गृहमन्त्रीको नजर क्रसर र चिनी उद्योगतर्फ !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
२० पटक हेरिएको
Shares
गृहमन्त्रीको नजर क्रसर र चिनी उद्योगतर्फ !

सारांश

  • काठमाडाै, ४ असार।
  •   गृहमन्त्रालयले कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रसर उद्योगलाई कारबाही गर्ने तयारी थालेको छ।
  • सोमबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवसहितको बैठकले मापदण्ड विपरितका क्रसर उद्योग र किसानलाई भुक्तानी नदिने चिनी उद्योगलाई कारबाही गर्ने निर्णय गरेको हो।

काठमाडाै, ४ असार।  गृहमन्त्रालयले कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रसर उद्योगलाई कारबाही गर्ने तयारी थालेको छ।

सोमबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवसहितको बैठकले मापदण्ड विपरितका क्रसर उद्योग र किसानलाई भुक्तानी नदिने चिनी उद्योगलाई कारबाही गर्ने निर्णय गरेको हो।

बैठकले सुनसरी, सिराहा, सर्लाही, बारा, पर्सा, नवलपरासी लगायतका जिल्लाहरुमा उखुको रकम भुक्तानी नगरेको भनी उजुरी परेकोमा प्रमुख जिल्ला अधिकारीले उद्योगीहरुलाई बोलाई छलफल गरी तत्काल कृषकको रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको छ।

उद्योगीहरुले तत्काल कृषकको रकम दिन नमानेमा कानुन कमोजिम कारबाही गर्ने सम्बन्धमा रायसहित सात दिनभित्र गृहमन्त्रालयमा सिफारिस गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई बैठकले निर्देशन दिएको छ।

यसैगरी बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका क्रसर उद्योगहरुलाई सञ्चालन अनुमति दिने निकायहरु खानी विभाग, घरेलु तथा साना उद्योग कार्यालय, तत्कालिन जिल्ला विकास समिति, स्थानीय तहहरुले अनुमति दिए अनुसार क्रसरको प्रकृति, मापदण्ड पुगे नपुगेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयहरुले जिल्लास्थित कार्यालयहरुसँग समन्वय गरी पाँच दिनभित्र सो को विवरण गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुरमा फेरि अर्काे हत्या, स्कुलबाट हराएका १३ वर्षीय बालकको शव खोलामा भेटियो
कञ्चनपुरमा फेरि अर्काे हत्या, स्कुलबाट हराएका १३ वर्षीय बालकको शव खोलामा भेटियो
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैं रमाइलो’ (भिडियो)
राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैं रमाइलो’ (भिडियो)
रूसमाथि थप प्रतिबन्धको तयारी, राष्ट्रसङ्घको सुरक्षा परिषद्‌बाट हटाउन जेलेन्स्कीको माग
काबुल विस्फोटमा १२ जनाको मृत्यु
यी हुन् राष्ट्रियसभामा मनोनीत हुने ३ भाग्यमानी सांसद
यी हुन् राष्ट्रियसभामा मनोनीत हुने ३ भाग्यमानी सांसद
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
असोज २० गते सोमबारको राशिफल यस्तो छ
कामपाका प्रगतिशील कामबाट संघीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री
कामपाका प्रगतिशील कामबाट संघीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री
बुधवार ७३६ कोरोना संक्रमित थपिए
बुधवार ७३६ कोरोना संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?