुप लिएर भित्र जान दिइएको थियो’, नरवीरले  भने, ‘तर, उहाँले खान मान्नु भएन । माग पूरा नहुञ्जेल अनशन बस्छु भन्नु भयो ।’

के भएको थियो गृहमन्त्रालयमा ?

पूर्वलडाकू भट्टराईसहित केही द्वन्द्वपीडित शुक्रबार गृहमन्त्री बादललाई भेट्न सिंहदरबार पुगेका थिए । त्यसअघि पनि पटकपटक गृहमन्त्रीसँग भेटेर आफूहरुको स्वास्थ्य उपचारको दीर्घकालिन व्यवस्थापन गरिदिन उनीहरुले माग राख्दै आएका थिए । दशैंअघि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयसँग भेटेरै पनि उनीहरुले आफ्नो समस्या राखेका थिए । शुक्रबार भट्टराई गृहमन्त्रीलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगे । जानुअघि उनले थोरै विष सेवन गरेको पाइएको छ ।

बादललाई भेट्ने बित्तिकै उनले औषधि गर्दागर्दै आफू ऋणमा डुबिसकेको तर, निको हुन नसकेको सुनाए । लरबराउँदो स्वरमा गुनासो गर्दागर्दै उनले एक्कासी भने, ‘औषधि किन्ने पैसा पनि बाँकी छैन । अब बाँचेर के अर्थ ?’ त्यति भन्नासाथ उनले गोजीमा रहेको विष निकालेर मुखमा हाल्ने प्रयास गरे । तर, त्यो देख्ने वित्तिकै नजिकै रहेका सशस्त्र प्रहरीका अधिकारीले उनलाई रोके । त्यसपछि उनलाई घिस्याउँदै बाहिर निकालियो र वीर हस्पिटल लगियो । उनले तरकारीमा हालिने विषादी बोकेका थिए । विषादी कम घातक भएकाले उनलाई पूर्ण असर गरिसकेको थिएन ।

यस्तो छ माग

जनयुद्धमा घाइते बनेकाहरुले ‘जनयुद्ध तथा जनआन्दोलन घाइते व्यवस्थापन सरोकार समिति’ नाममा संगठन बनाएका छन् । समितिले ३ बुँदे माग राखेको छ । नरविर भन्छन्, ‘पहिलो कुरा त हाम्रो समस्याको दीर्घकालिन व्यवस्थापन हुनु पर्‍यो । दोस्रो, जीवन निर्वाह भत्ता वृद्धि गराइदिनु पर्छ । तेस्रो, उपचार पूर्णतः निःशुल्क हुनुपर्छ ।’ ‘हामीले बालुवाटार गएर प्रधानमन्त्रीलाई भेटनौं कि मन्त्रीलाई भेटेनौं कि’, उनले भावुक हुँदै भने, ‘सबैलाई हाम्रो समस्या थाहा छ । तर, उहाँहरु मौन हुनुहुन्छ ।’

हाल स्वास्थ्य मन्त्रालयबाट सिफारिस लिएपछि वीर हस्पिटलमा द्वन्द्व पीडितहरुले निःशुल्क उपचार पाइरहेका छन् । ‘तर, यसका लागि काठमाडौंमा बस्नु पर्‍यो । खानु पर्‍यो । फार्मेसीबाट हरेक औषधि खरिद गर्नु पर्छ । कसरी सक्नु ?’ उनी प्रश्न गर्छन् । गृहमन्त्रालयले आवश्यक पहल नगर्दा आफूहरुको अवस्था फेरिन नसकेको उनको गुनासो थियो । हाल २०० जना द्वन्द्व पीडितको राजधानीमा उपचार भइरहेको छ तर, उनीहरुमध्ये अधिकांश जग्गा, घर धितो राखेर उपचार गरिरहेको दमाई बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवालक्षित शशांकको अभिव्यक्तिः आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन
देउवालक्षित शशांकको अभिव्यक्तिः आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन
Province social development ministers come up with collective promises to end inhuman practices
Province social development ministers come up with collective promises to end inhuman practices
सात स्थानमा झोलुंगे पुल निर्माण, स्थानीयवासीलाई सहज
सात स्थानमा झोलुंगे पुल निर्माण, स्थानीयवासीलाई सहज
गाउँतिर जान डाक्टरहरु हानथाप, कारण यस्तो छ
गाउँतिर जान डाक्टरहरु हानथाप, कारण यस्तो छ
१६१ ऐन संशोधन प्रस्ताव
१६१ ऐन संशोधन प्रस्ताव
तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी
तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी
निःशुल्क स्वास्थ्य शिविर गर्दै नमो क्षेत्रपाल आयुर्वेद
निःशुल्क स्वास्थ्य शिविर गर्दै नमो क्षेत्रपाल आयुर्वेद
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
भारतलाई पराजित गर्ने नेपाली क्रिकेट टोलीलाई ओलीले जनही दस हजार दिने
भारतलाई पराजित गर्ने नेपाली क्रिकेट टोलीलाई ओलीले जनही दस हजार दिने
टिभीएस स्ट्राइकर मेलामा निखिल उप्रेतीलाई भेट्न पाइने
टिभीएस स्ट्राइकर मेलामा निखिल उप्रेतीलाई भेट्न पाइने